स्कोडा नेपालले आकर्षक अफर र भव्य पुरस्कार सहित सार्वजनिक गर्यो ‘फेस्टिभ डिलाइट २०८२’ अफर
काठमाडौं । स्कोडा नेपालले यसपटकको चाडपर्वलाई लक्षित गरी ‘स्कोडा फेस्टिभ डिलाइट २०८२’ नामक अभियान सुरु गरेको छ। यो अभियान अनुसार ग्राहकहरूले चाडपर्वको यो सिजनमा खुशी, रोमाञ्चक अनुभव र विशेष सुविधाहरू पाउनेछन्।
“फास्ट एण्ड फियरलेस” भन्ने थिमसहित सुरु गरिएको यो अभियानमा स्कोडाले साहस र एकताको भावना फैलाउँदै प्रिमियम ड्राइभिङ अनुभव प्राप्त गर्न अझ सजिलो बनाइरहेको बताइएको छ।
कम्पनीका अनुसार, अफरअन्तर्गत स्कोडाको कुनै पनि मोडल खरिद गर्ने ग्राहकले २०५ डाउनपेमेन्ट, ४ लाख रुपैयाँसम्म नगद छुट र विशेषगरी कतार ग्रान्ड प्रिक्स २०२५ प्रत्यक्ष हेर्ने अवसर पाउनेछन्। वर्ल्ड क्लास मोटरस्पोर्ट्स हेर्न पाउने यो मौका जीवनमै एकपटक पाइने अद्वितीय अनुभव हुने स्कोडाले जनाएको छ।
ग्राहकलाई चाडपर्वमा थप खुशी दिन स्कोडाले अफर र पुरस्कारलाई संयोजन गर्दै ल्याएको छ। कम्पनीले भनेको छ, “यो अभियानमार्फत ग्राहकले केवल गाडी मात्र होइन, अविस्मरणीय सम्झना पनि घर लैजान सक्नेछन् ।”
स्कोडाका दमदार डिजाइन, अत्याधुनिक सुविधा र उच्च सुरक्षा मापदण्डले नेपाली अटोमोबाइल बजारमा नयाँ परिभाषा दिइरहेको बताइएको छ। कम्पनीले यो अभियानलाई समुदायप्रति आभार व्यक्त गर्ने र अझ राम्रो सेवा दिने वाचा भएको जनाएको छ।
नेपालभरका सबै अधिकृत स्कोडा सोरूममार्फत ‘फेस्टिभ डिलाइट २०८२’ अफरमा सहभागी हुन सकिनेछ।
सम्बन्धित समाचार
विश्वसनीयतामा चेरीको लगातार दोस्रो जित, चिनियाँ अटो ब्रान्डमा पहिलो नम्बर
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
कोरला नाकाबाट नेपाल भित्रिँदै लिपमोटर बी१०, डेलिभरीको तयारी तीव्र
ट्रेन्डिङ
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग
कर्णाली प्रदेश अस्पतालमा भदौ २२ र २३ गते पनि सेवा सञ्चालन हुने
२०८३ भदौ २३ गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

