• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        आइतबार, कार्तिक १०, २०८२
आइतबार, कार्तिक १०, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

नेप्से परिसूचकमा ५.१९ अंकको वृद्धि

नेपाल राष्ट्र बैंकले आज बजारबाट ९० अर्ब रुपैयाँ तान्ने

शनिबार छ हजार ३९३ जना भक्तजनले गरे पाथीभरा दर्शन

२०८२ साल कार्तिक ०९ गते आइतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

तीन वटा प्रसारण लाइन निर्माणका लागि सरकारको अनुमति

काठमाडौं महानगरपालिकाद्वारा ‘सिल्भर भोलिन्टियर कार्यक्रम’ सुरु

मिथिलामा औपचारिक रूपमा छठ सुरु, आज नहाय-खाए

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर,कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

२०८२ साल कार्तिक ०८ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

लोकप्रिय समाचार

  • १. २०८२ साल कार्तिक ०५ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. २०८२ साल कार्तिक ०८ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ३. २०८२ साल कार्तिक ०९ गते आइतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ४. २०८२ साल कार्तिक ०३ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ५. २०८२ साल कार्तिक ०४ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ६. भद्रपुर आन्तरिक राजस्व कार्यालयले तीन महिनामा ७५ करोड बढी राजस्व सङ्कलन

  • ७. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर,कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ८. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर,कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ९. २०८२ साल कार्तिक ०६ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • १०. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

नेपालकै ठूलो प्रर्दशनी नाइमा नेपाल मोबिलिटी एक्स्पोमा ३५वटा नयाँ सवारी साधनहरु लन्च हुँदै : उत्कृष्ट भिडियो बनाउनेलाई १ लाख

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चर्स एशोसिएशन (नाइमा) द्वारा आयोजना गर्न लागिएको “नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५”को पत्रकार सम्मेलन सोमबार सफलतापूर्वक सम्पन्न भएको छ। कर्यक्रमको सञ्चालन नाइमाका कार्यकारी दिर्नेशक राज कुमार दुलालले गरेका थिए भने अटो एक्सपो समितिका सदस्य गौरव सारडाले उद्धघाटन मन्तव्यमा एक्सपोको विशेषता, लक्ष्य तथा दृष्टिकोणबारे जानकारी दिँदै कार्यक्रममा उपस्थित सबैलाई धन्यबाद ज्ञापन गरे ।

कार्यक्रमका बारेमा बिस्तृत जानकारी दिँदै अटो एक्सपो समिति प्रमुख शिरिस कुमार मुरारकाले यसपटकको एक्सपो राजधानीको केन्द्रमा रहेको भृकुटीमण्डप प्रदर्शनी स्थलमा आयोजना हुँदै गरेको र त्यहाँको भौतिक पूर्बाधारमा गरिएको सुधार उल्लेखनिय रहेको बताए ।

उनले यसपालि नयाँ प्रविधि र मोडलहरु सार्बजनिक हुने तथा विद्युतीय सवारी साधनदेखि नवीनतम मोबिलिटी समाधानहरु प्रदर्शनीमा राखिने जानकारी दिए । प्रदर्शनीमा १५ वटा दुई पाङ्ग्रे, १५ वटा चार पाङ्ग्रे र ५ वटा कमर्सियल गाडीहरु सार्बजनिक हुने जानकारी गराइयो ।

मुख्य प्रायोजन संस्थाहरु–एभरेष्ट बैंक लिमिटेडका सहायक महाप्रबन्धक विष्णु प्रसाद ज्ञवाली र नेसनल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत नभनित गुप्ताले एक्सपोसँगको सहकार्यप्रति गर्व ब्यक्त गर्दै आगामी दिनमा पनि प्रविधिमैत्री र दिगो यातायात प्रणालीको विकासमा सँगै काम गर्ने प्रतिबद्धता जनाए ।

एभरेष्ट बैंक र नेसनल इन्स्योरेन्स प्रमुख प्रायोजक रहेको प्रदर्शनीमा टिकेटिङ पार्टनरको रुपमा खल्ती बाई आईएमई, वेभरेज पार्टनरमा माउण्टेन ड्यू, वृविङ्ग पार्टनरमा हिमालयन जाभा, राइड पार्टनरमा पठाओ, सर्वेलेन्स पार्टनरमा एचआईके भिजन, कनेक्टिभिटी पार्टनरमा वल्र्ड लिंक, हस्पिट्यालिटी पार्टनरमा सोल्टि होटल, मेडिकल पार्टनरमा फ्रन्टलाईन हिस्पटल, टेलिकम पार्टनरमा एनसेल र म्यानेजमेन्ट पार्टनरमा मिडिया स्पेस सोलुसन रहेका छन् ।

