• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१६ चैत २०८२, सोमबार
१६ चैत २०८२, सोमबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

नेपालमा एमजी एस ५ इभीः यस्ता छन् फिचरहरु
  • १५ घण्टा 

निजामती कर्मचारी अस्पताल र ट्रक व्यवसायी महासंघबिच सम्झौता
  • १८ घण्टा 

यामाहाको एफजेडएस एफआई हाइब्रिड मोटरसाइकल एक हप्तामै सोल्ड आउट : प्रि-बुकिङ खुला
  • २१ घण्टा 

सरकारले लगायो ब्रिज कोर्स कक्षा सञ्चालनमा पूर्ण प्रतिबन्ध
  • २१ घण्टा 

घट्यो सुनचाँदीको मुल्य, कतिमा हुँदैछ कारोबार ?
  • २३ घण्टा 

यमाहा नेपालद्वारा ”नाउ आइ एम ७१.३३ केएमपिएल” अभियान सार्वजनिक
  • २ दिन 

२०८२ चैत १६ गते सोमबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • २ दिन 

फोर्ड नेपालले ल्यायो विशेष अफरः फोर्ड एसयूभी वा पिकअप किन्दा एउटा इभी गाडी सित्तैमा
  • २ दिन 

लुम्बिनी ट्रक व्यवसायी सङ्घको १४औँ साधारण सभा सम्पन्न, भाडा समायोजन र नीतिगत सुधारको माग
  • २ दिन 

लोकप्रिय समाचार

  • १. मंगलबार नेपाली बजारमा घट्यो सुनको मूल्य,चाँदिको मूल्य भने महँगियो

  • २. २०८२ चैत १२ गते बिहीबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ३. विशेष अफरसहित साओमी १७ अल्ट्राको प्रि–अर्डर नेपालमा सुरु

  • ४. २०८२ चैत १३ गते शुक्रबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ५. ग्लोबल मनि विकमा नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान

  • ६. वाडा अटो शो २०२६ मा बीवाईडी गाडी किन्दा विशेष अफर सार्वजनिक

  • ७. प्यासेन्जर कार सेगमेन्टमा टोटल इनर्जिजले नेपालमा भित्र्यायो पहिलो नयाँ लुब्रिकेन्ट प्रविधि

  • ८. पोखरामा आयोन र एक्सपेंग सहित सीजि मोटसको मेगा सेल्स एण्ड एक्सचेन्ज कार्भीनल क्याम्प आयोजना

  • ९. बालेन शाहले लिए प्रधानमन्त्रीको सपथ

  • १०. लाटाङमा मुस्ताङ एयरको हेलिकप्टर सम्पर्कबिहिन

अग्नि ग्रुपले नेपालमा ल्यायो श्रेणीमै उत्कृष्ट १.७ टन भार क्षमता भएको महिन्द्रा बोलेरो पिक-अप

जानकारी केन्द्र २०८२, जेष्ठ, १२

काठमाडौँ । नेपालको व्यावसायिक सवारी साधन बजारमा आफ्नो सशक्त उपस्थितिलाई अझ सुदृढ बनाउँदै महिन्द्राको युटिलिटि गाडीहरूको आधिकारिक वितरक, अग्नि इन्करपोरेटेड प्राइभेट लिमिटेडले नेपालमै पहिलो श्रेणीमा उत्कृष्ट १.७ टन भार क्षमता भएको नयाँ महिन्द्रा बोलेरो पिक-अप फ्ल्याटबेड १.७ टन सार्वजनिक गरेको छ । काठमाडौँ (गैरीधारा), पोखरा, विरगञ्ज, चितवन, र विराटनगरको महिन्द्रा सोरुमहरूमा २०८२ जेठ ११ गते आइतबार, औपचारिक सार्वजनिकिकरण समारोह (लन्च इभेन्ट) मार्फत एकैसाथ नयाँ पिक-अप सार्वजनिक गरिएको हो । नेपालको व्यावसायिक सवारीको क्षेत्रमा एक महत्त्वपूर्ण उपलब्धीको रूपमा रहेको यस समारोहमा अग्नि ग्रुपका विशेष अतिथिहरू, मिडिया प्रतिनिधि तथा ग्राहकवर्गको उत्साहजनक सहभागिता रह्यो ।

महिन्द्रा बोलेरो १.७ टन ले उत्कृष्ट ड्युरेबिलिटि (टिकाउपन) र पर्फमेन्सको लागि नेपाललगायत विश्वबजारमा परिचित रहेको बोलेरो ब्रान्डको विरासतलाई निरन्तरता दिएको बताइएको छ । नयाँ १.७ टन भेरियन्ट, नेपालमा अझ बलियो र अझ बढी क्षमतायुक्त युटिलिटि गाडीको बढ्दो मागलाई ध्यानमा राख्दै निर्माण गरिएको पिक-अप हो । महिन्द्रा बोलेरो पिक-अप १.७ टनले नेपालमा व्यावसायिक तथा युटिलिटि सवारीको क्षेत्रमा एक नयाँ स्तर निर्धारण गरेको कम्पनिको दाबि रहेको छ भने हरेक व्यवसायीहरूलाई हरेक किसिमको रोडमा साथ दिने प्रतिबद्धता गरेको छ ।

