• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२३ चैत २०८२, सोमबार
२३ चैत २०८२, सोमबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

आज कारोबार घट्दा सेयर बजारमा सामान्य गिरावट
  • ७ घण्टा 

इन्धनको बचतका लागि यातायातमा जोर बिजोर प्रणाली लागू गर्ने सरकारको तयारी
  • ८ घण्टा 

इन्धन आयातमा ५०% भन्सार कर छुट दिने सरकारको निर्णय
  • ९ घण्टा 

नेपाल टेलिकमले अब डाटा सकिएपछि ब्यालेन्स नकाट्ने
  • १० घण्टा 

अर्थमन्त्रीसंग अटोमोवाइल क्षेत्रका विभिन्न विषयहरुमा नाडाको छलफल
  • ११ घण्टा 

वाणिज्य बैंकको नाफा सामान्य वृद्धि : फागुनसम्म ४३ अर्ब ८८ करोड कमाइ
  • १२ घण्टा 

पैसा कमाउन अपनाउनुस् यी तरिका, जसले बनाउँछ सफल
  • १३ घण्टा 

देशभर पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : यी क्षेत्रमा चट्याङ्गसहित वर्षाको सम्भावना
  • १३ घण्टा 

२०८२ चैत २४ गते मंगलबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १ दिन 

लोकप्रिय समाचार

  • १. निकट भविष्यमा थ्रीजी सेवा क्रमशः बन्द गरी फोरजी सेवामा रूपान्तरण गर्दै नेपाल टेलिकम

  • २. अबदेखि सरकारी कार्यालयहरु बिहान ९ बजेदेखि साझँ ५ बजेसम्म सञ्चालन हुने

  • ३. बजाजको क्यूआर क्याम्पेन, भाग्य चम्काउन एक स्क्यान

  • ४. वीरगन्ज नाकाबाट विद्युतीय सवारी आयातमा उल्लेख्य वृद्धि

  • ५. वैदेशिक रोजगारीमा जाने श्रमिको स्वास्थ्य परीक्षण अब सरकारी अस्पतालमै

  • ६. नयाँ शैक्षिक सत्रपछि मात्रै विद्यार्थी भर्ना गर्न सर्वोच्चको आदेश

  • ७. नेपाल टेलिकमले अब डाटा सकिएपछि ब्यालेन्स नकाट्ने

  • ८. ह्वात्तै घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

  • ९. सरकारद्वारा सातामा दुई दिन बिदा दिने निर्णय

  • १०. इटालियन प्रिमियम मोटरसाइकल ब्रान्ड ‘मोर्बिडेली’ नेपाली बजारमा सार्वजनिक

सिड्नीमा नेपथ्यको विशाल फड्को

जानकारी केन्द्र २०८१, चैत्र, १६

सिड्नी । पृथ्वीको दक्षिणी गोलार्धमा रहेको सहर सिड्नीमा नेपथ्यले अहिलेसम्मकै भव्य कन्सर्ट प्रस्तुत गरेको छ। साढे पाँच हजार दर्शकले भरिभराउ ‘होर्डन पभिलियन’ मा नेपथ्यले शनिबार साँझ प्रस्तुति दिएको हो।

कन्सर्टका लागि तीन साता अगावै टिकट बिक्री भइसकेको थियो। शनिबार शो सुरु हुनुभन्दा निकै अघि हल खचाखच भइसकेको थियो। जब मञ्चमा कलाकार उपस्थित भए, चर्को आवाज र उफ्राइका साथ दर्शकले स्वागत गरे। उनीहरूका लागि नेपथ्यले पूर्वी नेपालको पदयात्रामा संकलित गीत ‘कोशीको पानी’ बाट प्रस्तुति थालनी गर्‍यो।

शो दुई घण्टा चलिन्जेलसम्मै सिंगो हल नेपथ्यसँग नाचेको थियो। कुनाकाप्चामा समेत दर्शकका टाउकै टाउका देखिन्थे। भीड व्यवस्थापनमा जताततै सुरक्षाकर्मी खटिएका थिए। कुनै अप्रिय स्थिति ननिम्तियोस् भनेर उनीहरू हरदम चनाखो देखिन्थे।

