• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१७ जेठ २०८३, आइतबार
१७ जेठ २०८३, आइतबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८३ जेठ १६ गतेदेखि २२ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् साप्ताहिक राशिफल
  • १७ घण्टा 

के तपाई खरबुजा किन्दै हुनुहुन्छ ? जान्नुहोस् राम्रो र बिग्रिएको फल चिन्ने तरिका
  • १८ घण्टा 

एसियन स्मार्ट एग्रोको बृहत अन्तरक्रिया सम्पन्न :  निर्वाहमुखी कृषिलाई व्यावसायिक बनाइने
  • २० घण्टा 

भुर्तेलको कीर्तिमानी शतकमा चीनमाथि नेपालको २२१ रनको शानदार जित
  • २१ घण्टा 

लिपुलेक समस्या समाधानका लागि संवाद भइरहेको छ :  प्रधानमन्त्री बालेन
  • २१ घण्टा 

साउनदेखि कुन कर्मचारीले कति तलब पाउँछन् ?
  • २१ घण्टा 

एसियन गेम्स छनोटमा कुशल भुर्तेलको ऐतिहासिक कीर्तिमान
  • २३ घण्टा 

भन्सार दर वृद्धि गरेसँगै ह्वात्तै बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
  • २४ घण्टा 

ट्रक दुर्घटना हुँदा चालकको निधन
  • १ दिन 

लोकप्रिय समाचार

  • १. आकर्षक डिजाइन र उत्कृष्ट पर्फमेन्ससहित शाओमीले सार्वजनकि गर्यो नयाँ ९.७ इन्चको ‘रेडमी प्याड २’

  • २. देशका विभिन्न भूभागमा बदली, वर्षा र हुरी चल्ने पूर्वानुमान

  • ३. कजारिया रमेश टायल्स र मिस नेपालको नयाँ ‘डाइन विथ द डिभाज’ अभियान सार्वजनिक, विजेताले डिभाजसँग डिनर गर्ने अवसर पाउने

  • ४. चेम्बर अध्यक्ष अग्रवाल र साउदी राजदूत मनिकरबीच द्विपक्षीय व्यापार तथा लगानीबारे छलफल

  • ५. प्रि ओपन सेसनमा घट्यो नेप्से परिसूचक

  • ६. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • ७. कस्तो छ आजको मौसम पूर्वानुमान ?

  • ८. अर्थतन्त्रको आकार ६६ खर्ब, प्रतिव्यक्ति आय १ हजार ५ सय ३५ अमेरिकी डलर पुग्ने अनुमान

  • ९. ट्रक दुर्घटना हुँदा चालकको निधन

  • १०. २०८३ जेठ १२ गते मंगलबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

नेपाली बजारमा सारथीइकुटरको इ३ को माग बढे संगै मूल्य घट्यो,

जानकारी केन्द्र २०८२, जेष्ठ, १०

काठमाडौं । नेपाली बजारमा विद्युतीय सवारीसाधनप्रतिको चासो तीव्र गतिमा बढ्दै जाँदा विभिन्न ब्रान्डहरूले मूल्य र सेवामा प्रतिस्पर्धा गर्न थालेका छन्। यस्तै प्रतिस्पर्धात्मक फाइदा लिँदै जेरो इमिसन राइद एन ले आफ्नो चर्चित मोडेल इ३ को मूल्य घटाएको बताइएको छ। ग्राहकको बढ्दो माग र पहुँच सहज बनाउने उद्देश्यले मूल्यमा रु. ९,००० को कटौती गरेको कम्पनीले जानकारी दिएको छ।

चीनको उत्पादक कम्पनीसँग भएको नया सम्झौता वमोजिम स्कुटरको बिक्रि सँख्या टार्गेट पुरा गर्ने र बढी भन्दा बढी बिक्रि वितरण गर्ने शर्तको कारणले पनि खरिद मुल्यमा समायोजन हुँदा मुल्य सस्तो हुनगएको कम्पनीले जनाएको छ ।

गएको वर्ष मंसिरमा नेपाली बजारमा औपचारिक रूपमा सार्वजनिक गरिएको सारथीइकुटरको इ ३ मोडेलले छोटो समयमै लोकप्रियता हासिल गरेको कम्पनिको दाबि छ । अब कम्पनीले मूल्य घटाएर संगै यो स्कुटर को माग अझै बढ्ने देखिन्छ।

सारथीइकुटरका बिक्री तथा मार्केटिङ प्रमुख शंकर शर्मा भन्छन्, “इ ३ को बजार माग निकै उत्साहजनक छ। ग्राहकहरूको रुचि, प्रतिक्रिया र पहुँचलाई ध्यानमा राख्दै हामीले मूल्य समायोजन गरेका छौं। पहिले रुं २,२५,००० मा उपलब्ध यो स्कुटर अब रु. २,१६,००० मा पाइनेछ।”

