मेगा मनसुन सर्भिस क्याम्प आजदेखि सुरु
काठमाडौं । फोटोन नेपालले देशभरका सबै आधिकारिक सर्भिस सेन्टरहरूमा आफ्नो बृहत् मेगा मनसुन सर्भिस क्याम्प औपचारिक रूपमा सुरु गरेको बताएको छ।
कम्पनीका अनुसार यस पहलको उद्देश्य फोटोन सवारी धनीहरूलाई वर्षायामका चुनौतीपूर्ण परिस्थितिका लागि सवारीलाई तयारी अवस्थामा राख्न सहयोग गर्नुका साथै सुरक्षा र उत्कृष्ट प्रदर्शन सुनिश्चित गर्नु हो।
यो विस्तृत सर्भिस कार्यक्रमले पिकअप ट्रक, इलेक्ट्रिक भ्यान, मिनी ट्रकदेखि लिएर हेभी कमर्सियल गाडीसम्मका सबै फोटोन सवारी साधनलाई समेट्ने जनाइएको छ। सहभागीहरूले क्याम्प अवधिभर स्पेयर पार्ट्स, सर्भिस चार्ज र लुब्रिकेन्टमा १५ प्रतिशतसम्म छुटको फाइदा लिन सक्नेछन्।
प्याकेजमा निःशुल्क सवारी वाश र ग्रीजिङ सेवा समेत समावेश छ, जुन वर्षायामको हिलो सडकमा विशेष लाभदायक हुनेछ। साथै, ग्राहकहरूका लागि निःशुल्क आँखाको स्वास्थ्य परीक्षण पनि उपलब्ध हुनेछ, जसले सवारीसाधन मात्र होइन, चालकको सम्पूर्ण स्वास्थ्यप्रति पनि फोटोनको प्रतिबद्धतालाई मजबुत बनाउँछ।
फोटोन टोटल केयरका दक्ष प्राविधिकहरूले प्रत्येक सर्भिस स्टेसनमा निःशुल्क विस्तृत सवारी परीक्षण गर्नेछन्। यी जाँचहरूले पावरट्रेन, इलेक्ट्रिकल कम्पोनेन्ट, चेसिस र संरचनात्मक भागसहितका सबै महत्वपूर्ण प्रणालीलाई समेट्नेछन्, जसले सवारीलाई पूर्ण रूपमा तयार अवस्थामा राख्छ।
यो सर्भिस क्याम्पको समय वर्षायाममा व्यावसायिक तथा व्यक्तिगत दुवै प्रकारका सवारीहरूमा ज्यादा आइपर्ने समस्यालाई ध्यानमा राखेर तय गरिएको बताइएको छ। यसमा सहभागी भएर गाडी धनीहरूले सवारीको भरपर्दो सञ्चालन कायम राख्न र प्रतिकुल मौसममा आइपर्ने आकस्मिक मेकानिकल खराबीहरूबाट बच्न सक्नेछन्।
यो अभियान गुणस्तरीय सर्भिस, अथेन्टिक पार्ट्स र दक्ष प्राविधिकहरू मार्फत व्यापक आफ्टर सेल्स सर्भिस र ग्राहक सेवाप्रति फोटोनले दर्शाएको प्रतिबद्धताको उदाहरण रहेको कम्पनीको दाबी छ।
मेगा मनसुन सर्भिस क्याम्प दुई महिनासम्म नेपालभरका आधिकारिक सर्भिस नेटवर्कमा सञ्चालन हुनेछ। फोटोनले सबै सवारी धनीलाई यस विशेष अवसरको उपयोग गर्न प्रोत्साहित गर्दछ।
जानकारी र बुकिङका लागि ग्राहकहरूले फोटोन टोटल केयर टोलीलाई ९८०२३६७५०१ वा ९८५१४१७१२२ मा सम्पर्क गर्न आवहान गरेको छ ।
एमएडब्लू वृद्धि कमर्शियलबारे
एमएडब्लू वृद्धि कमर्शियल नेपालमा फोटोनको आधिकारिक वितरक हो, जुन विश्वमा लोकप्रिय व्यावसायिक सवारी, प्यासेन्जर सवारी र न्यू इनर्जी सोलुसन्समा विशेषज्ञता राख्ने अटोमोबाइल ब्रान्ड रहेको बताइएको छ।
कम्पनीका अनुसार गुणस्तर, दिगोपन र इनोभेसनमा समर्पित एमएडब्लू वृद्धि कमर्शियलले प्रोफेसनल आफ्टर सेल्स सर्भिस र देशभर फैलिएको बलियो नेटवर्कमार्फत नेपालमा फोटोनका विश्वस्तरीय उत्पादनहरू प्रस्तुत गरेको छ।
व्यवसायिक गतिविधिलाई गतिशील बनाउन अग्रणी भूमिका खेलिरहेको यस कम्पनीले नेपालको अटोमोबाइल क्षेत्रमा नयाँ मापदण्डहरू कायम गरिरहेको जनाइएको छ।
सम्बन्धित समाचार
यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक
ओमोडा जेइकू एनपीएल सिजन ३ को “पावर्ड बाइ” प्रायोजकमा आबद्ध
हाम्स ग्रुपद्वारा नेपालमा विश्वप्रसिद्ध क्यूजे मोटरका मोटरसाइकल तथा स्कुटरहरू सार्वजनिक
नयाँ प्रविधि र दमदार पावरसहित नेपालमा आयो भेस्पा १५० एफआई ओबीडी २ स्टेज बी
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
भक्तपुरमा बीवाईडीको नयाँ सर्भिस सेन्टर सञ्चालनमा, डल्लुमा पनि सेवा विस्तारका लागि निर्माण सुरु
ट्रेन्डिङ
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