प्रदर्शनीका आगन्तुकहरुलाई प्रायोजक कम्पनीले समेत विशेष प्रावधानको व्यवस्था गरेका छन् । राइड पार्टनरमा पठाओले प्रर्दशनलाई लक्षित गरेर भृकुटीमण्डप गन्तव्य भएका राइडहरुमा ३० प्रतिशत सम्मको छुट दिनेछ भने मेडिकल पार्टनर फ्रन्टलाईन हस्पिटलले प्रदर्शनी स्थलमा चौबिसै घन्टा एम्वुलेन्स व्यवस्थापन सहित आकस्मिक तथा सामान्य चिकित्सा सेवा प्रदान गर्नेछ ।

प्रदर्शनीलाई लक्षित गरेर नाइमाले विशेष अनलाइन प्रतियोगिता पनि सार्बजनिक गरेको छ । सो प्रतियोगितामा २१ श्रावण सम्ममा नाइमा अटो एक्सपो सम्वन्धित भिडियो बनाएर सामाजिक सञ्जालमा अपलोड गर्ने एक उत्कृष्ट प्रतिस्पर्धीलाई एक लाख र श्रावण २१ देखि २५ सम्म अपलोड भएको १० उत्कृष्ट भिडियो प्रत्येकलाई १० हजार नगद पुस्कार प्रदान गरिने बताइएको छ ।

कार्यक्रमको समापन नाइमाका अक्ष्यक्ष रितु सिंह वैद्यले गरिन् । उनले मिडिया तथा साझेदारहरुलाई धन्यबाद दिँदै ‘नाइमा मोबिलिटी एक्सपो २०२५’ नेपालकै सबैभन्दा ठूलो र महत्वपूर्ण अटोमोबाइल प्रदर्शनी बन्नेमा विश्वास ब्यक्त गरिन् । यसका साथै, प्रदर्शनीको पाँचौ दिन विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरुको सहभागिता रहने प्यानल डिस्कसनको बारेमा पनि जानकारी दिइन्।

प्रदर्शनीको पहिलो दिन अनिल केशरी शाहले २ बजेदेखी ५ बजेसम्म “ मोबिलिटी हिजो, आज, र भोलि” विषयमा ज्ञानवर्धक सत्र सञ्चालन गर्ने छन् भने अरु दिनको सत्रहरुमा त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, शिक्षा मन्त्रालय, राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय र भारतको इन्ष्टिच्यूट अफ रोड ट्राफिक एजुकेशनजस्ता विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरुको दक्ष तथा विज्ञ व्यक्तित्वहरुको उपस्थिति रहने जनाइएको छ ।

“नाइमा मोबिलिटी एक्स्पो २०२५” श्रावण २१ देखी २५ गतेसम्म भृकुटीमण्डप काठमाडौंमा आयोजना हुँदैछ, जहाँ ५० भन्दा बढी ब्रान्डहरु सहभागी हुनेछन् । प्रदर्शनीको टिकट खल्ती बाई आईएमईमा उपलब्ध छ । नाइमा नेपाल मोबिलिटी एक्सपोमा बिक्री भएका टिकटहरुको पाँच प्रतिशत रकम शिक्षा मन्त्रालय र प्राबिधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्को सहकार्यमा विद्यार्थीहरुलाई मोबिलिटी क्षेत्रका विषयमा छात्रवृत्ति तथा फेलोशिपहरु प्रदान गर्ने बताइएको छ ।

  • NAIMA
  • नाइमा
  • नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
नेप्से परिसूचकमा ५.१९ अंकको वृद्धि
शनिबार छ हजार ३९३ जना भक्तजनले गरे पाथीभरा दर्शन
तीन वटा प्रसारण लाइन निर्माणका लागि सरकारको अनुमति

लोकप्रिय

२०८२ साल कार्तिक ०५ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

२०८२ साल कार्तिक ०८ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

२०८२ साल कार्तिक ०९ गते आइतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

२०८२ साल कार्तिक ०३ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

२०८२ साल कार्तिक ०४ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

ताजा

नेप्से परिसूचकमा ५.१९ अंकको वृद्धि

नेपाल राष्ट्र बैंकले आज बजारबाट ९० अर्ब रुपैयाँ तान्ने

शनिबार छ हजार ३९३ जना भक्तजनले गरे पाथीभरा दर्शन

२०८२ साल कार्तिक ०९ गते आइतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

https://www.youtube.com/watch?v=eB95KBqQfcM
https://www.youtube.com/watch?v=FliGDptWH6k

Recent Posts

  • नेप्से परिसूचकमा ५.१९ अंकको वृद्धि
  • नेपाल राष्ट्र बैंकले आज बजारबाट ९० अर्ब रुपैयाँ तान्ने
  • शनिबार छ हजार ३९३ जना भक्तजनले गरे पाथीभरा दर्शन
  • २०८२ साल कार्तिक ०९ गते आइतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल
  • तीन वटा प्रसारण लाइन निर्माणका लागि सरकारको अनुमति

हाम्रो टिम

भिडियो सम्पादक : सुमन तिवारी
संवाददाता : माधव  प्रसाद भट्टराई
संवाददाता : शिवु धिताल

क्यामरा : सुनिल सिहं
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2025 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.