सेरेस ग्रुपको पहिलो त्रैमासिक नाफा २४१ प्रतिशतले बढ्दा सेयर मूल्यमा ३ प्रतिशतले वृद्धि
काठमाडौं । चीनको प्रमुख इन्टेलिजेन्ट र न्यू इनर्जी भेहिकलहरूको निर्माता कम्पनी सेरेस ग्रुपले सन् २०२५ को पहिलो त्रैमासिकमा २४१ प्रतिशत नाफा वृद्धि गर्दै १०० मिलियन अमेरिकी डलरभन्दा बढी मुनाफा कमाएको घोषणा गरेको छ।
यो उल्लेखनीय उपलब्धिले प्रतिस्पर्धात्मक बजारमा पनि सेरेसलाई चीनका धेरै नाफा कमाउने केहीमध्ये एक इनोभेटिभ अटोमेकर कम्पनीका रुपमा उभ्याएको छ । कम्पनीको बिक्री रेभेन्यू पनि पहिलो त्रैमासिकमा ३ अर्ब अमेरिकी डलर नाघेको बताइएको छ ।
नवप्रवर्तन, दिगोपन र ग्राहकमुखी डिजाइनमा प्रतिबद्ध सेरेसले स्मार्ट मोबिलिटी समाधानहरूमा विश्वव्यापी वातावरणीय लक्ष्यहरूसँग मेलखाने गरी नयाँ उचाइहरू छुने काम गरिरहेको छ । आय विवरण सार्वजनिक भएपछि सेरेसको सेयर मूल्य ३ प्रतिशतले बढेको छ ।
आगामी दिनहरूमा सेरेसले अझ बढी रेन्ज, पर्फर्मेन्स र स्मार्ट फिचर भएका नयाँ गाडीहरू सार्वजनिक गर्ने योजना बनाएको छ । यी सुधारहरूले चीनको कार्बन न्युट्रालिटी लक्ष्यमा योगदान गर्ने कम्पनीको मिसनलाई सहयोग गर्दछ ।
विश्वव्यापी विस्तार रणनीतिअन्तर्गत सेरेसले सन २०२६ भित्र नेपालमा तीनवटा नयाँ विद्युतीय सवारी मोडल ल्याउने घोषणा गरेको छ । यसले चीनबाहिर पनि विद्युतीय सवारीको रूपान्तरणमा सेरेसको अग्रणी भूमिकालाई पुष्टि गर्दछ ।यसका साथै, सेरेस थ्री मोडेलले हालै इन्डोनेसियामा तीन प्रतिष्ठित अवार्डहरू जितेर न्यू इनर्जी भेहिकल बजारमा आफ्नो उत्कृष्टता र नवप्रवर्तन क्षमतालाई पुनः प्रमाणित गरेको छ ।
चीनको लक्जरी सवारी सेग्मेन्टमा पनि सेरेसले बीएमडब्लू र मर्सिडिज जस्ता ब्रान्डहरूलाई पछि पार्दै अग्रता लिएको जनाइएको छ। सेरेस ग्रुपले अग्रगामी र भविष्यमुखी रणनीतिमा केन्द्रित भई चीन तथा विश्वव्यापी ईभी उद्योगमा आफ्नो प्रमुख भूमिका कायम राख्ने लक्ष्य लिएको बताइएको छ।
सम्बन्धित समाचार
यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक
ओमोडा जेइकू एनपीएल सिजन ३ को “पावर्ड बाइ” प्रायोजकमा आबद्ध
हाम्स ग्रुपद्वारा नेपालमा विश्वप्रसिद्ध क्यूजे मोटरका मोटरसाइकल तथा स्कुटरहरू सार्वजनिक
नयाँ प्रविधि र दमदार पावरसहित नेपालमा आयो भेस्पा १५० एफआई ओबीडी २ स्टेज बी
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
भक्तपुरमा बीवाईडीको नयाँ सर्भिस सेन्टर सञ्चालनमा, डल्लुमा पनि सेवा विस्तारका लागि निर्माण सुरु
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
