नाडा अटो शो २०२५ को उद्घाटन प्रधानमन्त्रीले गर्ने, व्यवसायीहरु उत्साहित
काठमाडौं । आगामी भाद्र ३ गतेदेखि सुरु हुने १७औं नाडा अटो शो २०२५ को उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने भएका छन्। नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधिमण्डलले प्रधानमन्त्रीलाई भेट गरी उक्त अनुरोध गरेको थियो, जसलाई प्रधानमन्त्रीले सहर्ष स्वीकार गरेका हुन्।
नाडा अटो शो, जुन यस वर्ष भाद्र ३ गतेदेखि ८ गतेसम्म भृकुटीमण्डपमा आयोजना हुँदैछ, नाडाको ५०औं वार्षिकोत्सवको अवसरमा हुँदैछ। यस वर्षको प्रदर्शनीमा १२५ भन्दा बढी प्रदर्शकको सहभागिता, ३० भन्दा बढी सवारी साधनका ब्रान्डहरू, विद्युतीय, हाइब्रिड र स्मार्ट मोबिलिटीका समाधानहरू र भिन्टेज मोटर शो रहेका छन् ।
पहिलोपटक नेपालमा प्रदर्शन हुँदै गरेका UNITREE रोबोट्स् र Deepal eVTOL UAV जस्ता आकर्षक र भविष्य उन्मुख प्रविधिहरू प्रदर्शनीको केन्द्रविन्दु हुने नाडाले जानकारी दिएको छ ।
प्रधानमन्त्रीले अटो शोको उद्घाटन गर्न स्वीकार गरेपछि अटोमोबाइल व्यवसायीहरू उत्साहित भएका छन्। भेटमा नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठ, महासचिव सुरेन्द्रकुमार उप्रेती, सचिव विक्रम सिंघानिया, कोषाध्यक्ष मिलनबाबु मल्ल, सहकोषाध्यक्ष पंकज अग्रवाल र केन्द्रीय कार्य समिति सदस्य मेघराज पौडेलको पनि उपस्थिति रहेको थियो।

सम्बन्धित समाचार
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते हुने, गोल्छा ग्रुपसँग सम्झौता नवीकरण
इ.मास ५ सार्वजनिकसँगै देशभर चार नयाँ सोरुम तथा सर्भिस सेन्टर विस्तार
सीजी मोटर्सद्धारा पोखरामा नयाँ मल्टि–ब्राण्ड आउटलेट सञ्चालनमा
नेपालमा प्रोटोन इ.मास ५ सार्वजनिक, सुरुवाती मूल्य रू. २९.९९ लाख
लक्ष्मी कमर्सियल भेहिकल्सद्वारा सुर्खेतमा ग्राहक भेटघाट सम्पन्न, नयाँ स्कुल बस ‘हिरोई’ सार्बजनिक
घट्यो बजाजको ईएमआईः अब मासिक किस्ता–मूल्य झनै कम
ट्रेन्डिङ
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘ बेस्ट कमर्सियल बैंक,(नेपाल)’ सम्मान
२०८३ साउन ९ गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
अफ्रिकन वुमेन्स फुटबल भोलिदेखि, १६ राष्ट्र सहभागी हुदैँ
रणवीर सिंहको ‘प्रलय’ मा प्रियदर्शनकी छोरी कल्याणी मुख्य अभिनेत्री
आज हरिशयनी एकादशी : चतुर्मासा व्रत सुरु, बिष्णु र लक्ष्मीको आराधनाले मिल्नेछ शान्ति