डोङफेङ मोटरद्वारा इजिप्टमा नौं नयाँ मोडेल सार्वजनिक
काठमाडौं । डोङफेङ मोटरले इजिप्टको कायरोमा आयोजना गरिएको एक विशेष कार्यक्रममा आफ्ना नौं वटा नयाँ मोडेल आधिकारिक रूपमा सार्वजनिक गरेको बताइएको छ। “इस्ट विन्ड इन्फाइनाइट वर्ल्ड” भन्ने थिममा सम्पन्न सो कार्यक्रम इजिप्ट इन्टरनेसनल एक्जिबिसन सेन्टरमा भएको थियो।
कम्पनीका अनुसार, कार्यक्रममा इजिप्टको बजारका लागि कम्प्याक्ट एसयूभी, सेडानहरूका साथै अत्याधुनिक इलेक्ट्रिक र हाइब्रिड गाडीहरू प्रस्तुत गरिएको थियो। प्रस्तुत गरिएका मोडेलहरूमा मेज आईसीई र साइन आईसीई समावेश थिए भने डोङफेङ बक्स, डोङफेङ ००७, मेज ईभी, भोया फ्रि, भोया ड्रिम, भोया प्सासन र एमहिरो ९१७ जस्ता इलेक्ट्रिक तथा हाइब्रिड गाडीहरू पनि प्रदर्शन गरिएको थियो।
उदघाटन कार्यक्रममा सरकारी अधिकारीहरू, व्यवसायी र अटोमोबाइल प्रेमीहरूको ठूलो सहभागिता रहेको थियो। आगन्तुकहरूले नयाँ डिजाइनहरू नजिकै बाट हेर्ने, नवीनतम प्रविधिबारे बुझ्ने र डिस्प्ले गरिएका गाडीहरूको अनुभव लिने अवसर पाएका थिए। प्रदर्शनीका विभिन्न क्षेत्रहरूमा डोङफेङका परम्परागत देखि लिएर न्यु इनर्जी गाडीहरू विशेष रूपमा प्रदर्शन गरिएका थिए।
यस लन्चसँगै डोङफेङ मोटरले इजिप्टको बजारमा औपचारिक प्रवेश गर्दै आधुनिक मोबिलिटी सोलुसन्सको बढ्दो माग पूरा गर्न विविध उत्पादनहरूको श्रृंखला प्रस्तुत गरेको जनाइएको छ। नौं वटा मोडलको सो लन्चले कम्पनीले परम्परागत र न्यु इनर्जी गाडीहरू दुवै प्रकारका ग्राहकहरूका आवश्यकतालाई मिल्ने गरी प्रस्तुत गरेको प्रष्ट भएको बताइएको छ ।
सो लन्च कार्यक्रमलाई डोङफेङको अन्तर्राष्ट्रिय उपस्थिति विस्तार गर्ने र इजिप्टको अटोमोबाइल बजारसँग अझ बलियो सम्बन्ध बनाउने दिशामा महत्वपूर्ण कदमको रूपमा हेरिएको कम्पनीले जनाएको छ।
सम्बन्धित समाचार
यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक
ओमोडा जेइकू एनपीएल सिजन ३ को “पावर्ड बाइ” प्रायोजकमा आबद्ध
हाम्स ग्रुपद्वारा नेपालमा विश्वप्रसिद्ध क्यूजे मोटरका मोटरसाइकल तथा स्कुटरहरू सार्वजनिक
नयाँ प्रविधि र दमदार पावरसहित नेपालमा आयो भेस्पा १५० एफआई ओबीडी २ स्टेज बी
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
भक्तपुरमा बीवाईडीको नयाँ सर्भिस सेन्टर सञ्चालनमा, डल्लुमा पनि सेवा विस्तारका लागि निर्माण सुरु
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
