सेरेस ३ को थाइल्याण्डमा औपचारिक प्रवेश भएसँगै विश्वभरी बिस्तार हुँदै
काठमाडौं । चिनियाँ विद्युतीय सवारी निर्माता सेरेसले आफ्नो बिद्युतिय एसयुभी सेरेस३ मार्फत थाई बजारमा औपचारिक प्रवेश गरेको छ । चीनबाट पूर्णरूपमा आयात गरिएको यो गाडीलाई एडिसन ईभी कम्पनी लिमिटेडमार्फत थाई बजारमा उपलब्ध गराइएको हो । यस कम्पनीलाई चोङकिङ सोकोन मोटर इम्पोर्ट एक्सपोर्ट कम्पनी लिमिटेडले थाईल्याण्डका लागि एक मात्र आधिकारिक वितरकको रूपमा नियुक्त गरेको बताइएको छ।
थाई बजारमा सेरेस३ को कम्फर्ट र कम्फर्ट सनरुफ गरी दुई भेरिएन्ट उपलब्ध हुने जनाइएको छ । जसको सुरुवाती मुल्य क्रमश ६ लाख ७० हजार र ६ लाख ९९ हजार ९ सय थाई भाट निर्धारण गरिएको छ । सेरेस३ नेपाली बजारमा समेत बिक्री हुँदै आएको ईभी हो ।
एडिसन ईभीकि डिलर नेटवर्क डेभलपमेन्ट म्यानेजर तञ्जिरा पुरिटपुट्टिफनका अनुसार कम्पनीले थाईल्याण्डमा एउटा केन्द्रीय शोरूम स्थापना गर्ने तयारी गर्दैछ र स्थानीय साझेदारहरूसँग मिलेर विद्युतीय सवारीको बजार विस्तार गर्ने योजनामा छ।
सेरेसले थाइल्याण्डमा यस वर्ष देशभर ३० वटा डिलर खोल्ने र एक वर्षमै १,००० युनिट बिक्री गर्ने लक्ष्य लिएको बताइएको छ। थाइल्याण्ड प्रवेशसंगै डीएफएसके र सेरेसको दक्षिणपूर्वी एसियामा बजार विस्तार गर्ने योजनामा महत्वपूर्ण टेवा पुर्याउने विश्वास गरिएको छ ।
सेरेसले स्मार्ट र दिगो प्रविधिमा आधारित विद्युतीय सवारी समाधानहरू प्रदान गर्ने लक्ष्य राखेको छ । थाईल्याण्डमा भएको यो सुरुवातलाई सेरेसको ग्लोबल ईभी रणनीतिमा महत्वपूर्ण उपलब्धिको रूपमा हेरिएको छ ।
सेरेसले स्मार्ट र दिगो प्रविधिमा आधारित विद्युतीय सवारी समाधानहरू प्रदान गर्ने लक्ष्य राखेको छ। सहज प्रयोग, सहरमैत्री सुविधा र उपयुक्त मूल्यका कारण सेरेस ३ थाई बजारमा प्रभावकारी ढङ्गले अगाडि बढ्ने अपेक्षा गरिएको कम्पनीले जनाएको छ ।
सेरेस सेतो, रातो, निलो, कालो र खरानी गरी पाँचवटा रङहरूमा उपलब्ध रहनुका साथै भित्री भागमा भने ग्राहकहरूको रुचिअनुसार रोज्नका लागि कालो र खैरो गरी दुईवटा विकल्प रहेको बताइएको छ ।
थाईल्याण्डमा भएको यो सुरुवातलाई सेरेसको ग्लोबल ईभी रणनीतिमा महत्वपूर्ण उपलब्धिको रूपमा हेरिएको छ। एडिसन ईभी जस्ता अनुभवी साझेदारको साथमा यस ब्रान्डले अन्तर्राष्ट्रिय बजारमा आफ्नो उपस्थिति थप बलियो बनाउँदै लैजान खोजेको कम्पनीको दाबी रहेको छ।
सम्बन्धित समाचार
विश्वसनीयतामा चेरीको लगातार दोस्रो जित, चिनियाँ अटो ब्रान्डमा पहिलो नम्बर
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
कोरला नाकाबाट नेपाल भित्रिँदै लिपमोटर बी१०, डेलिभरीको तयारी तीव्र
ट्रेन्डिङ
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग
कर्णाली प्रदेश अस्पतालमा भदौ २२ र २३ गते पनि सेवा सञ्चालन हुने
२०८३ भदौ २३ गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

