काठमाडौंका दुई स्थानमा सिटिजन्स बैंकद्वारा ईभी चार्जिङ स्टेशन सञ्चालनमा
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो वातावरणमैत्री रणनीतिअन्तर्गत काठमाडौं उपत्यकाका दुई प्रमुख स्थान—नारायणहिटी पथ र कमलादीस्थित आफ्नै भवनको प्रांगणमा आधुनिक इलेक्ट्रिक भेइकल (ईभी) चार्जिङ स्टेशन सञ्चालनमा ल्याएको छ।
‘गाडी चार्ज प्रा.लि.’सँगको सहकार्यमा स्थापना गरिएको सीसीटीयू सिंगल गन प्रविधियुक्त चार्जिङ स्टेशनको क्षमता ४० किलोवाट रहेको छ। विहिबार एक औपचारिक कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले चार्जिङ स्टेशनहरूको उद्घाटन गरेका हुन्।
कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख कार्यकारी पोखरेलले वातावरणीय संरक्षणमा सघाउ पुर्याउने उद्देश्यले इभी चार्जिङ पूर्वाधार विस्तार गर्ने रणनीति अघि सारिएको जानकारी दिए । उनका अनुसार आगामी दिनमा देशका सातै प्रदेशमा बैंकका आफ्नै भवनमा यस्ता चार्जिङ स्टेशनहरू स्थापना गरिनेछ।
चार्जिङ स्टेशनहरू सर्वसाधारण, ग्राहक तथा इभी प्रयोगकर्ताहरूका लागि सहज रूपमा उपलब्ध हुनेछन्। सिटिजन्स बैंकले आधुनिक प्रविधियुक्त उपकरणमार्फत छरितो, सुरक्षित र भरपर्दो सेवा प्रदान गर्ने लक्ष्य लिएको छ। यस पहलले दिगो ऊर्जा उपयोग, प्रदूषण न्यूनीकरण तथा जलवायु संरक्षणमा योगदान पुर्याउने अपेक्षा गरिएको छ। बैंकले यसअघि पनि वातावरणीय अभियान अन्तर्गत सातै प्रदेशमा १,८०० भन्दा बढी विरुवा रोपण गरिसकेको बताइएको छ।
सम्बन्धित समाचार
नबिल बैंकको नबिल भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा
यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक
ओमोडा जेइकू एनपीएल सिजन ३ को “पावर्ड बाइ” प्रायोजकमा आबद्ध
हाम्स ग्रुपद्वारा नेपालमा विश्वप्रसिद्ध क्यूजे मोटरका मोटरसाइकल तथा स्कुटरहरू सार्वजनिक
नयाँ प्रविधि र दमदार पावरसहित नेपालमा आयो भेस्पा १५० एफआई ओबीडी २ स्टेज बी
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