हलमा कोही सपरिवार थिए, कोही युवकयुवतीको जोडी। गीतैपिच्छे एक अधबैंसे महिला र एक जोडी युवकयुवती कुर्सीबाट उठेर एकले अर्कालाई समात्दै नृत्य गरिरहेका भेटिए। ‘आफू तन्नेरी छँदा नेपथ्यको कन्सर्ट असाध्यै मन पर्थ्यो,’ छोरा सुशान्त र बुहारी जस्मिनासँग नाच्दै गरेकी सरिता दाहाल भनिरहेकी थिइन्, ‘अहिले छोरा बुहारीसँग आउँदा पनि उस्तै रमाइलो लागिरहेको छ।’

काठमाडौं कोटेश्वरकी सरिता छ महिनापहिले परिवार भेट्न सिड्नी आएकी रहिछन्। ‘नेपथ्यको शो झन्डै २८ वर्षपहिले काठमाडौंमै हेरेकी थिएँ,’ उनले भनिन्, ‘अहिले अस्ट्रेलिया आएको बेला पनि शो हुँदै छ र त्यसमा छोराबुहारी जाँदै छन् भन्ने थाहा पाएपछि म पनि साथ लागेँ।’

आफ्नो समयमा देखेको नेपथ्य र अहिले छोराबुहारीको समयमा हेर्दै गरेको नेपथ्यका बीच धेरै अन्तर आइसकेको उनले बताइन्। ‘पहिलेका गीतहरू पनि अहिले सुन्न पाउँदा रमाइलो लागिरहेको छ,’ उनले भनिन्, ‘तर थुप्रै नयाँ गीत अनि प्रस्तुतिमा नवीनताले अहिलेका युवा पनि उत्तिकै रमाएको देखेँ।’

‘होर्डन पभिलियन’ हलमा नेपथ्य दोस्रो पटक प्रस्तुत भएको हो। त्यसभन्दा पहिले यहाँकै लुना पार्कमा नेपथ्यको कन्सर्ट आयोजना हुने गरेको थियो। छ वर्षअघि लुना पार्कमा कन्सर्ट आयोजना गर्दा सबै टिकट इन्टरनेटबाटै बिक्री भइदियो। त्यसपछि अझ फराकिलो हल होर्डन पभिलियनमा नेपथ्यले प्रस्तुति दिएको थियो। यसपाला यस हलमा शनिबारका लागि निर्धारित शोमा पनि पहिल्यै टिकट ‘सोल्ड आउट’ भएपछि शो थपिएको छ। यही हलमै नेपथ्यले आइतबार पनि प्रस्तुति दिनेछ।

‘सिड्नीमा लगातार भइरहेको दर्शकको वृद्धिले उत्साहित छौं,’ नेपथ्यलाई व्यवस्थापन गर्दै आएको नेपालयका किरणकृष्ण श्रेष्ठ भन्छन्, ‘यसले आगामी दिनमा अझ आकर्षक योजना बनाउन हामीलाई उत्प्रेरित गरेको छ।’ हरेकपटक एउटा नयाँ मानक उभ्याउने सिड्नीका नेपथ्यप्रेमी सधैँजस्तै शनिबार पनि आफू मात्र रमाएनन्, मञ्चमा प्रस्तुति दिइरहेका कलाकारहरूलाई पनि व्यापक ऊर्जा प्रदान गरिरहे। त्यस्तो गर्नेमा नेपाली अनुहार मात्र थिएनन्।

त्यहाँ आमा जेसिन्टाका साथमा छोरी रुथ र छोराहरू म्याडी अनि ह्याट्रिकको टोली बेग्लै पाराले रमाइरहेका देखिन्थे। घुमफिरमा रमाउने जेसिन्टा तीनपटक नेपाल पुगेकी रहेछिन्। आफ्ना सन्तानलाई पनि एक–एकपटक नेपाल घुमाइसकेकी रहिछन्। ह्याट्रिक हाल क्यानबेरास्थित ‘नेसनल कन्भेन्सन सेन्टर’ मा काम गर्दा रहेछन्, जहाँ केही साताअघि नेपथ्यले प्रस्तुति दिएको थियो। त्यो कन्सर्टका बेला ह्याट्रिकले ‘फ्रन्ट अफ हाउस अडियो’ सम्हालेका थिए।

