• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१४ चैत २०८२, शनिबार
१४ चैत २०८२, शनिबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

यमाहा नेपालद्वारा ”नाउ आइ एम ७१.३३ केएमपिएल” अभियान सार्वजनिक
  • ७ घण्टा 

२०८२ चैत १६ गते सोमबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • ८ घण्टा 

फोर्ड नेपालले ल्यायो विशेष अफरः फोर्ड एसयूभी वा पिकअप किन्दा एउटा इभी गाडी सित्तैमा
  • ९ घण्टा 

लुम्बिनी ट्रक व्यवसायी सङ्घको १४औँ साधारण सभा सम्पन्न, भाडा समायोजन र नीतिगत सुधारको माग
  • १० घण्टा 

काठमाडौंमा‘जिरो वेस्ट एक्सिबिशन’ आयोजना हुँदै
  • ११ घण्टा 

प्रधानमन्त्रीदेखि सांसदसम्म दैनिक मापसे जाँच गर्न हर्क साम्पाङको माग
  • १६ घण्टा 

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • १६ घण्टा 

देशभर पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : कहाँ-कहाँ छ वर्षा र हिमपात ?
  • १६ घण्टा 

कालिन्चोक हाइड्रोपावरको आईपीओ चैत २२ देखि खुला, सर्वसाधारणलाई कति ?
  • १ दिन 

लोकप्रिय समाचार

  • १. २०८२ चैत १० गते मंगलबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • २. मंगलबार नेपाली बजारमा घट्यो सुनको मूल्य,चाँदिको मूल्य भने महँगियो

  • ३. २०८२ चैत १२ गते बिहीबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ४. विशेष अफरसहित साओमी १७ अल्ट्राको प्रि–अर्डर नेपालमा सुरु

  • ५. २०८२ चैत १३ गते शुक्रबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ६. ग्लोबल मनि विकमा नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान

  • ७. वाडा अटो शो २०२६ मा बीवाईडी गाडी किन्दा विशेष अफर सार्वजनिक

  • ८. नेपालमा भव्य रूपमा सार्वजनिक भयो अल–न्यू जेको जे ६ टि

  • ९. प्यासेन्जर कार सेगमेन्टमा टोटल इनर्जिजले नेपालमा भित्र्यायो पहिलो नयाँ लुब्रिकेन्ट प्रविधि

  • १०. पोखरामा आयोन र एक्सपेंग सहित सीजि मोटसको मेगा सेल्स एण्ड एक्सचेन्ज कार्भीनल क्याम्प आयोजना

यामाहा नेपालद्वारा ‘ब्लू राइज’ थीममा आयोजित भव्य वार्षिक डिलर मिट २०२५ सफलतापूर्वक सम्पन्न

जानकारी केन्द्र २०८२, श्रावण, १७

काठमाडौं । यामाहा नेपालले यहि साउन ८ र ९ गते (बिहीबार र शुक्रबार) ‘ब्लू राइज–वी राइज एज वान’ भन्ने मूल नाराका साथ आफ्नो बहुप्रतीक्षित वार्षिक डिलर मिट २०२५ भव्य रूपमा सम्पन्न गरेको छ । एकता, सहकार्य र सफलताको साझा यात्रालाई एकसाथ मनाउन आयोजित सो दुईदिने जमघटमा नेपालभरिबाट आएका ९० भन्दा बढी डिलरहरू, यामाहा टिमका सदस्यहरू र विशिष्ट अतिथिहरूले सहभागिता जनाएका थिए ।

पहिलो दिनको कार्यक्रम सेल्स र मोटिभेसनमा केन्द्रित रह्यो, जहाँ सौरभ लोहनीलेसेल्स एण्ड बिजनेस ट्रेनिंग सेसन सञ्चालन गरेका थिए । यस सेसनले सहभागीहरूलाई बदलिँदो बजारमा कसरी उत्कृष्ट प्रदर्शन गर्न सकिन्छ भन्ने व्यवहारिक रणनीतिहरू प्रस्तुत गर्नुका साथै विशेषगरी डिलरशिप व्यवस्थापनको पक्षलाई प्राथमिकताका साथ समेटेको थियो ।

दोस्रो दिनको कार्यक्रममा यामाहा ब्रान्डको सामूहिक शक्ति र एकता झल्काउने कुराहरू मुख्य हाइलाइटका रूपमा देखिएका थिए । कार्यक्रम एमएडब्लू राइड्सका सीइओ तथा कार्यकारी निर्देशक दीपक कुमार अग्रवालको सम्बोधनबाट सुरु भएको थियो, जहाँ उनले सम्पूर्ण डिलरहरूलाई उत्कृष्ट प्रदर्शनका लागि बधाई दिँदै कम्पनीका सबै विभागहरूले निर्धारित वार्षिक लक्ष्य पूरा गरेकोमा त्यसको प्रशंसा गरे ।

त्यसपश्चात् विभिन्न विभागले आर्थिक वर्ष ०८१/०८२ को समग्र गतिविधि र उपलब्धिहरूको समीक्षाएवम् आगामी वर्षको रणनीतिक योजना समेटेर आ–आफ्ना प्रस्तुतिहरू दिएका थिए । सोही अवसरमा एमटी–१५ भी२ को आइस स्टोर्म र एफजेड–एस भी३ को आइस फ्लुओ भर्मीलिओन नामक दुई नयाँ र आकर्षक कलर भेरियन्टहरूको पनि अनावरण गरिएको थियो, जसले आफ्नो बोल्ड र एस्थेटिक डिजाइनका कारण सहभागीहरूको ध्यान खिचेको थियो ।

