देशको वर्तमान अवस्थाका सम्बन्धमा नाडाको धारणा
काठमाडौं । हालै देशभर भएको आन्दोलन र प्रदर्शनले मुलुकको अर्थतन्त्रदेखि उद्योग–व्यापारसम्म गहिरो असर पारेको भन्दै नाडा अटोमोबाइल्स एसाेसिएसन अफ नेपालले दुःख प्रकट गरेको छ । नाडाले विज्ञप्ति जारी गर्दै जीवन गुमाउनुपरेका प्रति श्रद्धाञ्जली अर्पण गरेको छ भने शोकसन्तप्त परिवारप्रति समवेदना र घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।
नाडाले नेपालको अटोमोबाइल क्षेत्र देशको उद्योग, व्यापार र रोजगारीको महत्वपूर्ण आधारशिला रहेको उल्लेख गर्दै हालका घटनाक्रमले यस क्षेत्रमा प्रत्यक्ष असर पारेको जनाएको छ । कर्मचारी, ग्राहक र सम्पूर्ण संरचनाको सुरक्षाप्रति चिन्ता बढेको र उपभोक्ता विश्वासमा नकारात्मक असर परेको नाडाको भनाइ छ । यसले दीर्घकालीन रूपमा लगानी र रोजगारीमा चुनौती थपिएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।
“शान्तिपूर्ण संवाद र सहमतिको बाटोबाट मात्रै जटिल समस्याको समाधान सम्भव छ,” नाडाले भनेको छ, “सम्पूर्ण व्यावसायिक समुदायको सुरक्षालाई सर्वोच्च प्राथमिकतामा राख्न र अटोमोबाइल क्षेत्रलाई सामान्य अवस्थामा फर्काउन सरकारले आवश्यक सहयोग र सहजीकरण गरोस् भन्ने हाम्रो आग्रह छ ।”
नाडाले आफ्नो सदस्य कम्पनीहरूको हित, उपभोक्ताको विश्वास, र देशको समग्र अटोमोबाइल उद्योगलाई सुरक्षित राख्न निरन्तर खटिने प्रतिवद्धता पनि व्यक्त गरेको छ । एकताबद्ध प्रयास, जिम्मेवार नेतृत्व र सकारात्मक संवादमार्फत मुलुक छिट्टै स्थायित्वतर्फ अघि बढ्ने विश्वास समेत रहेको नाडाले बताएको छ ।
त्यसैगरी, नेपालले इतिहासमै पहिलो पटक महिला प्रधानमन्त्री पाएको प्रसंग उल्लेख गर्दै नाडाले छिट्टै मन्त्रिपरिषद गठन हुने र आगामी ६ महिनाभित्र आम निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी नयाँ सरकारले निर्वाह गर्ने अपेक्षा राखेको जनाइएको छ । आम नेपाली जनताको भावना र मर्मलाई आत्मसात गर्दै नयाँ सरकार सफल होस् भन्ने शुभकामना पनि नाडाले व्यक्त गरेको छ ।
सम्बन्धित समाचार
यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक
ओमोडा जेइकू एनपीएल सिजन ३ को “पावर्ड बाइ” प्रायोजकमा आबद्ध
हाम्स ग्रुपद्वारा नेपालमा विश्वप्रसिद्ध क्यूजे मोटरका मोटरसाइकल तथा स्कुटरहरू सार्वजनिक
नयाँ प्रविधि र दमदार पावरसहित नेपालमा आयो भेस्पा १५० एफआई ओबीडी २ स्टेज बी
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
भक्तपुरमा बीवाईडीको नयाँ सर्भिस सेन्टर सञ्चालनमा, डल्लुमा पनि सेवा विस्तारका लागि निर्माण सुरु
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
