डिशहोमले नेपालको पहिलो भर्चुअल ग्राहक प्रिभिलेज कार्ड सार्वजनिक गर्दै
काठमाडौं । डिशहोमले नेपालमा पहिलोपटक पूर्ण डिजिटल ‘भर्चुअल ग्राहक प्रिभिलेज कार्ड’ सार्वजनिक गर्ने तयारी गरेको छ। इन्टरनेट तथा टेलिभिजन सेवा क्षेत्रमा सक्रिय डिशहोमले “माइ डिशहोम एप” मार्फत यो सेवा ल्याउँदैछ, जसले ग्राहकको दैनिक जीवनशैलीमा थप मूल्य थप्ने उद्देश्य राखेको छ।
डिशहोमका प्रमुख कार्यकारी अधिकृत तारामानन्धरका अनुसार, यो कार्डले केवल डिजिटल मनोरञ्जन र इन्टरनेट सेवा मात्र नभई उपभोक्ताको सम्पूर्ण जीवनशैलीमा सघाउ पुर्याउनेछ। “हामी डिजिटल जीवनशैली ईकोसिस्टम निर्माणतर्फ अगाडि बढिरहेका छौं,” उनले बताए।
एक्टिभ सदस्यता भएका ग्राहकहरूको मोबाइल एपमा स्वचालित रूपमा देखिने यो कार्डमार्फत ग्राहकहरूले २५ प्रतिशतसम्मको छुट पाउनेछन्। यो छुट होटल, क्याफे, रेस्टुरेन्ट, अस्पताल, स्किनकेयर, फिटनेस क्लब, मोबाइल एक्सेसोरिज, इलेक्ट्रोनिक्स, होम अप्लायन्सेस, अटोमोबाइल शोरूम र सपिङ मलहरूमा लागू हुनेछ।
यो कार्ड केवल सक्रिय सदस्यता भएका प्रयोगकर्ताहरूको एपमा मात्र देखिने भएकाले यसको सुरक्षा र विशिष्टता सुनिश्चित गरिएको छ। सेवा सुरु भएपछि ग्राहकले “माइ डिशहोम एप” खोली सहभागी आउटलेटहरूमा डिजिटल कार्ड देखाएर छुट सुविधा लिन सक्नेछन्।
डिशहोमले इन्टरनेट, टिभी र अब ‘ग्राहक लाभ’ अनुभवलाई डिजिटलरूपमा एकीकृत गर्दै नेपालको डिजिटल युगमा नवीनता र नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको देखिन्छ। कम्पनीले ग्राहकलाई यो सुविधा लिनका लागि आफ्नो एप स्टोर वा प्ले स्टोरमार्फत “माइ डिशहोम एप” डाउनलोड वा अपडेट गर्न आग्रह गरेको छ।
सम्बन्धित समाचार
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
वीरगंजमा नयाँ शोरूम संचालनमा ल्याउँदै कजारिया रमेश टायल्सको बजार विस्तार
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
अन्तिम मतदाता नामावली सार्वजनिक, देशभर १ करोड ९० लाखभन्दा बढी मतदाता
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
