कोलकाता माथी चेन्नई सुपर किंग्स २ विकेटले विजयी
काठमाडौं । आईपीएलको ५७ औं खेलमा चेन्नई सुपर किंग्सले कोलकाता नाइट राइडर्समाथि २ विकेटको रोमाञ्चक जित हासिल गरेको छ ।
चेन्नईले पावर प्लेमा ५ विकेट गुमाएर लक्ष्य पछ्याएको यो पहिलो पटक हो । टोलीले १९.४ ओभरमा ८ विकेट गुमाएर १८० रनको लक्ष्य पुरा गरेको हो ।
कप्तान एमएस धोनी १७ रन बनाएर अविजित फर्किएका छन् ।
डेवाल्ड ब्रेभिसले २५ बलमा ५२ र शिवम दुबेले ४० बलमा ४५ रन बनाएका छन् । उर्भिल पटेलले ११ बलमा ३१ रन बनाए । वैभव अरोराले ३ विकेट लिए । हर्षित राना र वरुण चक्रवर्तीले २–२ विकेट लिएका थिए ।
इडेन गार्डेन रंगशालामा भएको खेलमा कोलकाताले टस जितेर ब्याटिङ रोजेको थियो र निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७९ रन बनाउन सफल भएको थियो ।
जसअनुसार कप्तान अजिंक्य रहाणेले ४८ रन बनाए । आन्द्रे रसेलले ३८ र मनिष पाण्डेले अविजित ३६ रनको योगदान दिए । नूर अहमदले ४ विकेट लिएका थिए । उनी खेलको प्लेयर अफ द म्याचसमेत चुनिए ।
चेन्नईले यो सिजनको तेस्रो खेल जितेको हो । टोलीको १२ खेलपछि ६ अंक छ र टोली तल्लो स्थानमा छ भने कोलकाताले १२ मध्ये ६ खेलमा जीतेर र ६ खेलमा हार बेहोरेको छ । टोलीको ११ अंक छ । छैटौं नम्बरमा नाइट राइडर्सको टोली छ ।
सम्बन्धित समाचार
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार, पाँच वर्षे रणनीतिक सहकार्य सुरु
विश्वकपमा पराजित भएको १३ दिन पछि मेस्सी खेल मैदानमा, यस्तो रह्यो खेल
आजदेखि ‘पेसएक्स प्रिमियर लिग सेभेन ए साइड फुटसल’ सुरु हुँदै
नोआ लाइल्स बने विश्वको सबैभन्दा छिटो दौडने खेलाडी
अफ्रिकन वुमेन्स फुटबल भोलिदेखि, १६ राष्ट्र सहभागी हुदैँ
ट्रेन्डिङ
मिड–भ्याली इन्टरनेसनल कलेजको ‘बिल्ड नेपाल ह्याकाथन’ आजदेखि सुरु, एआईदेखि रोबोटिक्ससम्मका प्रविधिमा प्रतिस्पर्धा
वाणिज्य बैंकहरूको बेस रेट घट्दै, सस्तो ब्याजमा ऋण लिन सहज
जापानमा भुकम्पमा परी ज्यान गुमाउनेको संख्या ३५ पुग्यो
विश्वको ३० प्रतिशत ब्यापार हुने लालसागरको सुरक्षाका लागि साउदीले महागठबन्धन बनाउँदै
नेपाली बजारमा मोर्बिडेली मोटरसाइकलप्रति बढ्दो आकर्षण, बल्क डेलिभरी सुरु

