• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१५ चैत २०८२, आइतबार
१५ चैत २०८२, आइतबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

निजामती कर्मचारी अस्पताल र ट्रक व्यवसायी महासंघबिच सम्झौता
  • ८ घण्टा 

यामाहाको एफजेडएस एफआई हाइब्रिड मोटरसाइकल एक हप्तामै सोल्ड आउट : प्रि-बुकिङ खुला
  • ११ घण्टा 

सरकारले लगायो ब्रिज कोर्स कक्षा सञ्चालनमा पूर्ण प्रतिबन्ध
  • १२ घण्टा 

घट्यो सुनचाँदीको मुल्य, कतिमा हुँदैछ कारोबार ?
  • १३ घण्टा 

यमाहा नेपालद्वारा ”नाउ आइ एम ७१.३३ केएमपिएल” अभियान सार्वजनिक
  • १ दिन 

२०८२ चैत १६ गते सोमबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १ दिन 

फोर्ड नेपालले ल्यायो विशेष अफरः फोर्ड एसयूभी वा पिकअप किन्दा एउटा इभी गाडी सित्तैमा
  • १ दिन 

लुम्बिनी ट्रक व्यवसायी सङ्घको १४औँ साधारण सभा सम्पन्न, भाडा समायोजन र नीतिगत सुधारको माग
  • १ दिन 

काठमाडौंमा‘जिरो वेस्ट एक्सिबिशन’ आयोजना हुँदै
  • १ दिन 

लोकप्रिय समाचार

  • १. मंगलबार नेपाली बजारमा घट्यो सुनको मूल्य,चाँदिको मूल्य भने महँगियो

  • २. २०८२ चैत १२ गते बिहीबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ३. विशेष अफरसहित साओमी १७ अल्ट्राको प्रि–अर्डर नेपालमा सुरु

  • ४. २०८२ चैत १३ गते शुक्रबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ५. ग्लोबल मनि विकमा नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान

  • ६. वाडा अटो शो २०२६ मा बीवाईडी गाडी किन्दा विशेष अफर सार्वजनिक

  • ७. नेपालमा भव्य रूपमा सार्वजनिक भयो अल–न्यू जेको जे ६ टि

  • ८. प्यासेन्जर कार सेगमेन्टमा टोटल इनर्जिजले नेपालमा भित्र्यायो पहिलो नयाँ लुब्रिकेन्ट प्रविधि

  • ९. पोखरामा आयोन र एक्सपेंग सहित सीजि मोटसको मेगा सेल्स एण्ड एक्सचेन्ज कार्भीनल क्याम्प आयोजना

  • १०. बालेन शाहले लिए प्रधानमन्त्रीको सपथ

नेपालको बर्तमान जटील अवस्थाका सम्बन्धमा प्रधानमन्त्रीसंग छलफल

जानकारी केन्द्र २०८२, आश्विन, ६

काठमाडौं । नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले प्रधानमन्त्री सुशिला कार्कीसँग भेटगरी देशको बर्तमान जटील अवस्था र त्यसले अटोमोबाइल व्यवसायमा परेका प्रभावहरुका सम्बन्धमा छलफल गरेको छ ।

अर्थमन्त्री रामेश्वर खनाल, उर्जा जलश्रोत, तथा सिंचाइमन्त्री कुलमान घिसिङ, गृहमन्त्री ओमप्रकाश अर्याल, मुख्य सचिव एकनारायण अर्याल समेतको उपस्थिति रहेको सो छलफलमा अध्यक्ष चौधरीले नाडा ७ वटा प्रदेशहरु सहित सवै किसिमका अटोमोबाइल वस्तुहरुको प्रतिनिधित्व गर्ने ४९ बर्ष पुरानो संस्था भएको जानकारी दिदै नाडाका सम्बन्धमा सरकारलाई आवश्यक जानकारी समेत दिन नसकेको दुखेसो पोखेका थिए।

यसै क्रममा अध्यक्ष चौधरीले सरकारले नाडाले दिएका सुझावहरु मध्ये दुई तीनवटा सझावहरुलाई मात्र सम्बोधन गरेमा अटोमोबाइल व्यवसाय गतिशील हुने बताए । अध्यक्ष चौधरीले आम व्यवसायीहरुको सुरक्षा र देशको शान्ति र अमन चयन सवैभन्दा महत्वपूर्ण विषय भएको बताउँदै व्यवसायीहरुको उत्थानका लागि सरकारले रोड म्याप समेत तयार गर्नु पर्ने धारणा राखेका थिए । सो छलफलमा अध्यक्ष चौधरीले नाडा सरकारसँग सहकार्य गरेर अघि बढन चाहेको बताए ।

