लगनखेलमा “यामाहा ब्लू फेस्ट २०८२” सुरु : असार १७ सम्म चल्ने ,यस्ता छन् आकर्षण
काठमाडौं । नेपालकै सबैभन्दा ठूलो दुईपांग्रे एक्सचेन्ज महोत्सव“यामाहा ब्लू फेस्ट” बिहिबार लगनखेल बसपार्कमा एक भव्य उद्घाटन समारोहसहित औपचारिक रूपमा सुरु भएको छ।
कार्यक्रमको औपचारिक उद्घाटन वाडाका अध्यक्ष नारायणलाल अवाले र एमएडब्ल्यू राइड्सका कार्यकारी निर्देशक तथा सीईओ दीपककुमार अग्रवालले गरेका थिए। असार १२ गतेदेखि १७ गते सम्म चल्ने यो महोत्सवमा जुनसुकै ब्रान्डका जुनसुकै बाइक आकर्षक भ्यालुएसन र अफरहरू सहित सहजै एक्सचेन्ज गर्न पाइनेछ।
असार १२ गतेदेखि १७ गतेसम्म चल्ने रोमाञ्चक कार्यक्रममा कुनै पनि ब्रान्डका कुनै पनि बाइकलाई उत्कृष्ट मूल्याङ्कन र फाइदाहरूका साथ साट्ने अवसर प्राप्त हुनेछ।
यामाहा ब्लू फेस्टमा निम्न विशेष अफरहरू रहेका छन्:
• जुनसुकै ब्रान्डका जुनसुकै बाइक एक्सचेन्ज गर्न मिल्ने।
• यामाहा बाइक वा स्कुटरमा न्यूनतम रु. ५०,००० को मूल्यांकन।
• अन्य ब्रान्डमा न्यूनतम रु. २५,००० को मूल्यांकन (कर चुक्ता अनिवार्य)।
• एक्सचेन्जमा अतिरिक्त रु. १०,००० बोनस।
• रु. ६,००० सम्मको नगद छुट।
• फ्रीएक्सेसरिजहरू।
• निःशुल्कआर्थिक वर्ष०८२/८३को सडक करभुक्तान।
• ७.९९% ब्याजदरमावित्तपोषण, ग्यारेन्टरआवश्यकनपर्ने सुविधा।
चाहे दैनिक यात्रा गर्ने यात्रु होस्, रेसिङ प्रेमी होस् वा एडभेन्चर खोज्ने साहसी राइडर, यामाहा नेपालले हरेक प्रकारका यात्रुहरूका लागि बनाइएका विविधता युक्त र शक्तिशाली बाइक तथा स्कुटरहरू प्रस्तुत गर्दै आएको बताएको छ।
कम्पनीका अनुसार, एआरएआई प्रमाणित ७१.३३ कि.मी. प्रतिलिटरको माइलेज रहेको नेपालकै सबैभन्दा बढी माइलेज दिने स्कुटर रेडजआर १२५ एफआई हाइब्रिडदेखि स्टाइलिश र स्पोर्टी लुकसहितको यमाहा आर १५ भी४ सम्म,यामाहाले आफ्नो स्तर सधैं उच्च राखेको छ ।
सडकमा दमदार उपस्थिति चाहनेहरूले एमटी-१५ भी२ र एफजेड भी३ सिरिज रोज्न सक्छन् भने स्पोर्टी डिजाइनसहितको पर्फर्मेन्स स्कुटरको रूपमा एरोक्स १५५ ले आफ्नो फरक पहिचान बनाएको कम्पनीले जनाएको छ । अफ-रोडका लागि डब्लूआर १५५आर जस्ता भरपर्दा बाइकहरू पनि उपलब्ध रहेको कम्पनीले बताएको छ।
यामाहाका यी सम्पूर्ण सवारी साधनहरूमा प्रयोग गरिएको उच्चस्तरीय जापानी प्रविधिले सुरक्षित, कुशल र रोमाञ्चक राइडिंग अनुभव प्रदान गर्ने कम्पनीको दाबी रहेको छ ।
कम्पनीका अनुसार, एमएडब्लु राइड्सको नेतृत्वमा रहेको यामाहा नेपाल देशको सबैभन्दा भरपर्दो र प्रतिष्ठित दुईपांग्रे ब्रान्डमध्ये एक हो जो आफ्नो अत्याधुनिक प्रविधि, उच्च प्रदर्शन र ग्राहक सन्तुष्टि प्रतिको प्रतिबद्धताका लागि परिचित छ। यामाहाले निरन्तर रूपमा उत्कृष्ट प्रविधि र सेवाको सीमा फैलाउँदै देशभर नै उत्कृष्ट राइडिंग एक्सपिरियन्स प्रदान गरिरहेको कम्पनीले जनाएको छ ।

सम्बन्धित समाचार
विश्वसनीयतामा चेरीको लगातार दोस्रो जित, चिनियाँ अटो ब्रान्डमा पहिलो नम्बर
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
कोरला नाकाबाट नेपाल भित्रिँदै लिपमोटर बी१०, डेलिभरीको तयारी तीव्र
ट्रेन्डिङ
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग
कर्णाली प्रदेश अस्पतालमा भदौ २२ र २३ गते पनि सेवा सञ्चालन हुने
२०८३ भदौ २३ गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

