बेइजिङमा भिषण बाढीमा परी ३० को मृत्यु, ८० हजारलाई अन्यत्र सारियो
बेइजिङ । चीनको राजधानी बेइजिङमा भीषण वर्षा र बाढीका कारण कम्तीमा ३० जनाको मृत्यु भएको छ । चीनको सरकारी सञ्चारमाध्यमहरूका अनुसार यो बाढी बेइजिङको पहाडी उत्तरी जिल्लाहरूमा भएको आएको हो, जसमा म्युनमा २८ र याङ्किङमा दुई जनाको मृत्यु भएको सिन्ह्वाले जनाएको छ।
सिन्ह्वाले सहरको नगरपालिका बाढी नियन्त्रण मुख्यालयलाई उद्धृत गर्दै बेइजिङमा सोमबार मध्यरातसम्मको भारी वर्षाको पछिल्लो चरणमा ३० जनाको मृत्यु भएको जनाएको हो।
बेइजिङले यसका उत्तरी जिल्लाहरूमा ५४३ एमएम (२१.३ इन्च) सम्मको वर्षा रेकर्ड गरेको पनि सिन्ह्वाले उल्लेख गरेको छ । साताको अन्त्यमा सुरु भएको मुसलधारे वर्षाले सोमबार चिनियाँ राजधानी र वरपरका प्रान्तहरूमा बढी प्रभावित भएको छ ।
बेइजिङका अधिकारीहरूले बाढीबाट सबैभन्दा बढी प्रभावित क्षेत्रहरूबाट ८० हजार भन्दा बढी बासिन्दाहरूलाई स्थानान्तरण गरिएको छ भने जसले दर्जनौं सडकमा क्षति पुर्याएको छ र कम्तीमा १३६ गाउँहरूमा बिजुली काटिएको राष्ट्रिय प्रसारक सिसिटिभीले रिपोर्ट गरेको छ।
बेइजिङमा मंगलबार बिहान सबभन्दा भारी वर्षा हुने अनुमान गरिएको छ, केही क्षेत्रहरूमा ११.८ इन्चसम्मको वर्षाको पूर्वानुमान गरिएको छ। अधिकारीहरूले बेइजिङको ग्रामीण मियुन जिल्लामा रहेको जलाशयबाट पानी छोड्न आदेश दिएका छन्, जुन १९५९ मा निर्माण भए देखि यसको उच्चतम स्तरमा देखिएको हो ।
रिपोर्टहरूका अनुसार स्थानीयहरूलाई नदीको सतह बढ्दै गएपछि र थप भारी वर्षाको पूर्वानुमान गरिएकोले नदीहरूबाट सुरक्षित रूपमा टाढा रहन सुचना जारी गरेको छ ।
सम्बन्धित समाचार
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
वीरगंजमा नयाँ शोरूम संचालनमा ल्याउँदै कजारिया रमेश टायल्सको बजार विस्तार
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
कोका–कोलाको ‘भरौँ खुसी’ अभियान, हवाई र बस टिकट जित्ने मौका
