डेल्टा अटोकर्पको आकर्षक फेस्टिभ अफर : “डबल या तेब्बर बबाल!”
काठमाडौं । नेपालका लागि भेस्पा – एप्रिलिया स्कुटरका आधिकारिक वितरक डेल्टा अटोकर्प प्रा. लि. ले यस वर्ष पनि दशैं, तिहार तथा छठ पर्वको अवसरमा “डबल या तेब्बर बबाल” फेस्टिभ अफर सार्वजनिक गरेको छ ।
नेपालीहरूको महान पर्वलाई अझ रोचक र उत्साहपूर्ण बनाउन ल्याइएको यो अफर अन्तर्गत, भेस्पा वा एप्रिलिया स्कुटर खरिद गर्ने हरेक ग्राहकले आकर्षक स्क्र्याच कार्ड प्राप्त गर्नेछन् । कार्डमा दिइएको QR कोड स्क्यान गरी स्क्र्याच मार्फत प्राप्त रकमलाई दोब्बर वा तेब्बर सम्म बढाउन सकिनेछ ।
यस अफर अन्तर्गत, हरेक हप्ताको लक्की ड्र मार्फत ग्राहकहरूले ४ रात ५ दिनको रोमाञ्चक थाइल्याण्ड भ्रमण जित्ने अवसर पाउनेछन्। त्यति मात्र नभई, अफरको बम्पर पुरस्कार स्वरूप एक भाग्यशाली ग्राहकले रु १० लाख नगद जित्ने विशेष अवसर पनि प्राप्त गर्नेछन् ।
त्यसैगरी, जुनसुकै कम्पनीको पुरानो मोटरसाइकल वा स्कुटर एक्सचेन्ज गर्दा न्यूनतम रु. ४०,००० मूल्याङ्कन प्राप्त गर्न सकिनेछ । साथै, स्क्र्याच कार्डमार्फत बजार मूल्याङ्कनभन्दा थप रु. १,५०,००० सम्म पाउन सकिनेछ । फाइनान्स सुविधाहरू पनि उत्तिकै आकर्षक छन् । ४.९९% मात्र ब्याजदरमा EMI सुविधा, शून्य सेवा शुल्कसहित उपलब्ध छ । यो अफर नेपालभरका सबै आधिकारिक भेस्पा – एप्रिलिया शोरूमहरूमा उपलब्ध हुनेछ ।
योजनाबारे बोल्दै डेल्टा अटोकर्प प्रा. लि.का प्रमुख कार्यकारी अधिकृत विजय महतोले भने, “डेल्टा अटोकर्प सधैं आफ्ना ग्राहकहरूका लागि आकर्षक र फाइदाजनक योजना ल्याउन प्रतिबद्ध छ । यस वर्ष दशैं, तिहार र छठ पर्वको उल्लासलाई अझ रोचक बनाउन हामीले ‘डबल या ट्रिपल बबाल’ अफर सार्वजनिक गरेका छौं । हामी विश्वास गर्छौं, यो अफरले ग्राहकहरूको उत्सवलाई थप विशेष बनाउनेछ र उनीहरूले यस योजनाबाट भरपुर लाभ लिन सक्नेछन् ।”
सम्बन्धित समाचार
यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक
ओमोडा जेइकू एनपीएल सिजन ३ को “पावर्ड बाइ” प्रायोजकमा आबद्ध
हाम्स ग्रुपद्वारा नेपालमा विश्वप्रसिद्ध क्यूजे मोटरका मोटरसाइकल तथा स्कुटरहरू सार्वजनिक
नयाँ प्रविधि र दमदार पावरसहित नेपालमा आयो भेस्पा १५० एफआई ओबीडी २ स्टेज बी
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
भक्तपुरमा बीवाईडीको नयाँ सर्भिस सेन्टर सञ्चालनमा, डल्लुमा पनि सेवा विस्तारका लागि निर्माण सुरु
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
