अन्ततः भारतमा प्रवेश गर्ने भयो मस्कको स्टारलिंक,भारत सरकारद्धारा आशयपत्र जारी
नयाँ दिल्ली । स्याटेलाइटमा आधारित इन्टरनेट सेवा प्रदान गर्ने एलन मस्कको कम्पनी स्टारलिंक लामो समयदेखि भारत प्रवेश गर्ने प्रयासमा रहेको थियो । तर, अब भारत सरकारले स्टारलिङ्कलाई आशयपत्र जारी गरेको कारण कम्पनीको बाटो सहज बन्दै गएको देखिएको छ ।
आशय पत्रले सम्भावित सम्झौताको बारेमा वार्ताका लागि मार्गनिर्देशक रूपरेखाको रूपमा कार्य गर्दछ, जसले दुवै पक्षहरू सम्झौताको साथ अगाडि बढ्न चाहन्छन् भन्ने बुझाउँछ । स्रोतका अनुसार दूरसञ्चार विभागले स्टारलिङ्कलाई आशय पत्र जारी गरेको हो ।
रिपोर्टका अनुसार यसअघि जियो स्याटेलाइट कम्युनिकेसन र युटेलस्याट वन वेबलाई पनि सोही इजाजतपत्रको लागि स्वीकृति दिइएको थियो। आशय पत्र प्राप्त गर्नुको अर्थ अब स्टार लिंकले आफ्नो सेवा सुरु गर्न अर्को कदम चाल्न सक्छ भन्दा गलत हुनेछैन किनकी स्टारलिंकलाई भारत सरकारबाट हरियो संकेत प्राप्त भएको छ।
स्टारलिङ्क एलन मस्कले सन् २००२ मा सुरु गरेका थिए, यस कम्पनीको उद्देश्य स्याटेलाइट मार्फत विश्वको हरेक कुनामा उच्च गतिको इन्टरनेट उपलब्ध गराउनु हो। अन्य स्याटेलाइट सेवाहरूको तुलनामा स्टारलिङ्क अलि फरक छ । इन्टरनेट उपलब्ध गराउने उपग्रहहरू सामान्यतया पृथ्वीबाट ३६ हजार किलोमिटर टाढा जियो स्टेशनरी अर्बिटमा हुन्छन् तर स्टारलिंक तल्लो अर्थको कक्षमा अवस्थित छ, जुन पृथ्वीबाट मात्र ५५० किलोमिटर माथि रहेको छ।
हाल स्टारलिंकसँग ७ हजार स्याटेलाइट नेटवर्क छन्, जसलाई आगामी दिनमा ४० हजार पु¥याउने लक्ष्य कम्पनीको रहेको छ । इन्टरनेट स्पिडको बारेमा कुरा गर्दा, नियमित प्रयोगकर्ताहरूले ५० एमबीपिएस देखि २५० एमबीपीएस सम्मको स्पीड पाउँछन्, जबकी प्रिमियम प्लानहरू छनौट गर्ने प्रयोगकर्तालाई कम्पनीले ५०० एमबीपीएस सम्मको स्पीड दिन्छ।
सम्बन्धित समाचार
केन्टका आधुनिक इलेक्ट्रिक वाटर हिटरः प्रविधि, सुरक्षा र आरामदायी तातोपानीको उत्कृष्ट संयोजन
अब सात प्रदेशका नागरिकले काठमाडौँ उपत्यकाबाटै लिन सक्नेछन् नागरिकताको प्रतिलिपि
एलजी वाटर प्युरिफायरले नेपाली बजारमा बढाउँदै आफ्नो लोकप्रियता
दशैं–तिहारको पारिवारिक भोजलाई अझ सहज बनाउँदै माइडियाको फ्री–स्ट्यान्डिङ कुकिङ रेन्ज
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
ट्रेन्डिङ
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