‘कामको सिलसिलामा नेपथ्यको शो हेरेपछि म असाध्यै प्रभावित भएँ,’ ह्याट्रिकले भने, ‘नेपाल भनेपछि हुरुक्क हुने मेरी आमालाई यो कन्सर्ट सिड्नीमा हुन लागेको सुनाएँ अनि तपाईंले छुटाउन हुँदैन पनि भनेँ।’ छोराको कुरा सुनेपछि आफू यो शो हेर्न तारे सहरदेखि पाँच घण्टा गाडी हाँकेर सिड्नी आइपुगेको जेसिन्टाले बताइन्। ‘जीवनमा पहिलोपटक यसरी नेपाली शो हेर्न आइरहँदा छोराछोरीले पनि मलाई पछ्याए,’ उनले भनिन्, ‘असाध्यै रमाइलो लागिरहेको छ।’

छोरी रुथले भने शोमा आउनुअघि स्पोटिफाईबाट नेपथ्यका केही गीत सुनेको जानकारी गराइन्। यो कन्सर्टका साथ नेपथ्यले अस्ट्रेलियाकै यस व्यापारिक राजधानीमा सातौंपटक सफलताका साथ आफूलाई उभ्याएको छ। अस्ट्रेलियाभरमै सबैभन्दा बढी नेपाली बसोबास गर्ने सिड्नीमा नेपथ्यले सन् २००९ मा पहिलोपटक प्रस्तुति दिएको थियो।

‘नेपालकै पनि सर्वाधिक प्रस्तुत भएको ठाउँको हाराहारीमा उभिने सिड्नी मेरो निम्ति घरजस्तै आत्मीय सहर भइसकेको छ,’ नेपथ्यका मुख्य गायक एवं अगुवा अमृत गुरुङ भन्छन्, ‘यो सहरबाट पाउने हौसलाले हामीमा हरेकपटक आत्मबल थप्ने गरेको छ।’

कन्सर्टका बेला अमृतले आफ्ना सन्तानमा पनि नेपाली भाषाको विस्तार गर्न अनि नेपालमा पढ्न नपाएका केटाकेटीको शिक्षामा गच्छेअनुसार थोरै भए पनि योगदान गर्न दर्शकलाई अनुरोध गरेका थिए।

कार्यक्रम सफलतापूर्वक सम्पन्न भएकामा सिड्नीका स्थानीय आयोजक प्रदीप पाठकले सबैप्रति आभार प्रकट गरेका छन्। ‘सिड्नीको पहिलो कन्सर्ट भव्य रूपले सम्पन्न भयो,’ उनले थपे, ‘थोरै समयको तयारीमा घोषणा गरिए पनि आइतबार यसै हलमा आयोजित दोस्रो शोमा पनि उल्लेख्य दर्शक जुट्ने अपेक्षा राखेका छौं।’

मञ्चमा अमृतलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुविन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाएका थिए। कलाकारको यो टिमबाहेक व्यवस्थापक र प्राविधिकको १४ सदस्यीय टोली यात्रामा सरिक छ। सिड्नीमा आइतबार प्रस्तुति दिएर ब्यान्ड भोलिपल्टै स्वदेश फर्कने कार्यक्रम छ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यस्तो छ ‘सगरमाथा म्युजिक अवार्ड उत्कृष्ट ५ को मनोनयन’ (सूचीसहित)
मिसेस नेपाल वर्ल्ड रक्षा पन्तले पाइन् इलेक्ट्रिक स्कुटर
सन्तोष खत्री र निशा के.सी. को आवाजमा ‘ शिव भन्दा भन्दै’ सार्वजनिक

ताजा

आज कारोबार घट्दा सेयर बजारमा सामान्य गिरावट

इन्धनको बचतका लागि यातायातमा जोर बिजोर प्रणाली लागू गर्ने सरकारको तयारी

इन्धन आयातमा ५०% भन्सार कर छुट दिने सरकारको निर्णय

नेपाल टेलिकमले अब डाटा सकिएपछि ब्यालेन्स नकाट्ने

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.