भैरहवाका बिनोद यादवले जिते लक्की ड्रमा यामाहा बाइक
काठमाडौं । यामाहा नेपालले देशभरका यामाहा ग्राहकहरूमा उत्साह भर्न ल्याएको आफ्नो दशैं तिहार विशेष अफर ‘राइड द ब्लू विद रोडिज’ अन्तर्गत पहिलो विक्ली लक्की ड्रको विजेता घोषणा गरेको छ । यो ड्र २ असोज, २०८२ मा काठमाडौंको जय नेपाल सिनेमा हल, हात्तीसारमा आयोजित यामाहा ब्लू फेस्ट कार्यक्रममा गरिएको थियो ।
सो अवसरमा नेपालका चर्चित मोटरसाइकल रेसर श्रीहरि पौडेलले विजेताको नाम सार्वजनिक गरेका थिए । रकेट उपनामले परिचित २८ वर्षीय श्रीहरि पौडेल व्यवसायिक मोटरसाइकल रेसर हुन्, जो यामाहा नेपालका पनि आधिकारिक रेसर हुन् ।
उनी नेपाल मोटरस्पोट्र्स इतिहासका पहिलो गोल्ड मेडल विजेता, नेपाल रोड रेसिङ च्याम्पियनसिपका लगातार पाँच पटकको विजेता र सन् २०२४ का नेसनल च्याम्पियन हुन् ।
यस हप्ताको ग्राण्ड उपहारको विजेता भैरहवाका बिनोद यादवले नयाँ यामाहा बाइक जितेका छन् । यामाहाले दशैं अभियान मार्फत निरन्तर रूपमा आफ्ना ग्राहकलाई खुशी दिँदै आएको बताएको छ । त्यस अनुरूप यो पनि अर्को एउटा महत्वपूर्ण क्षण हो ।
लक्की ड्रका बारेमा एमएडब्लू राइड्स प्रालिका कार्यकारी निर्देशक तथा सिईओ दीपक कुमार अग्रवालले भने, ‘यस हप्ताका विजेतालाई म हार्दिक बधाई दिन चाहन्छु । यामाहाले सधैं थ्रिल, लाइफस्टाइल र पर्फर्मेन्सलाई महत्त्व दिने गरेको छ, र ‘यामाहा राइड द ब्लू विद रोडिज’ अभियानमार्फत यो दशैंमा ग्राहकलाई थप खुसी दिन पाउँदा हामी उत्साहित छौं । अझै धेरै लक्की ड्रहरू बाँकी भएकाले सबै दर्ता भएका ग्राहकका लागि यामाहा बाइक जित्ने अवसर उपलब्ध छ।’
‘यामाहा राइड द ब्लू विद रोडिज’ अभियान अन्तर्गत बाइक खरिदअघि नै अधिकतम १ लाख सम्मको नगद उपहार, बाइक खरिदपछि अधिकतम १० लाख सम्मको नगद उपहार, हरेक सातामा लक्की ड्रमार्फत एउटा यामाहा बाइक, फ्री हेलमेट, ४ वटा निःशुल्क अतिरिक्त सर्भिस कुपन, स्पेयर पाट्र्स र ल्युबमा ५ प्रतिशत छुट तथा स्पट एक्सचेन्ज, इजी फाइनान्स र छानिएका मोडलमा शून्य प्रतिशत ब्याजसहित ईएमआई सुविधा लगायत अफर सामेल छन् ।
कम्पनीका अनुसार, यामाहा यस “यामाहा राइड द ब्लू विद रोडिज” अभियानमार्फत सबैजनालाई पर्वको खुशीसँगै यामाहाको रोमाञ्चको थ्रिल, स्टाइलको बोल्डनेस र यामाहालाई पुस्तौंदेखिको विश्वासिलो नाम बनाउन सफल यसको उत्कृष्ट पर्फर्मेन्सको अनुभव लिन निमन्त्रणा गर्दछ।
एमएडब्लू राइड्स प्रालिका अन्तर्गतको यामाहा नेपाल सधैं नवीनता, पर्फर्मेन्स र भरोसामा अग्रणी रहँदै आएको जनाइएको छ। यसले जापानी प्रविधि, उत्कृष्ट स्टाइल र उत्साहको संयोजन मार्फत् नेपाली राइडरहरूलाई विश्वस्तरीय दुईपांग्रे सवारी उपलब्ध गराउँदै आएको बताइएको छ।

सम्बन्धित समाचार
हाम्स ग्रुपद्वारा नेपालमा विश्वप्रसिद्ध क्यूजे मोटरका मोटरसाइकल तथा स्कुटरहरू सार्वजनिक
नयाँ प्रविधि र दमदार पावरसहित नेपालमा आयो भेस्पा १५० एफआई ओबीडी २ स्टेज बी
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
भक्तपुरमा बीवाईडीको नयाँ सर्भिस सेन्टर सञ्चालनमा, डल्लुमा पनि सेवा विस्तारका लागि निर्माण सुरु
घटस्थापनाको शुभ दिनमा एमएडब्ल्यू अर्थमुभर्सद्वारा २७ प्लस जेसीबी मेसिन हस्तान्तरण
विराटनगरमा खुल्यो नेपालको सबैभन्दा ठूलो २८ औँ सीजी डिजीटल शोरुम
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
