कक्षा १२ को परीक्षा नराेक्ने बाेर्डकाे निर्णय
काठमाडौं । कक्षा १२ को परीक्षाबारे निर्णय गर्न बसेकाे परिक्षा बोर्डको बैठकले परिक्षा सञ्चालन गर्ने निर्णय गरेकाे छ ।
शिक्षकहरूको निरन्तर आन्दोलनका कारण कक्षा १२ को परिक्षा अन्यौंलमा परे पछि बिहान बसेकाे बोर्ड बैठकले परिक्षा नराेक्ने निर्णय लिएकाे हाे ।
आजको बैठकले कक्षा १२ को परीक्षा सञ्चालन नराेक्ने निर्णय गरेकाे बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिए ।
शिक्षक महासंघको आह्वानमा गत २० चैतदेखि सडक आन्दोलनमा रहेका शिक्षकहरूले माइतीघर–बानेश्वर सडक खण्डमा प्रदर्शन गरिरहेका छन्, शिक्षा एेन जारी नभएसम्मका आन्दोलन नरोकिने उनीहरूको भनाइ कायमै रहेकाे बेला बाेर्डले याे निर्णय लिएकाे हाे । उनीहरू आन्दोलनमा नै रहेको खण्डमा प्लस टुको परिक्षा प्रभावित हुन सक्ने देखिएकाे छ । साथै, शिक्षकहरू माग पूरा नभएसम्म कक्षा १२ को परीक्षामा सहभागी नहुने अडानमा उनीहरू कायमै रहेका छन ।
सम्बन्धित समाचार
विपद् व्यवस्थापनमा नेपाल र नेशनल मेडिकल कलेजको ७५ लाख सहयोग
मिड भ्यालीको दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न,अनुसन्धान र प्रविधिको प्रयोगमा जोड
गोल्छा ग्रुप प्रस्तुत ग्लोकल टिन हिरो नेपाल २०२६ः शीर्ष ६ फाइनलिस्ट घोषणा
प्रमाणपत्र मात्र होइन, समस्या समाधान गर्ने सीप बोकेर विदा भए नेपाल इन्जिनियरिङ कलेजका विद्यार्थी
मिड भ्याली इन्टरनेसनल कलेज र इस्ट चाइना युनिभर्सिटी अफ टेक्नोलोजीबिच शैक्षिक सहकार्य विस्तार
३०६ वर्ष पुरानो कीर्तिमान तोड्दै सबैभन्दा कम उमेरमा किशोर बने प्राध्यापक
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि

