टीभीएसको नयाँ जुपिटर अब नेपालमा, कति पर्छ मुल्य ?
काठमाडौं । नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले टीभीएस जुपिटरको नयाँ संस्करण नेपाली बजारमा लन्च गरेको छ । आज एक कार्यक्रमका बिच सो स्कुटर सार्वजनिक गरिएको हो ।
सो स्कुटरको मूल्य २ लाख ५७ हजार ९ सय रुपैयाँ तोकिएको छ । लन्चिङको अवसरमा जुलाई महिना भर शून्य प्रतिशत ब्याजदरमा फाइनान्स सुविधा उपलब्ध हुने कम्पनीले जनाएको छ ।
टीभीएस जुपिटर पहिले पनि नेपाली बजारमा उपलब्ध थियो । तर अब यसको परिमार्जित भर्सन उपलब्ध भएको हो । यसमा ११३ सीसीको इन्जिन छ । सो इन्जिनले ८ बीएचपी पावर र ९.२ एनएम टर्क जेनेरेट गर्छ । सीभीटी गियरबक्सयुक्त सो स्कुटरलाई हल्का बनाउनका लागि विभिन्न हलुका मेटरियल र पोलिमरको प्रयोग गरिएको छ ।
बेस्ट–इन–क्लास फिचरको रुपमा टीभीएस जुपिटरमा युएसबी मोबाइल चार्जिङ, साइलेन्ट स्टार्ट, फ्रन्ट लेग स्पेस, फ्रन्ट २ लिटर ग्लोभबक्स, फाइन्ड माई भेइकल, भ्वाइस असिस्ट, ई–जेड सेन्टर स्ट्यान्ड, मेटल म्याक्स बडी, एलईडी हेडल्याम्प, कल अलर्ट, नेभिगेसन र एसबीटी सहितको डिस्क ब्रेक लगायतका फिचर छन् ।
त्यसैगरी फर्स्ट–इन–क्लास फिचरको रुपमा डलब हेल्मेट स्पेस, आईजीओ असिस्ट, डिस्टेन्स टु एम्प्टी, हाजार्ड ल्याम्प्स, इमर्जेन्सी ब्रेक वार्निङ, फुल्ली डिजिटल कन्सोल, फ्रन्ट फ्युल फिल, एभरेज फ्युल इकोनोमी, इन्फिनिटी ल्याम्प्स, फलो मी हेडल्याम्प, रियल टाइम फ्युल इकोनोमी, बडी ब्यालेन्स टेक्नोलोजी, पियानो ब्ल्याक फिनिस र सबैभन्दा लामो सिट लगायतका फिचर छन् ।
पहिलेको जुपिटरको तुलनामा नयाँ जुपिटरमा अपडेटेड इन्जिनका साथै सेफ्टी र अन्य धेरै फिचर थपिएका हुन् । यसको डिजाइन नै पहिले भन्दा फरक छ । पहिलेको परम्परागत डिजाइनको तुलनामा नयाँ जुपिटर स्कुटरमा स्लिक एलईडी बार सहितको डिजाइन छ । त्यसैगरी नयाँ कलर अप्सनका साथै स्टोरेजका लागि फ्युल ट्यांकी पनि फ्लोरबोर्डसँगै राखिएको छ।
फोन कनेक्टिभिटी, नेभिगेसन र भ्वाइस कमान्डका साथै ३३ लिटरको बुट स्पेस, युएसबी चार्जरलगायतका फर्स्ट–इन–क्लास र बेस्ट–इन–क्लास फिचरले यसलाई फरक बनाएको छ ।
यो स्कुटर पहिले भन्दा अझै बढी पावर, स्टाइल, सहजता, माइलेज र कम्फर्टका साथ उपलब्ध भएको कम्पनीले बताएको छ।
सम्बन्धित समाचार
पोखरामा कात्तिक १४ मा ‘पल्सर आरपीएम’ आयोजना हुँदै, स्टन्ट र स्ट्रीट कल्चर मुख्य आकर्षण
यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक
ओमोडा जेइकू एनपीएल सिजन ३ को “पावर्ड बाइ” प्रायोजकमा आबद्ध
हाम्स ग्रुपद्वारा नेपालमा विश्वप्रसिद्ध क्यूजे मोटरका मोटरसाइकल तथा स्कुटरहरू सार्वजनिक
नयाँ प्रविधि र दमदार पावरसहित नेपालमा आयो भेस्पा १५० एफआई ओबीडी २ स्टेज बी
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
ट्रेन्डिङ
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
अब सात प्रदेशका नागरिकले काठमाडौँ उपत्यकाबाटै लिन सक्नेछन् नागरिकताको प्रतिलिपि
