• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        बुधबार, असार २५, २०८२
बुधबार, असार २५, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

उत्तरी नाकाबाट सवारी आयात गर्ने प्रक्रिया पूर्ण रुपमा रोकियो : नाईमा

७० औं वार्षिकोत्सवका अवसरमा यामाहा नेपालले ल्यायो देशव्यापी एक्सचेन्ज अफर : यस्ता छन् आकर्षण

त्रिवि उपकुलपतिमा डा. दीपक अर्याल नियुक्त

रसुवा जिल्लामा आएको बाढी तथा पहिरोका कारण उत्पन्न भयावह परिस्थितिमा संयमित रहन नाडाको आग्रह

आठ जटिल रोगका विरामीका लागि स्वास्थ्य विमा सुविधा दुई लाख

बारामा ट्राफिकको ‘हेलमेट अभियान’ प्रभावकारीः ९५ प्रतिशत चालक हेलमेट प्रयोग गर्न थाले

आज ४० अर्ब खिच्दै राष्ट्र बैंक

बाढीले विद्युत् आयोजनाको पावर हाउस बगायो

बाढी–पहिरोले यी १० राजमार्ग पूर्ण अवरुद्ध, केही आंशिक सञ्चालनमा

लोकप्रिय समाचार

  • १. २०८२ साल असार २० गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • २. २०८२ साल असार १९ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ३. २०८२ असार २१ गतेदेखि २७ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ४. २०८२ साल असार २२ गते आइतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • ५. २०८२ साल असार २३ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • ६. २०८२ साल असार २१ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • ७. २०८२ साल असार २४ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस राशिफल

  • ८. हरिशयनी एकादशीको यस्तो रहेको छ शास्त्रीय मान्यता

  • ९. भारतमा चर्चित बनेको ‘एमजी विन्डसर ईभी’ नेपाली बजारमा सार्वजनिक : कति पर्छ मूल्य ?

  • १०. श्रीलंकाबिरूद्द नेपालको ८-० को शानदार जीत, साम्बाको ह्याट्रिक

कहाँबाट आउँछ सेयरबजारमा दैनिक २ अर्ब?

साढे ६ महिनाअघि १३ मंसिरमा १ हजार २२ अंकमा रहँदा नेप्सेको बजार पुँजीकरण १० खर्ब रुपैयाँ थियो । त्यसयता नेप्से परिसूचक झन्डै ६ सय अंक बढेको छ भने बजार पुँजीकरणको आकार ७ खर्बभन्दा धेरैले बढिसकेको छ । पछिल्ला केही सातायता सेयरबजारको दैनिक कारोबार नै २ अर्ब रुपैयाँ नाघेको छ । सेयरबजारमा यति ठूलो रकम कहाँबाट आइरहेको छ?

उदाउँदै महिला

काठमाडौंको पुतलीसडक वरपर झुम्मिएका ब्रोकर कम्पनीमा महिलाको उपस्थिति निकै बाक्लो देखिन्छ । ‘उपस्थिति जति बढेको छ, लगानीको पोर्टफोलियो त्योभन्दा निकै बढी छ,’ एक ब्रोकरले सुनाए ।

धेरै कम्पनीको आइपिओ भर्दा पनि सेयर नपरेपछि दोस्रो बजारमा लगानी गर्न थालेको धादिङकी कमला शर्माले बताइन् । सुमेरु सेक्युरिटिजमा भेटिएकी उनले भनिन्, ‘चितवन बस्ने दिदी र मलेसियामा भएका दाइले पनि सेयर किनिदिन पैसा पठाएपछि अहिले ब्रोकर कम्पनी धाउन थालेकी छु ।’ सानो–सानो बचतलाई पनि महिलाले सेयरमा लगानी गर्न थालेका छन् । ‘थोरैथोरै सेयर किन्दा पनि निकै नाफा भएपछि श्रीमान्ले सापट गरेर विदेशबाट पैसा पठाउनुभयो,’ नुवाकोटकी सरिता तामाङले भनिन्, ‘सबै पैसा सेयरमै हालेकी छु ।’ यसरी बचत मात्र होइन आफन्तको पैसा र रेमिट्यान्सलाई सेयरबजारमा लगानी गर्न महिलाको सक्रियता बढेको छ । महिलामार्फत गैरआवासीय नेपालीले ठूलो परिमाणमा लगानी बढाएको स्टक ब्रोकर्स एसोसिएसनका पूर्वअध्यक्ष अञ्जनराज पौड्यालले पनि बताए ।

बैंकहरूको उदार लगानी

निक्षेपमा भएको भारी वृद्धि र लगानीको क्षेत्र संकुचित भएपछि बैंक तथा वित्तीय संस्थाले सेयरमा लगानी बढाएका छन् । ‘कहिल्यै सेयरमा लगानी नगर्ने नबिल र एभरेष्टजस्ता बैंकले पनि अहिले लगानी गर्न थालेका छन्,’ एक ब्रोकरले भने, ‘अधिकांश वाणिज्य बैंक, विकास बैंक र सबै बिमा कम्पनीले सेयरमा लगानी बढाएका छन् ।’ नेपाल राष्ट्र बैंकका अनुसार गत वैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थाले सेयरको धितोमा ३२ अर्ब २१ करोड रुपैयाँ (कुल कर्जाको २ प्रतिशत) कर्जा प्रवाह गरेका छन् । गत चैतमा यस्तो मार्जिन प्रकृतिको कर्जा ३४ अर्ब ७७ करोड रुपैयाँ थियो । पछिल्ला दिनमा यस्तो कर्जा पुन: बढ्न थालेको बताइएको छ । यसबाहेक अन्य सम्पत्तिको धितोमा सेयर किन्न बैंकहरूले कर्जा प्रवाह गरिरहेका छन् । बैंकहरूको प्रत्यक्ष लगानी पनि सेयरबजारमा बढ्न थालेको सम्बद्धहरू बताउँछन् ।

नयाँपत्रिका

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आज ४० अर्ब खिच्दै राष्ट्र बैंक
    बाढीले विद्युत् आयोजनाको पावर हाउस बगायो
    यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर,कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

    लोकप्रिय

    २०८२ साल असार २० गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

    २०८२ साल असार १९ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ असार २१ गतेदेखि २७ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल असार २२ गते आइतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

    २०८२ साल असार २३ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

    ताजा

    उत्तरी नाकाबाट सवारी आयात गर्ने प्रक्रिया पूर्ण रुपमा रोकियो : नाईमा

    ७० औं वार्षिकोत्सवका अवसरमा यामाहा नेपालले ल्यायो देशव्यापी एक्सचेन्ज अफर : यस्ता छन् आकर्षण

    त्रिवि उपकुलपतिमा डा. दीपक अर्याल नियुक्त

    रसुवा जिल्लामा आएको बाढी तथा पहिरोका कारण उत्पन्न भयावह परिस्थितिमा संयमित रहन नाडाको आग्रह

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • उत्तरी नाकाबाट सवारी आयात गर्ने प्रक्रिया पूर्ण रुपमा रोकियो : नाईमा
    • ७० औं वार्षिकोत्सवका अवसरमा यामाहा नेपालले ल्यायो देशव्यापी एक्सचेन्ज अफर : यस्ता छन् आकर्षण
    • त्रिवि उपकुलपतिमा डा. दीपक अर्याल नियुक्त
    • रसुवा जिल्लामा आएको बाढी तथा पहिरोका कारण उत्पन्न भयावह परिस्थितिमा संयमित रहन नाडाको आग्रह
    • आठ जटिल रोगका विरामीका लागि स्वास्थ्य विमा सुविधा दुई लाख

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.