प्रविधिमा अब्बल, प्रदर्शनमा उत्कृष्ट
सारथीइकुटरको इ ३ मा जडान गरिएको ७२ भोल्ट ३८ एएच क्षमताको ग्राफिन ब्याट्रीले एक पटकको पूर्ण चार्जमा अधिकतम १२० किलोमिटरसम्म यात्रा गर्न सक्ने क्षमता राख्नुका साथै, यसमा ३,००० वाट पीक पावर क्षमताको मोटर रहेको छ, जसले सहर र गाउँका अप्ठेरा तथा चढाइ युक्त उकालो बाटोहरूमा समेत सहज यात्रा गर्न सकिने बताइएको छ।

यस स्कुटरमा ‘री–जेनरेटिभ ब्रेकिङ सिस्टम’ को प्रयोग गरिएको छ भने यसले ब्रेक लगाउँदा ऊर्जालाई पुनः चार्जमा प्रयोग गर्न मद्दत गर्ने कम्पनिले जनाएको छ। यस स्कुटरमा प्रोजेक्टर हेडल्याम्प, रिमोट कन्ट्रोलर सिस्टम, मोबाइल चार्जिङ पोर्ट, पार्किङ सेन्सर, तीनवटा ड्राइभिङ मोड, क्रुज कन्ट्रोल , रिभर्स मोड जस्ता सुविधाहरू पनि उपलब्ध रहेको बताइएको छ।

सुरक्षित र व्यावहारिक डिजाइन
इ३ को पछिल्लो संस्करणमा १५५ मिमीको अग्लो ग्राउन्ड क्लियरेन्स दिइएको छ, जुन पहिलेको संस्करणभन्दा सुधारिएको हो। नेपालका अप्ठेरा सडक, स्पीड बम्प, र ग्रामीण भेगको लागि यो अत्यन्तै उपयोगी साबित हुने कम्पनिको दाबि रहेको छ । स्कुटरमा अगाडि र पछाडि दुवै १२ इञ्चका टायरहरू छन् भने डबल डिस्क ब्रेकले ब्रेकिङ क्षमतामा बलियो सुधार ल्याएकोे छ।

डिजाइनतर्फ हेर्दा, स्कुटरको सम्पूर्ण बनावट एयरोडायनामिक भने आकर्षक ग्राफिक डिजाइनसहित पाँच फरक रङ — कालो, सेतो, निलो, खरानी (ग्रे) र सिल्भर कलरमा उपलब्ध भएकोले सबै उमेर र वर्गका उपभोक्तालाई लक्षित गरिएको बताइएको छ।

सेवा केन्द्र र चार्जिङ सुविधामा अग्रणी
सारथीइकुटर ब्रान्ड नेपालमा जीरो इमिसन राइड एन कम्पनीमार्फत उपलब्ध छ, जुन सेवा केन्द्र र चार्जिङ पोइन्टको सञ्जालको हिसाबले देशकै अग्रणी ब्रान्ड मानिन्छ। कम्पनीका अनुसार, उनीहरूले ग्राहकलाई गुणस्तरीय बिक्रीपछिको सेवा, सस्तो स्पेयर पाट्र्स र सजिलो मर्मत सुविधा उपलब्ध गराउँदै आएका छन्।

सारथीइकुटरका स्कुटरहरू मूल्यका हिसाबले पनि प्रतिस्पर्धात्मक छन्। हामी सस्तो मात्र होइन,भरपर्दो पनि छौं, शर्मा भन्छन्,“ग्राहकले खरीद गरेपछि कहिल्यै निराश हुनु नपरोस् भन्ने हाम्रो प्राथमिकता हो।”

सारथीइकुटरको इ३ स्कुटरले अब मूल्यमा कटौती गर्दै आफ्ना ग्राहकहरूलाई अझ सहज बनाएको कम्पनिले बताएको छ। अत्याधुनिक फिचर, बलियो बनावट, आकर्षक डिजाइन र उत्कृष्ट सेवा सञ्जालको संयोजनले यो स्कुटर नेपालमा विद्युतीय सवारी खोज्ने सबैका लागि एक भरपर्दो विकल्प बन्दै गएको कम्पनिको दाबि छ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
लिपुलेक समस्या समाधानका लागि संवाद भइरहेको छ :  प्रधानमन्त्री बालेन
भन्सार दर वृद्धि गरेसँगै ह्वात्तै बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
देशका विभिन्न भूभागमा बदली, वर्षा र हुरी चल्ने पूर्वानुमान

ताजा

२०८३ जेठ १६ गतेदेखि २२ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् साप्ताहिक राशिफल

के तपाई खरबुजा किन्दै हुनुहुन्छ ? जान्नुहोस् राम्रो र बिग्रिएको फल चिन्ने तरिका

एसियन स्मार्ट एग्रोको बृहत अन्तरक्रिया सम्पन्न :  निर्वाहमुखी कृषिलाई व्यावसायिक बनाइने

भुर्तेलको कीर्तिमानी शतकमा चीनमाथि नेपालको २२१ रनको शानदार जित

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.