एउटा खतरानाक समुन्द्री मार्ग, जसले १० बर्षमा निल्यो २५ हजार बढी आप्रावासी
काठमाडौं। विश्वको सबैभन्दा खतरनाक समुद्री मार्ग मानिने ल्याम्पेडुसा अन्तर्राष्ट्रिय जलक्षेत्रमा फेरी डुङ्गा पल्टिएको छ ।
यस दुर्घटनामा २० जनाको मृत्यु भएको छ भने १२ जनाभन्दा बढी अझै बेपत्ता छन् । यो डुङ्गामा समुद्री मार्गबाट इटाली पुग्न खोजिरहेका आप्रवासी बोकेका थिए।
डुङ्गामा सवार अन्य ६० जनालाई लाम्पेडुसा केन्द्रमा लगिएको छ । संयुक्त राष्ट्र शरणार्थी एजेन्सी (युएनएचसीआर) र स्थानीय अधिकारीहरूका अनुसार यो डुङ्गा लिबियाबाट गएको थियो। त्यतिबेला करिब एक सय जना थिए । दुर्घटनापछि २० जनाको शव निकालिएको छ भने १२ जनाको खोजी कार्य जारी छ ।
लाम्पेडुसाका मेयर फिलिपो मान्निनोले दुर्घटना बिहानै भएको हुनसक्ने बताए । युएनएचसीआरका अनुसार यस वर्ष अहिलेसम्म मध्य भूमध्यसागरीय मार्ग हुँदै इटाली पुग्ने प्रयासमा ६ सय ७५ आप्रवासीको मृत्यु भएको छ, जसमा पछिल्लो घटना समावेश छैन।
मेयरले सामाजिक सञ्जाल प्लेटफर्ममा लेखेका छन्, ‘लाम्पेडुसाको तटमा अर्को डुङ्गा दुर्घटनाबाट गहिरो पीडा छ, जहाँ युएनएचसीआर ले हाल बाँचेकाहरूलाई सहयोग गरिरहेको छ। ’ युएनएचसीआरको तथ्यांक अनुसार सन् २०२५ को पहिलो ६ महिनामा ३० हजार ६० शरणार्थी र आप्रवासीहरू समुद्री मार्गबाट इटाली पुगेका थिए, जुन गत वर्षको सोही अवधिको तुलनामा १६ प्रतिशतले बढेको थियो।
इन्टरनेशनल अर्गनाइजेसन फर माइग्रेसन (आईओएम) ले उत्तर अफ्रिकादेखि दक्षिणी युरोपसम्मको यो अनियमित समुद्री मार्ग विश्वकै सबैभन्दा खतरनाक रुटमध्ये एक भएको जनाएको छ । विगत १० वर्षमा भूमध्यसागर पार गर्ने क्रममा करिब २४ हजार ५०० व्यक्तिको मृत्यु भएको वा बेपत्ता भएका छन् ।
अक्टोबर ३, २०१३ मा इरिट्रिया, सोमालिया र घानाका ५०० भन्दा बढी आप्रवासी बोकेको डुङ्गा आगो लागेर पल्टिँदा यो घातक दुर्घटना भएको थियो। यस दुर्घटनामा कम्तिमा ३६८ जनाको मृत्यु भएपछि यस संकटसँग जुध्न अन्तर्राष्ट्रिय स्तरमा पहल गर्नुपर्ने माग चर्किएको छ ।
सम्बन्धित समाचार
नागढुंगा सिस्नेखोला सुरुङमार्ग निजी सवारीसाधनका लागि पनि खुल्ला
डिओमान्डे बने इतिहासकै सबैभन्दा महँगा अफ्रिकी फुटबल खेलाडी
विश्वकप फाइनलमा विवादमा परेका अजेन्टिनाका ३ खेलाडीलाई पिफाको कारबाही
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
साँझमा बत्तीमा कीरा झुम्मिने समस्या छ ? यस्तो उपाय अपनाउनुहोस्
यी पाँच गल्तीका कारण फाटछ दूध, अब यसरी जोगाउनु होस्
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा

