शेर्पा बिना सगरमाथा चढेकी पहिलो नेपाली महिला : पार्वति जोशीको साहसिक सफलता
रसुवा : सगरमाथा चढ्न शेर्पा चाहिन्छ भन्ने आम धारणा तोड्दै, रसुवा आमाछोदिङ्मो–४ की पार्वती जोशीले सन् २०२५ मे १९ तारिख का दिन इतिहासमा पहिलो पटक बिना कुनै शेर्पाको सहयोग ८८४८ मीटर अग्लो सगरमाथा को शिखरमा पाइला टेक्ने पहिलो महिला बनेकी छिन्, रसुवा जिल्लाबाटै सगरमाथा चड्ने पहिलो महिला भएकी छन्। पार्वतीको यो यात्रा केवल आरोहण थिएन—यो एक सपना थियो, जुन उनले आत्मविश्वास, साहस र अथक तयारका बलमा साकार पारेको बताएकि छिन् । १९९२ डिसेम्बर २४ मा जन्मिएकी पार्वती बाल्यकालदेखि नै खेलेप्रेमी र उनी भलिबलकी उत्कृट खेलाडी थिइन,”राष्ट्रिय स्तरको प्रतियोगिता समेत खेलेकी छिन। “भलिबल खेल्दै दौडिदै गर्दा नजिकको हिमालले मलाई सधैँ तानि रहन्थ्यो,” उनि भन्छिन्।
पदयात्राको प्रेमि – उनी ट्रेकिङ गाइड बन्न पुगिन । उनी इन्ट्रेपिट ट्राभल एजेन्सीमा एक प्रमाणित गाइड र टिम नेतृवकर्ताका रुपमा हाल कार्यरत रहेको जनाएकि छिन् । ट्रेकिङ का क्रममा उनले धेरै हिमालि सौन्दर्यहरुको दृृश्य अवलोकन गर्दैगर्दा , यही बाटो हुँदै पर्वतारोहणमा लाग्ने रहर जाग्यो। सन् २०१६ मा उनले आधारभुत पर्वतारोहण तालिम लिइन्। “जब पर्वतारोहणको तालिम लिएँ,तब लायो—अब सगरमाथा पनि चढ्न सक्छु” पार्वतीले भनिन्। उनले एडभान्स कोर्स सन् २०२० मा पुरा गरिन्। पार्वतीले काठमाडौँ बाट अप्रि ल २०,२०२५ मा यात्रा सुरु गरेको बताएकि छिन् । उनले मे १९ मा सगरमाथाको शिखरमा पाइला टेकिन् मे २४, २०२५ मा पुनः काठमाडौँ फर्किइन्। यो पुरा यात्रामा उनले कुनै शेर्पाको सहयोग नलिई आफ्नो निर्णय , आरोहण रणनीति र साहसमा भर गरिन् र इतिहास रचिन्। सम्पुर्ण नेपाली महिलाका लागि प्रेरणाको स्रोत बनेकी छिन्।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
