साढे २२ लाख रुपैयाँको लागतमा योग भवन निर्माण हुँदै
जानकारी केन्द्र
२०८२, जेष्ठ, २
रौतहट । रौतहट जिल्लाको उत्तरीभेग गुजरा नगरपालिका–१ मनहर्वा गाउँमा साढे २२ लाख रुपैयाँको लागतमा योग भवन निर्माण सुरु भएको छ।
पूर्व मन्त्री तथा प्रदेश सांसद केशव राय चौधरीको पहलमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, मधेस प्रदेशबाट विनियोजित उक्त बजेटबाट आरोग्य तथा योग भवन (सार्वजनिक) भवन सुरु भएको हो।
बुधवार एक कार्यक्रमको आयोजना गरी प्रमुख अतिथि पूर्व मन्त्री चौधरीले विधिवत रूपमा शिलान्यास गरेसंगै भवनको निर्माण सुरु भएको हो।
यसै आर्थिक वर्षभित्र भवनको निर्माण सम्पन्न गरिने योजना रहेको पूर्व मन्त्री चौधरीले न्युज कारखानालाई बताए । शिलान्यास कार्यक्रममा वडाका सम्पुर्ण नेता कार्यकर्ता, बुद्धिजीवी, समाजसेवी तथा जनसमुदायको उल्लेखनीय उपस्थिति रहेको थियो।
सम्बन्धित समाचार
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा

