Jankari Kendra
१२ श्रावण २०८३, मंगलवार
Worldlink

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०८२, बैशाख, १३
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । बुढानिलकण्ठ नगरपालिका–८ भंगाल बस्ने सिन्धुली तीनपाटन गाउँपालिका–३ घर भएका ३६ वर्षीय एकराज श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला अदालत काठमाडौंबाट उक्त मुद्दामा पक्राउ पूर्जी जारी भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका–९ सिनामंगलबाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत्त नयाँबानेश्वर पठाइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Top Changing Nepal

युट्युब सट्स