जय नेपालमा भव्य उद्घाटन समारोहसहित यामाहा ब्लु फेस्ट औपचारिक रूपमा सुरु
काठमाडौं । नेपालको सबैभन्दा ठूलो दुई-पाङ्ग्रे एक्सचेन्ज महोत्सव, “यामाहा ब्लु फेस्ट”, आज हत्तिसारस्थित जय नेपाल सिनेमा हलमा भव्य उद्घाटन समारोहका साथ सुरु भएको बताइएको छ।
कम्पनीका अनुसार, उत्कृष्ट अफर, रोमाञ्चक अनुभवहरू, र यामाहा कम्पनीको शैली र प्रदर्शनको पहिचानसँगै, यस पर्वले सहरभरिका बाइक र स्कुटर प्रेमीहरूको उत्साह दोब्बर बनाउने वाचा गरेको छ।
भदौ २२ देखि भदौ २७ सम्म सञ्चालन हुने यामाहा ब्लु फेस्टमा बाइक र स्कुटरप्रेमीहरूले आफ्नो पुरानो सवारी साधनलाई नयाँ यामाहामा अपग्रेड गर्ने उत्कृष्ट अवसर पाउनेछन्।
अविश्वसनीय एक्सचेन्ज र फाइनान्स अफरहरू:
• कुनै पनि ब्राण्ड, कुनै पनि बाइक एक्सचेन्ज गर्नुहोस्
• कुनै पनि यामाहा बाइक वा स्कुटरमा न्यूनतम रु. ५०,००० मूल्याङ्कन
• अन्य ब्राण्डमा न्यूनतम रु. २५,००० मूल्याङ्कन (कर म्याद पुरा गर्नुपर्ने)
• एक्सचेन्जमा अतिरिक्त रु. १०,००० बोनस
• ७.९९% ब्याजदरमा फाइनान्स, ग्यारेन्टर आवश्यक छैन
• नगद छुट रु. १०,००,००० सम्म
अन्य थप आकर्षणहरू:
• हरेक यामाहा खरिदमा निःशुल्क हेल्मेट
• भाग्यशाली विजेताहरूका लागि “राइड द ब्लु विथ रोडिज” अनुभव
यामाहाले आफ्नो प्रिमियम लाइनअप प्रदर्शन गर्दैछ, जसमा R15 V4, MT-15 V2, FZ V3 Deluxe, RayZR 125 FI Hybrid, Aerox 155 लगायतका मोडेलहरू समावेश छन्। ग्राहकहरूले यामाहाको शक्ति, शैली, र प्रदर्शनको पूर्ण अनुभव गर्ने अवसर पाउनेछन्।
यस अवसरमा बोल्दै, दीपक अग्रवाल, ED र CEO, यामाहा नेपालले भने: “यामाहामा हामी सधैं यस्तो अनुभव सिर्जना गर्न विश्वास गर्छौं जुन केवल यात्रा मात्र नभई भावना, शैली र प्रदर्शनको अनुभव पनि हो। यो पहल हाम्रो मूल्यवान ग्राहकप्रति धन्यवाद प्रकट गर्ने र अझ धेरै राइडरहरूलाई यामाहा परिवारमा स्वागत गर्ने हाम्रो पहल हो।”
यामाहाको ७० वर्षको नवप्रवर्तन र उत्कृष्टताको परम्परामा आयोजित, जय नेपालमा ब्लु फेस्ट केवल एक्सचेन्ज मात्र होइन, यो राइडिंग संस्कृतिको र यामाहा आत्माको पर्व रहेको बताइएको छ । कम्पनीका अनुसार, अविश्वसनीय योजनाहरूदेखि लिएर रमाइलो गतिविधिहरू सम्म, यामाहा नेपाल सबै दुई-पाङ्ग्रे प्रेमीहरूलाई यस रोमाञ्चक पर्वमा सहभागी हुन आमन्त्रित गर्दछ।

सम्बन्धित समाचार
यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक
ओमोडा जेइकू एनपीएल सिजन ३ को “पावर्ड बाइ” प्रायोजकमा आबद्ध
हाम्स ग्रुपद्वारा नेपालमा विश्वप्रसिद्ध क्यूजे मोटरका मोटरसाइकल तथा स्कुटरहरू सार्वजनिक
नयाँ प्रविधि र दमदार पावरसहित नेपालमा आयो भेस्पा १५० एफआई ओबीडी २ स्टेज बी
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
भक्तपुरमा बीवाईडीको नयाँ सर्भिस सेन्टर सञ्चालनमा, डल्लुमा पनि सेवा विस्तारका लागि निर्माण सुरु
ट्रेन्डिङ
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
