नामी र सेरेसले बजेट घोषणा अघि नेपालभर सुरु गर्यो “इज अन वालेट”
काठमाडौं । एमएडब्ल्यू वृद्धि मोटर्सले डोङफेङ नामी र सेरेसका लागि “इज अन वालेट ” को घोषणा गरेको छ। जेठ ११ देखि जेठ १५ गतेसम्म बजेट घोषणा अगाडी चल्ने यो अफरमा ग्राहकहरूले नामी र सेरेस उत्कृष्ट मूल्यमा पाउन्नेछन ।
नेपालका सबै नामी र सेरेस शोरूमहरूमा सञ्चालन हुने यस अफरले ग्राहकलाई नयाँ ईभी मोडलको अनुभव गर्ने, विशेष अफर र सुविधाहरूको लाभ लिने र इलेक्ट्रिकमा स्विच गर्न अझ सजिलो बनाउने विश्वास कम्पनीले लिएको छ ।
यस अफरमा कम्पनीले नामी र सेरेसका नयाँ ईभी खरिद गर्ने ग्राहकलाई ७ किलोवाट र ३ किलोवाटको चार्जर निशुल्क दिने जनाएको छ । साथै, एक वर्षको अटो–प्लस बीमा, एक वर्षको सवारी कर र एसेसरीज निशुल्क पाइनेछ भने प्रत्येक टेस्ट ड्राइभमा विशेष उपहार र हरेक बुकिङमा माउन्टेन फ्लाईट गर्ने अवसर प्राप्त हुनेछ ।
चार भाग्यशाली ग्राहकले अन्नपूर्ण बेस क्याम्पमा हेलिकप्टर राइड जित्ने अवसर पनि पाउनेछन् । सिमित समयका लागि मात्र मान्य हुने यस अफरको लाभ उठाउन ग्राहकलाई आफ्नो नजिकको नामी र सेरेसको शोरूम अर्थात आधिकारिक डिलरमा गई यी विशेष सुविधाहरूको लाभ उठाउन कम्पनीले आह्वान गरेको छ ।
सम्बन्धित समाचार
विश्वसनीयतामा चेरीको लगातार दोस्रो जित, चिनियाँ अटो ब्रान्डमा पहिलो नम्बर
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
कोरला नाकाबाट नेपाल भित्रिँदै लिपमोटर बी१०, डेलिभरीको तयारी तीव्र
ट्रेन्डिङ
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग
कर्णाली प्रदेश अस्पतालमा भदौ २२ र २३ गते पनि सेवा सञ्चालन हुने
२०८३ भदौ २३ गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

