एमएडब्लू इन्टरप्राइजेज र काठमाडौं महानगरपालिकाबीच सीप विकास प्रवर्द्धन गर्न सीप मेला आयोजनामा सहकार्य
काठमाडौं । एमएडब्लू इन्टरप्राइजेज प्रा. लि. र काठमाडौं महानगरपालिका (केएमसी) बीच एक औपचारिक सम्झौता सम्पन्न भएको छ, जसअनुसार दुवै पक्ष मिलेर काठमाडौँको टुँडिखेलमा जनशक्तीको निर्माण र विकासमा केन्द्रित सीप मेला आयोजना गर्नेछन्। यो सहकार्यको मुख्य उद्देश्य सीपमूलक व्यवसायिक तालिमको प्रबर्धन गर्दै रोजगारीको अवसर सृजना गर्नु रहेको बताइएको छ ।
जेठ ७ बाट सुरु भइसकेको SEEP (Skill and Employment Enhancement Program) मेलाले हाल १० वटा प्रमुख क्षेत्रअन्तर्गत ३७ प्रकारका पेशागत सीप सम्बन्धी तालिमहरू दिइरहेको छ। यसले युवाहरुलाई गुणस्तरीय रोजगारीतर्फ उन्मुख गराउने गरी व्यवहारिक तालिममार्फत आवश्यक ज्ञान र सीप सिकाउने अवसर सिर्जना गरिरहेको छ। साथै, यसले उद्योगहरूलाई आवश्यक जनशक्ति भित्र्याउने क्षमता बढाउन पनि मद्दत पुर्याउने छ।

यो साझेदारीले दुवै पक्षको आपसी सम्बन्ध र दिगो विकास लक्ष्य (SDGs) प्रतिको प्रतिवद्धता देखाउँछ, विशेष गरी मर्यादित रोजगारी र आर्थिक वृद्धि सम्बन्धी लक्ष्यप्रति। सीप मेलाले नेपालमा आत्मनिर्भर र दक्ष जनशक्ति तयार पार्नका लागि विभिन्न सीप विकास कार्यक्रम र श्रम बजारको वास्तविक आवश्यकताबीचको दूरी घटाउने लक्ष्य लिएको बताइएको छ।
सम्झौता पत्रमा हस्ताक्षरको कार्यक्रम फेयर म्यानेजमेन्ट कमिटीको तर्फबाट गतिशील अभियान नेपालको संयोजनमा सम्पन्न भएको थियो। आयोजकको तर्फबाट रामजी पौडेलले हस्ताक्षर गरे। एमएडब्लू इन्टरप्राइजेजका तर्फबाट एमएडब्लू अर्थमुभर्स प्रा. लि. का सीईओ तेजप्रसाद सुवेदी र एमएडब्लू स्किल्स एकेडेमी प्रा. लि. का सीईओ महेश बिष्टले संयुक्त रूपमा सम्झौतापत्रमा हस्ताक्षर आदानप्रदान गरेका छन्।

सीप मेला प्रशिक्षण प्रदायक, रोजगारदाता र काम खोज्नेहरूलाई जोड्ने एउटा महत्वपूर्ण प्लेटफर्म बन्ने अपेक्षा गरिएको छ। मेलाले सबै पक्षलाई एउटै थलोमा ल्याएर काठमाडौं महानगरपालिकाको लक्ष्यअनुसार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारको आवश्यकता पूरा गर्न सक्षम र आत्मनिर्भर श्रमशक्ति निर्माणमा टेवा पुर्याउनेछ।
यस सहकार्यबाट एमएडब्लू इन्टरप्राइजेज र काठमाडौं महानगरपालिकाले सार्वजनिक-निजी साझेदारीलाई सशक्त बनाउने, बेरोजगारी घटाउने र नेपालभित्रै जीवनस्तर सुधार गर्ने लक्ष्य लिएको बताइएको छ।

सम्बन्धित समाचार
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक
ओमोडा जेइकू एनपीएल सिजन ३ को “पावर्ड बाइ” प्रायोजकमा आबद्ध
हाम्स ग्रुपद्वारा नेपालमा विश्वप्रसिद्ध क्यूजे मोटरका मोटरसाइकल तथा स्कुटरहरू सार्वजनिक
नयाँ प्रविधि र दमदार पावरसहित नेपालमा आयो भेस्पा १५० एफआई ओबीडी २ स्टेज बी
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