६३ बिएचपिको पावर र १९५ न्युटन मिटरको टर्क दिने २.५ लिटरको ‘एमटु-डिआइ-सिआर’ डिजेल इन्जिन रहेको नयाँ महिन्द्रा बोलेरो पिक-अप १.७ टन, उत्कृष्ट पर्फमेन्स र युटिलिटिका लागि विभिन्न विशेषताहरूले भरिपूर्ण रहेको बताइएको छ । यसमा ९ फिट लामो कार्गोबेड, बलियो डबल बेयरिङ एक्जिल, र ९ पाता भएको स्प्रिङ सस्पेन्सनले गर्दा यसले भारी लोडमा पनि अटल पर्फमेन्स सुनिश्चित गर्ने कम्पनिले बताएको छ । साथै श्रेणीमा उत्कृष्ट माइलेजले गर्दा उत्कृष्ट पर्फमेन्ससँगै राम्रो इन्धन-कुशलता (फ्युल-इफिसियन्सि) पनि सुनिश्चित गर्दछ । यसका साथै इन्टेरियरमा आराम र सहजताको लागि फराकिलो को-ड्राइभर सिट, ड्राइभरको लागि रिक्लाइनर सिट र हेडरेस्ट आदि विशेषताहरू समावेश रहेका छन् ।

महिन्द्रा बोलेरो पिक-अप १.७ टन, नेपाली ग्राहकहरूका लागि रू.२५लाख ६५ हजार को विशेष लन्च मूल्यमा उपलब्ध रहेको छ । अग्नि ग्रुपले ग्राहकहरूको लागि नयाँ पिक-अप खरिद गर्न अझ सजिलो बनाउँदै अग्नि ग्रुप अन्तर्गतकै कम्पनि अग्नि हायर पर्चेजमार्फत सहज वित्तीय सुविधाहरू उपलब्ध गराएको छ । यसअन्तर्गत ७०५ सम्म फाइनान्सिङ १ दिनमै छिटो कर्जा निर्णय, ९.९९ को प्रतिस्पर्धात्मक ब्याजदर (२०८२ असार महिनाको अन्त्यअघि खरिद वा बुकिङ गर्नेहरूको लागि), शून्य प्रोसेसिङ शुल्क तथा सहज कागजात प्रक्रिया आदिको लाभ लिई सजिलै पिक-अप खरिद गर्न सकिनेछ । वित्तीय सुविधामा स्वरोजगार (सेल्फ-इम्प्लोयड) नेपालीहरूलाई विशेष प्राथमिकता दिइने बताइएको छ । त्यसैगरी, अग्नि ग्रुप अन्तर्गतको कम्पनि अग्नि आस्था प्रालिमार्फत ग्राहकले उत्कृष्ट मूल्याङ्कनसहित र झञ्झटमुक्त प्रक्रियामा आफ्नो पुरानो गाडीसँग नयाँ महिन्द्रा बोलेरो पिक-अप १.७ टन एक्सचेन्ज गर्न सक्ने पनि कम्पनिले बताएको छ ।

महिन्द्रा बोलेरो पिकअप, व्यावसायिक सवारी अन्तर्गत नेपालकै बेस्ट-सेलिङ पिक-अपको रूपमा स्थापित रहेको कम्पनिको दाबि छ । वर्षौँदेखि नेपाली ग्राहकहरूको विश्वास जित्न सफल, अग्नि ग्रुपले, अधिक भार क्षमता, बलियो गुणस्तर, र लागतप्रभावी रहेको नयाँ १.७ टन भेरियन्ट सार्वजनिक गर्दै व्यावसायिक सवारीको क्षेत्रमा एक नयाँ मापदण्ड तय गरेको बताइएको छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
नेपालमा एमजी एस ५ इभीः यस्ता छन् फिचरहरु
निजामती कर्मचारी अस्पताल र ट्रक व्यवसायी महासंघबिच सम्झौता
यामाहाको एफजेडएस एफआई हाइब्रिड मोटरसाइकल एक हप्तामै सोल्ड आउट : प्रि-बुकिङ खुला

ताजा

नेपालमा एमजी एस ५ इभीः यस्ता छन् फिचरहरु

निजामती कर्मचारी अस्पताल र ट्रक व्यवसायी महासंघबिच सम्झौता

यामाहाको एफजेडएस एफआई हाइब्रिड मोटरसाइकल एक हप्तामै सोल्ड आउट : प्रि-बुकिङ खुला

सरकारले लगायो ब्रिज कोर्स कक्षा सञ्चालनमा पूर्ण प्रतिबन्ध

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.