उक्त भेटघाट तथा छलफलमा अध्यक्ष चौधरीले सुस्ताएको नेपालको अटोमोबाइल व्यवसायलाई गतिशील बनाउन आवश्यक पर्ने नीतिहरुमा सुधारका लागि आग्रह गर्दै नाडाको तर्फबाट २२ बुँदे सुझावहरु समेत पेश गरे। छलफलमा खासगरी पेट्रोल र डिजेलबाट चल्ने सवारी साधनहलाई बैकहरुबाट प्रवाह गर्ने प्रकियामा हाल ६० प्रतिशतको सिमा लाई बढाएर ८० प्रतिशत पु-याउनु पर्ने भन्दै नेपाल सवारी प्रदूषण मापदण्ड २०८२ को कार्यान्वयनबाट परेको असरहरुका सम्बन्धमा नाडाको तर्फबाट बन तथा वातावरण मन्त्रालयमा पेश गरिएको सुझावहरुको कार्यान्वयनका लागि समेत अनुरोध गरेका थिए । सोही छलफलको क्रममा अध्यक्ष चौधरीले सरकारले हालै गठन गरेको उद्योग प्रवद्र्धन परिषदमा नाडाको समेत प्रतिनिधित्व हुने व्यवस्थाका लागि समेत आग्रह गरे।

छलफलको अन्तमा प्रधानमन्त्री कार्कीले व्यवसायीहरुले राखेका सुझावहरुलाई मनन गर्दै आन्दोलनको कारणबाट व्यवसायमा पर्न गएको क्षतिप्रति सरकार गम्भीर रहेको बताइन् । यसै क्रममा उनले आफू कानून व्यवसायी भएकोले नेपालको उद्योग व्यवसायका समस्याहरुका सम्बन्धमा कम जानकार भएको बताउँदै नेपालको हरेक आन्दोलनबाट व्यवसायीहरु नै प्रताडित हुनु परेको र नेपालमा व्यवसाय गर्नु जुवा खेल्नु सरह भएको बताइन्।

उक्त छलफलमा उनले जस्तोसुकै विपद आईलागे पनि हामीहरु अठोटका साथ अघि बढनु पर्ने आश्वासन दिदै विधिको शासनलाई सवैले पालन गर्नु पर्ने र सरकार सदैव व्यवसायीहरुको साथमा रहने बताइन् । व्यवसायीहरुले समेत सरकारलाई सहयोग गर्न तयार रहेको कुरा सुन्दा आफुलाई गौरवको अनुभुति भइरहेको छ भन्दै नेपालको बैकिङ प्रणालीलाई व्यवसायमैत्री बनाइने आश्वासन समेत दिए ।

यसै क्रममा उनले व्यवसायीहरुसंग धेरै अनुभव हुन्छ भन्दै सरकारले मात्र रोजगार दिन नसक्ने, निजी उत्पादनलाई सरकारले उच्च प्राथमिकता दिने, व्याजदरमा सहुलियत दिने, देशलाई आत्मनिर्भर बनाउन देशका उद्योगहरुलाई उच्च प्राथमिकता दिइने, भन्सार शुल्क कम गरिने आश्वासन दिए । सोही छलफलको क्रममा उनले बर्तमान सरकारले निर्वाचन र सुशासनलाई पहिलो प्राथमिकतामा राखिएको बताए।

उक्त छलफल कार्यक्रममा नाडाका सचिव बिक्रम सिंघानिया, केन्द्रीय कार्य समिति सदस्यहरु कपिल शिवाकोटी, मेघराज पौडेल र निशान ढकाल समेतकोे उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
निजामती कर्मचारी अस्पताल र ट्रक व्यवसायी महासंघबिच सम्झौता
यामाहाको एफजेडएस एफआई हाइब्रिड मोटरसाइकल एक हप्तामै सोल्ड आउट : प्रि-बुकिङ खुला
सरकारले लगायो ब्रिज कोर्स कक्षा सञ्चालनमा पूर्ण प्रतिबन्ध

ताजा

निजामती कर्मचारी अस्पताल र ट्रक व्यवसायी महासंघबिच सम्झौता

यामाहाको एफजेडएस एफआई हाइब्रिड मोटरसाइकल एक हप्तामै सोल्ड आउट : प्रि-बुकिङ खुला

सरकारले लगायो ब्रिज कोर्स कक्षा सञ्चालनमा पूर्ण प्रतिबन्ध

घट्यो सुनचाँदीको मुल्य, कतिमा हुँदैछ कारोबार ?

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.