नामी र सेरेसमा प्रि-बजेट ब्याश अफर, यस्ता छन् सुविधा
काठमाडौं । नेपालको प्रमुख इलेक्ट्रिक गाडी ब्रान्डहरू डोङफेङ र सेरेसले देशभर नै चासोका साथ हेरिएको “प्रि-बजेट ब्याश” अफर ल्याएका छन्।
बुधबार देखि शुरु भएकाे साे अफर बैशाख २२ गतेसम्म चल्ने छ । ग्राहकहरुले स्टाइलिश नामी गाडी मात्र ५.९९ लाख रुपैयाँमा वा पावरफुल सेरेस ईभी केवल ८.९९ लाख रुपैयाँमा घर लैजान सक्नेछन्।
यो अफर नेपालभर रहेका नामी र सेरेस शोरूमहरूमा लागू हुनेछ। अफर अन्तर्गत ग्राहकहरूले नयाँ ईभी गाडी एक्सपेरियन्स गर्न, टेस्ट ड्राइभ गर्न र पुराना गाडी साटफेर गर्ने एक्सचेन्ज क्याम्पमा सहभागी हुन सक्नेछन् जसले विद्युतीय गाडीमा स्विच गर्न अझ सजिलो बनाउनेछ।
नामीमा ग्राहकहरूले अधिकतम १ लाख रुपैयाँसम्मको विशेष लाभ पाउनेछन् भने सेरेसमा यो लाभ २ लाख रुपैयाँसम्म हुनेछ। दुवै गाडीमा छिटो डेलिभरीको सुविधा पनि उपलब्ध छ, जसअनुसार ग्राहकहरूले गाडीको चाबी केवल दुई वर्किङ डेमै प्राप्त गर्न सक्नेछन्।
यो अनुभवलाई अझ रमाइलो बनाउन अफर अवधिभर टेस्ट ड्राइभ गर्ने हरेक व्यक्तिलाई विशेष उपहार दिइनेछ। त्यस्तै, गाडी बुकिङ गर्ने हरेक ग्राहकले दुई जनाका लागि रोमान्टिक नाइट स्टे प्याकेज जित्ने निश्चित मौका पाउनेछन्।
यस अभियानमा दुईवटा रोचक लक्की ड्र पुरस्कार पनि रहेका छन्। गाडी बुकिङ गर्नेमध्ये एक भाग्यमानी जोडीले थाइल्याण्डको ट्रिप जित्नेछन् भने टेस्ट ड्राइभमा सहभागी हुने एकजना भाग्यमानीले बहुप्रतीक्षित आइफोन सिक्सटिन प्रो-म्याक्स पाउनेछन्।
ईभी उत्साही र सम्भावित ग्राहकहरूका लागि ग्रिनर भविष्यको लागि छुटाउनै नहुने डिल र रमाइला पुरस्कारहरूको लाभ लिन डिजाइन गरिएको “प्रि-बजेट ब्याश” एक विशेष अवसर भएकाे कम्पनीले बताएको छ ।
सम्बन्धित समाचार
यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर
सिप्रदी ट्रेडिङद्वारा टाटा बि एस सिक्स बस च्यासिस सार्वजनिक
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
नेपालमा मोन्ट्रा इलेक्ट्रिकको नेक्स्ट–जेनेरेसन इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक
नाइमा एक्स्पोमा मोर्बिडेली टी २५० एक्स सार्वजनिक, मूल्य ६ लाख २० हजार
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


