Jankari Kendra
१८ श्रावण २०८३, सोमबार
Worldlink

आइपिएलमा आज मुम्बई र कोलकोता भिड्दै

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०८१, चैत्र, १७
आइपिएलमा आज मुम्बई र कोलकोता भिड्दै

काठमाडौँ ।  इण्डियन प्रिमियर लिग अन्तर्गत आज एक खेल हुदै छ । आज मुम्बई इण्डियन्स र कोलकोता नाइटराइडर्सबीच खेल हुदै छ ।

मुम्बईको घरेलु मैदान वान्खडे क्रिकेट स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार साँझ ७: ४५ बजेदेखि शुरु हुदै छ ।

जारी प्रतियोगितामा मुम्बईले लगातार दुई खेलमा हार बेहोरेको छ । पहिलो खेलमा चेन्नईसँग हारेको मुम्बई दोस्रो खेलमा गुजरातसँग पराजित भएको हो ।

त्यस्तै कोलकोताले भने २ खेलमा एक जित र एक हार बेहोरेको छ । कोलकोताले पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंगलुरुसँग हार बेहोरेको थियो भने दोस्रो खेलमा राजस्थान रोयल्सलाई पराजित गरेको थियो ।

Top Changing Nepal

युट्युब सट्स