एमएडब्लू सोलिडारिटी फन्ड अन्तर्गत एक भावुक प्रयासका रूपमा फन्ड समिति सदस्य तथा चितवनका डिलर प्रतिनिधि केजीएस ट्रेडिङ कन्सर्न, महेन्द्रनगरलाई एक सोलिडारिटी चेक प्रदान गरे । गत वर्षको बाढीका कारण केजीएसको वर्कशप र भौतिक संरचनामा भएको गम्भीर क्षतिको सन्दर्भमा गरिएको यस सहयोगले संकटका समयमा आफ्ना साझेदारहरूप्रति यामाहाको बलियो साथ र प्रतिबद्धतालाई पुनः पुष्टि गरेको छ ।

यस भेटघाट कार्यक्रमलाई नेपाल क्रिकेट संघका सचिव तथा बागमती प्रदेश क्रिकेट संघका अध्यक्ष पारस खड्काको प्रभावशाली मन्तव्यले थप ऊर्जावान् बनाएको कम्पनीले जनाएको छ । उनले आफ्ना नेतृत्वदायी यात्रा र टिमवर्क तथा लक्ष्यप्रति समर्पणका अनुभवहरू सेयर गर्दै सहभागीहरूलाई प्रेरित गरे ।

कार्यक्रममा आफ्नो भनाई राख्दै एमएडब्लू राइड्सका अध्यक्ष विष्णु कुमार अग्रवालले यामाहाको साझा दृष्टिकोण, एकतामा आधारित कम्युनिटी निर्माणको महत्त्वर आगामी आर्थिक वर्षभर आफ्ना डिलर नेटवर्कलाई सशक्त साथ दिने प्रतिबद्धता ब्यक्त गरे । कार्यक्रममा ए०, ए१, ए२ र ए३ श्रेणीका उत्कृष्ट डिलरहरूलाई सम्मान गरिएको थियो । साथै, ‘ड्रिम टार्गेट’ प्राप्त गर्नेहरू र विशिष्ट प्रदर्शन गर्ने सहभागीहरूलाई पनि विशेष पुरस्कार प्रदान गरिएको थियो ।

नेटवर्किङ, पुरस्कार र यामाहा परिवारभित्रको सम्बन्धलाई अझ बलियो बनाउने अवसर प्रदान गरेको सो दुईदिने उत्सव एक भव्य गाला डिनरसँगै समापन भएको थियो । कार्यक्रममा विशेष अतिथिका रूपमा यामाहा मोटर इण्डिया ग्रुपका चेयरम्यान इतारु ओटानी, वाईएमआईएसका उपाध्यक्ष महेन्द्र प्रताप र डीजीएम बिपिन सिंहको पनि उपस्थिति रहेको थियो ।

नयाँ आर्थिक वर्षमा प्रवेश गर्दै गर्दा, डिलर्स मिट २०२५ ले यामाहाका उपलब्धिहरूको उत्सवका साथ, यसको सामुहिक शक्ति र ब्रान्डको ‘ब्लू राइजः वी राइज एज वान’ भन्ने नाराप्रतिको प्रतिबद्धतालाई पुनः पुष्टि गर्न सफल भएको कम्पनीको दाबी रहेको छ ।

एमएडब्लू राइड्स अन्तर्गतको यामाहा नेपालले अत्याधुनिक प्रविधि, बलियो आफ्टर सेल्स सर्भिस र फैलिँदो डिलर नेटवर्क मार्फत नेपालमा दुईपांग्रे सवारीको क्षेत्रलाई निरन्तर नेतृत्व दिइरहेको बताएको छ। दैनिक उपयोगका लागि स्कुटरदेखि थ्रिल खोज्नेहरूका लागि मोटरसाइकलसम्म, यामाहाले नेपाली ग्राहकहरूलाई उत्कृष्ट भ्यालु र राइड अनुभवप्रदान गरिरहेको जनाएको छ।

  • YAMAHA
  • यामाहा
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यमाहा नेपालद्वारा ”नाउ आइ एम ७१.३३ केएमपिएल” अभियान सार्वजनिक
फोर्ड नेपालले ल्यायो विशेष अफरः फोर्ड एसयूभी वा पिकअप किन्दा एउटा इभी गाडी सित्तैमा
लुम्बिनी ट्रक व्यवसायी सङ्घको १४औँ साधारण सभा सम्पन्न, भाडा समायोजन र नीतिगत सुधारको माग

ताजा

यमाहा नेपालद्वारा ”नाउ आइ एम ७१.३३ केएमपिएल” अभियान सार्वजनिक

२०८२ चैत १६ गते सोमबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

फोर्ड नेपालले ल्यायो विशेष अफरः फोर्ड एसयूभी वा पिकअप किन्दा एउटा इभी गाडी सित्तैमा

लुम्बिनी ट्रक व्यवसायी सङ्घको १४औँ साधारण सभा सम्पन्न, भाडा समायोजन र नीतिगत सुधारको माग

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.