नामी र सेरेसले बजेट घोषणा अघि नेपालभर सुरु गर्यो “इज अन वालेट”
काठमाडौं । एमएडब्ल्यू वृद्धि मोटर्सले डोङफेङ नामी र सेरेसका लागि “इज अन वालेट ” को घोषणा गरेको छ। जेठ ११ देखि जेठ १५ गतेसम्म बजेट घोषणा अगाडी चल्ने यो अफरमा ग्राहकहरूले नामी र सेरेस उत्कृष्ट मूल्यमा पाउन्नेछन ।
नेपालका सबै नामी र सेरेस शोरूमहरूमा सञ्चालन हुने यस अफरले ग्राहकलाई नयाँ ईभी मोडलको अनुभव गर्ने, विशेष अफर र सुविधाहरूको लाभ लिने र इलेक्ट्रिकमा स्विच गर्न अझ सजिलो बनाउने विश्वास कम्पनीले लिएको छ ।
यस अफरमा कम्पनीले नामी र सेरेसका नयाँ ईभी खरिद गर्ने ग्राहकलाई ७ किलोवाट र ३ किलोवाटको चार्जर निशुल्क दिने जनाएको छ । साथै, एक वर्षको अटो–प्लस बीमा, एक वर्षको सवारी कर र एसेसरीज निशुल्क पाइनेछ भने प्रत्येक टेस्ट ड्राइभमा विशेष उपहार र हरेक बुकिङमा माउन्टेन फ्लाईट गर्ने अवसर प्राप्त हुनेछ ।
चार भाग्यशाली ग्राहकले अन्नपूर्ण बेस क्याम्पमा हेलिकप्टर राइड जित्ने अवसर पनि पाउनेछन् । सिमित समयका लागि मात्र मान्य हुने यस अफरको लाभ उठाउन ग्राहकलाई आफ्नो नजिकको नामी र सेरेसको शोरूम अर्थात आधिकारिक डिलरमा गई यी विशेष सुविधाहरूको लाभ उठाउन कम्पनीले आह्वान गरेको छ ।
सम्बन्धित समाचार
यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक
ओमोडा जेइकू एनपीएल सिजन ३ को “पावर्ड बाइ” प्रायोजकमा आबद्ध
हाम्स ग्रुपद्वारा नेपालमा विश्वप्रसिद्ध क्यूजे मोटरका मोटरसाइकल तथा स्कुटरहरू सार्वजनिक
नयाँ प्रविधि र दमदार पावरसहित नेपालमा आयो भेस्पा १५० एफआई ओबीडी २ स्टेज बी
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
भक्तपुरमा बीवाईडीको नयाँ सर्भिस सेन्टर सञ्चालनमा, डल्लुमा पनि सेवा विस्तारका लागि निर्माण सुरु
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
