देशको वर्तमान अवस्थाका सम्बन्धमा नाडाको धारणा
काठमाडौं । हालै देशभर भएको आन्दोलन र प्रदर्शनले मुलुकको अर्थतन्त्रदेखि उद्योग–व्यापारसम्म गहिरो असर पारेको भन्दै नाडा अटोमोबाइल्स एसाेसिएसन अफ नेपालले दुःख प्रकट गरेको छ । नाडाले विज्ञप्ति जारी गर्दै जीवन गुमाउनुपरेका प्रति श्रद्धाञ्जली अर्पण गरेको छ भने शोकसन्तप्त परिवारप्रति समवेदना र घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।
नाडाले नेपालको अटोमोबाइल क्षेत्र देशको उद्योग, व्यापार र रोजगारीको महत्वपूर्ण आधारशिला रहेको उल्लेख गर्दै हालका घटनाक्रमले यस क्षेत्रमा प्रत्यक्ष असर पारेको जनाएको छ । कर्मचारी, ग्राहक र सम्पूर्ण संरचनाको सुरक्षाप्रति चिन्ता बढेको र उपभोक्ता विश्वासमा नकारात्मक असर परेको नाडाको भनाइ छ । यसले दीर्घकालीन रूपमा लगानी र रोजगारीमा चुनौती थपिएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।
“शान्तिपूर्ण संवाद र सहमतिको बाटोबाट मात्रै जटिल समस्याको समाधान सम्भव छ,” नाडाले भनेको छ, “सम्पूर्ण व्यावसायिक समुदायको सुरक्षालाई सर्वोच्च प्राथमिकतामा राख्न र अटोमोबाइल क्षेत्रलाई सामान्य अवस्थामा फर्काउन सरकारले आवश्यक सहयोग र सहजीकरण गरोस् भन्ने हाम्रो आग्रह छ ।”
नाडाले आफ्नो सदस्य कम्पनीहरूको हित, उपभोक्ताको विश्वास, र देशको समग्र अटोमोबाइल उद्योगलाई सुरक्षित राख्न निरन्तर खटिने प्रतिवद्धता पनि व्यक्त गरेको छ । एकताबद्ध प्रयास, जिम्मेवार नेतृत्व र सकारात्मक संवादमार्फत मुलुक छिट्टै स्थायित्वतर्फ अघि बढ्ने विश्वास समेत रहेको नाडाले बताएको छ ।
त्यसैगरी, नेपालले इतिहासमै पहिलो पटक महिला प्रधानमन्त्री पाएको प्रसंग उल्लेख गर्दै नाडाले छिट्टै मन्त्रिपरिषद गठन हुने र आगामी ६ महिनाभित्र आम निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी नयाँ सरकारले निर्वाह गर्ने अपेक्षा राखेको जनाइएको छ । आम नेपाली जनताको भावना र मर्मलाई आत्मसात गर्दै नयाँ सरकार सफल होस् भन्ने शुभकामना पनि नाडाले व्यक्त गरेको छ ।
सम्बन्धित समाचार
विश्वसनीयतामा चेरीको लगातार दोस्रो जित, चिनियाँ अटो ब्रान्डमा पहिलो नम्बर
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
कोरला नाकाबाट नेपाल भित्रिँदै लिपमोटर बी१०, डेलिभरीको तयारी तीव्र
ट्रेन्डिङ
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग
कर्णाली प्रदेश अस्पतालमा भदौ २२ र २३ गते पनि सेवा सञ्चालन हुने
२०८३ भदौ २३ गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

