सिएफमोटो २५० एनके अव ४ लाख ९० हजारमै, नाइमा एक्सपोमा बुकिङ गर्नेलाई ३०० एनकेमा पनि विशेष छुट
काठमाडौं । सिएफमोटोले नाइमा मोबिलिटी एक्सपोलाई लक्षित गरी आफ्ना दुई मोटरसाइकलमा विशेष छुट योजना ल्याएको छ ।
काठमाडौंको भृकुटीमण्डमा जारी नाइमा मोबिलिटी एक्सपोमा २५० एनके बुकिङ गर्नेलाई ६० हजार र ३०० एनकेमा ५० हजार नगद छुट दिने भएको हो । नाइमा एक्सपोको अवधीभर ५ लाख ५० हजार रुपैयाँ पर्ने २५० एनकलेलाई ४ लाख ९० हजार र ७ लाख ५ हजार रुपैयाँ पर्ने ३०० एनकेलाई ६ लाख ५५ हजारमै बिक्री गर्ने आधिकारिक बिक्रेता ऋषि ट्रेड सेन्टरको भनाई छ ।
भोलिसम्म सञ्चालन हुने एक्सपोमा आएर मोटरसाइकल खरिद वा बुकिङ गर्न कम्पनीले राइडरमाझ आह्वान गरेको छ । एक्सपोपछि भने पहिलेकै मूल्य लागु हुनेछ ।

एक्सपोमा कम्पनीले नेकेड स्पोर्टस डिजाइनको ३०० एनके सहित स्पोर्ट्स मोडल ४५० एसआर लन्च गरेको थियो । जसमा, ४५० एसआरको मूल्य भने १३ लाख ५० हजार निर्धारण गरिएको छ ।
बिक्री भन्दा पनि बिक्री पछिको सेवामा आफ्नो ध्यान केन्द्रित गरिरहेकको यस कम्पनीले सर्भिस र स्पेयर पार्ट्सको उपलब्धतामा पनि उत्तिकै बढि जोड दिँदै आएको बताइएको छ । काठमाडौं उपत्यकासहित देशका विभिन्न शहरमा कार्यरत मेकानिक्सलाई विशेष तालिम दिएर दक्ष बनाउने अभियानमा समेत कम्पनी उत्तिकै सक्रिय भएर लागि परेको जनाइएको छ ।
विश्व बजारमै प्रिमियम मोटरसाकलको पहिचान बनाएको सिएफ मोटोले स्पोर्ट्स, एड्भेन्चर र न्याकेड सेग्मेन्टका मोटरसाइकल उपलब्ध गराएको बताएको छ । जसमा, २५० एनके, ३०० एनके, ४५० एनके, ४५० एसआरएस, ४५० एमटी, ६७५ एनके, ६७५ एसआरएस र ८०० एमटी जस्ता मोडल पर्छन् ।
सम्बन्धित समाचार
विश्वसनीयतामा चेरीको लगातार दोस्रो जित, चिनियाँ अटो ब्रान्डमा पहिलो नम्बर
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
कोरला नाकाबाट नेपाल भित्रिँदै लिपमोटर बी१०, डेलिभरीको तयारी तीव्र
ट्रेन्डिङ
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग
कर्णाली प्रदेश अस्पतालमा भदौ २२ र २३ गते पनि सेवा सञ्चालन हुने
२०८३ भदौ २३ गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

