नेपाल टेलिकमले ल्यायो दशैं-तिहार-छठ अफर, यस्ता छन् विशेषता
काठमाडौं । नेपाल टेलिकमले महान चाड दसैं, तिहार र छठ पर्वलाई लक्षित गरी विशेष अफर सार्वजनिक गरेको छ । ‘दसैं–तिहार–छठ अफर २०८२’ नाम दिइएको यो अफरअन्तर्गत ग्राहकहरूले इन्टरनेटदेखि मोबाइल सेवासम्मका विविध सुविधा छुटसहित प्रयोग गर्न पाउनेछन् ।
कम्पनीले असोज ६ गतेदेखि ३१ गतेसम्म नयाँ एफटीटीएच इन्टरनेट जडान गर्ने ग्राहकलाई जडान शुल्क ९रु। ५,०००० पूर्ण रूपमा मिनाहा गर्ने व्यवस्था गरेको छ ।
मोबाइल सेवामा समेत आकर्षक प्याकेज ल्याइएको छ । कम्पनीले रु। ४९९ मा ५ जीबी ‘फेस्टिवल अनलिमिटेड’ र रु. ६९९ मा १० जीबी ‘फेस्टिवल अनलिमिटेड प्रिमियम’ डेटा प्याकेज उपलब्ध गराएको छ । यी प्याकेज प्रयोगकर्ताले दैनिक तोकिएको डेटा सकिएपछि पनि क्रमशः २ एमबीपीएस र ३ एमबीपीएस गतिमा निरन्तर अनलिमिटेड इन्टरनेट प्रयोग गर्न सक्नेछन् ।
त्यस्तै, रु. २५० मा १००० मिनेट अल–नेट भ्वाइस सुविधा दिने ‘जॉयफुल मिनेट्स’ प्याकेज र रु.९९ मा १००० अन–नेट एसएमएस पठाउन सकिने ‘फेस्टिभ म्यासेज’ प्याकेजसमेत सञ्चालनमा ल्याइएको छ । यी प्याकेजको समयावधि प्रिपेड प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड प्रयोगकर्ताका लागि ३० दिन तोकिएको छ ।
कम्पनीका अनुसार जीएसएम सेवाका यी अफर असोज ६ देखि २० गतेसम्म र कार्तिक १ देखि १० गतेसम्म खरिद गर्न सकिनेछन् । अफर प्राप्त गर्नका लागि ग्राहकले आफ्नो मोबाइलबाट 14153# डायल गर्न वा ‘नेपाल टेलिकम एप’ प्रयोग गर्न सक्नेछन् ।
सम्बन्धित समाचार
नागढुंगा सिस्नेखोला सुरुङमार्ग निजी सवारीसाधनका लागि पनि खुल्ला
साँझमा बत्तीमा कीरा झुम्मिने समस्या छ ? यस्तो उपाय अपनाउनुहोस्
यी पाँच गल्तीका कारण फाटछ दूध, अब यसरी जोगाउनु होस्
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
साउनमा एलपी ग्यासको आयात उच्च,माग बढेसँगै नयाँ रेकर्ड
विभिन्न कार्यक्रमसहित राष्ट्रिय सूचना दिवस मनाइदैँ
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा

