पायोनियर मोटोकर्पद्वारा ‘जिकर फेस्टिभ थ्रिल’ अभियान सुरु
काठमाडौँ । नेपालका लागि जिकरको आधिकारिक वितरक पायोनियर मोटोकर्पले विशेष चाडपर्वको अवसरमा ‘जिकर फेस्टिभ थ्रिल’ अभियान सार्वजनिक गरेको छ । यो अभियान जिकर एक्सका लागि लागू हुने कम्पनीले जनाएको छ ।
दशैं, तिहार र छठको चाडपर्वलाई लक्षित गर्दै जिकर एक्समा विशेष अफर सार्वजनिक गरिएको छ। यो चाडपर्व अफर अन्तर्गत अब ग्राहकहरूले रु. ८४.९९ लाख मूल्य रहेको जिकर एक्स गाडी मात्र रु. ६९.९९ लाखमा खरिद गर्न सक्नेछन्।
यस अफरसँगै ग्राहकहरूले ८ वर्ष वा १,६०,००० किलोमिटरको वारेन्टी, १ वर्षको अटो प्लस इन्स्योरेन्स, १ वर्षको सडक कर, र ७ किलोवाट वाल चार्जर समावेश रहेको थप सुविधाहरू पनि प्राप्त गर्नेछन्।
जिकर एक्समा २०० किलोवाट मोटर पावर, लेभल २ एडीएएस प्रणाली, १९१ मिलिमिटर ग्राउन्ड क्लियरेन्स, ७ वटा एयरब्याग छन्, र यो गाडीले Euro NCAP, China NCAP र Global NCAP मा ५-स्टार सेफ्टी रेटिङ पाएको बताइएको छ।
यस चाडपर्व अवधिमा जिकर एक्सलाई सजिलो वित्तीय सुविधा र विशेष छुटसहित उपलब्ध हुनेछ । यी सुविधाहरूमा सर्त तथा नियमहरू लागू हुनेछन् ।
पायोनियर मोटोकर्प र निसानबारे
पायोनियर मोटोकर्प प्रा.लि. नेपालका लागि जिकरको आधिकारिक वितरक हो । कम्पनीले नेपालमा जिकर गाडीका बिक्री, सेवा, स्पेयर पार्ट्स तथा अन्य सुविधाहरू उपलब्ध गराउँदै आएको जनाएको छ ।
सम्बन्धित समाचार
यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक
ओमोडा जेइकू एनपीएल सिजन ३ को “पावर्ड बाइ” प्रायोजकमा आबद्ध
हाम्स ग्रुपद्वारा नेपालमा विश्वप्रसिद्ध क्यूजे मोटरका मोटरसाइकल तथा स्कुटरहरू सार्वजनिक
नयाँ प्रविधि र दमदार पावरसहित नेपालमा आयो भेस्पा १५० एफआई ओबीडी २ स्टेज बी
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
भक्तपुरमा बीवाईडीको नयाँ सर्भिस सेन्टर सञ्चालनमा, डल्लुमा पनि सेवा विस्तारका लागि निर्माण सुरु
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
