बीवाईडी सिगलले जित्यो २०२५ को “वर्ल्ड अर्बन कार अफ द इयर” अवार्ड
काठमाडौं । बीवाईडी सिगल अर्थात डल्फिन मिनीले प्रतिष्ठित वर्ल्ड कार अवार्ड कार्यक्रम अन्तर्गत वर्ल्ड अर्बन कार अफ द इयर को उपाधि जित्न सफल भएको बताइएको छ।
२०२५ अप्रिल १६ मा अमेरिकाको न्युयोर्कमा आयोजित न्युयोर्क इन्टरनेसनल अटो शोमा विश्वभरका ११ उत्कृष्ट सवारीसाधनहरूसँग प्रतिस्पर्धा गर्दै बीवाईडीले पहिलोपटक चिनियाँ अटोमोटिभ ब्रान्डको रूपमा यो अवार्ड हात पारेको कम्पनी दाबि रहेको छ।
यस ऐतिहासिक जितले विश्वव्यापी न्यु इनर्जी भेइकल (एनईभी) क्षेत्रमा बीवाईडीको अग्रणी स्थानलाई फेरि एकपटक अन्तर्राष्ट्रिय स्तरमा पुष्टि गरेको कम्पनीले बताएको छ।
बीवाईडी सिगलले ओसन एस्थेटिक्स डिजाइन दर्शनलाई समेटेको छ – जसले यसलाई ताजा, आकर्षक र आधुनिक बनाएको छ। उच्च सुरक्षा मापदण्ड, स्मार्ट ड्राइभिङ फिचर र उत्कृष्ट सिटी-फ्रेन्डली परफर्मेन्सले गर्दा यो मोडल विभिन्न प्रमुख बजारहरूमा लगातार बेस्ट सेलरको रूपमा स्थापित हुँदै आएको छ।
यसपटक वर्ल्ड कार अवार्डका ९६ जना अन्तर्राष्ट्रिय निर्णायकहरुलाई यस कारको अग्रगामी डिजाइन, अतुलनीय अर्बन मोबिलिटी परफर्मेन्स र युनिभर्सल मार्केट अपिलले प्रभावित पार्यो।
बीवाईडीका एक्जिक्युटिभ भाइस प्रेसिडेन्ट स्टेला लीले भनिन्, “बीवाईडी सिगललाई वर्ल्ड अर्बन कारकों रूपमा सम्मानित गरिनु हाम्रो लागि गर्वको विषय हो। यसले हामीले विश्वव्यापी ग्राहकहरूलाई दिगो प्रविधि र उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धतालाई पुष्टि गर्छ।”
पछिल्ला वर्षहरूमा बीवाईडीले अन्तर्राष्ट्रिय बजारमा उचाइ लिँदै आएको छ। २०२४ मा बीवाईडी डल्फिनले पनि वर्ल्ड अर्बन कारकै शीर्ष ३ मा स्थान बनाएको थियो भने बीवाईडी सिल वर्ल्ड कार अफ द इयरको शीर्ष ३ मा पर्न सफल भएको थियो, जुन उपलब्धि अहिलेसम्म कुनै चिनियाँ अटो निर्माता कम्पनीले हासिल गर्न सकेको छैन ।
नेपालमा बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले पहिले नै बीवाईडी सिगलको नेपाली सडकमा परीक्षण गरिसकेको छ। कम्पनीले छिट्टै नेपालमा यसको आधिकारिक लन्च गर्ने संकेत दिएको छ। यो मोडल नेपाली बजारमा एकदमै प्रतिक्षित रहँदै आएको जनाइएको छ।
बीवाईडीले आगामी दिनहरूमा पनि प्रविधि र नवप्रवर्तनमार्फत हरित यातायातको भविष्य निर्माण गर्दै पृथ्वीलाई १ डिग्री सेल्सियसको दरले चिसो राख्ने अभियानमा आफ्नो योगदान निरन्तर जारी राख्ने स्पष्ट संकेत दिएको बताइएको छ।

सम्बन्धित समाचार
यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक
ओमोडा जेइकू एनपीएल सिजन ३ को “पावर्ड बाइ” प्रायोजकमा आबद्ध
हाम्स ग्रुपद्वारा नेपालमा विश्वप्रसिद्ध क्यूजे मोटरका मोटरसाइकल तथा स्कुटरहरू सार्वजनिक
नयाँ प्रविधि र दमदार पावरसहित नेपालमा आयो भेस्पा १५० एफआई ओबीडी २ स्टेज बी
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
भक्तपुरमा बीवाईडीको नयाँ सर्भिस सेन्टर सञ्चालनमा, डल्लुमा पनि सेवा विस्तारका लागि निर्माण सुरु
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
