स्कोडा नेपालले आकर्षक अफर र भव्य पुरस्कार सहित सार्वजनिक गर्यो ‘फेस्टिभ डिलाइट २०८२’ अफर
काठमाडौं । स्कोडा नेपालले यसपटकको चाडपर्वलाई लक्षित गरी ‘स्कोडा फेस्टिभ डिलाइट २०८२’ नामक अभियान सुरु गरेको छ। यो अभियान अनुसार ग्राहकहरूले चाडपर्वको यो सिजनमा खुशी, रोमाञ्चक अनुभव र विशेष सुविधाहरू पाउनेछन्।
“फास्ट एण्ड फियरलेस” भन्ने थिमसहित सुरु गरिएको यो अभियानमा स्कोडाले साहस र एकताको भावना फैलाउँदै प्रिमियम ड्राइभिङ अनुभव प्राप्त गर्न अझ सजिलो बनाइरहेको बताइएको छ।
कम्पनीका अनुसार, अफरअन्तर्गत स्कोडाको कुनै पनि मोडल खरिद गर्ने ग्राहकले २०५ डाउनपेमेन्ट, ४ लाख रुपैयाँसम्म नगद छुट र विशेषगरी कतार ग्रान्ड प्रिक्स २०२५ प्रत्यक्ष हेर्ने अवसर पाउनेछन्। वर्ल्ड क्लास मोटरस्पोर्ट्स हेर्न पाउने यो मौका जीवनमै एकपटक पाइने अद्वितीय अनुभव हुने स्कोडाले जनाएको छ।
ग्राहकलाई चाडपर्वमा थप खुशी दिन स्कोडाले अफर र पुरस्कारलाई संयोजन गर्दै ल्याएको छ। कम्पनीले भनेको छ, “यो अभियानमार्फत ग्राहकले केवल गाडी मात्र होइन, अविस्मरणीय सम्झना पनि घर लैजान सक्नेछन् ।”
स्कोडाका दमदार डिजाइन, अत्याधुनिक सुविधा र उच्च सुरक्षा मापदण्डले नेपाली अटोमोबाइल बजारमा नयाँ परिभाषा दिइरहेको बताइएको छ। कम्पनीले यो अभियानलाई समुदायप्रति आभार व्यक्त गर्ने र अझ राम्रो सेवा दिने वाचा भएको जनाएको छ।
नेपालभरका सबै अधिकृत स्कोडा सोरूममार्फत ‘फेस्टिभ डिलाइट २०८२’ अफरमा सहभागी हुन सकिनेछ।
सम्बन्धित समाचार
यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक
ओमोडा जेइकू एनपीएल सिजन ३ को “पावर्ड बाइ” प्रायोजकमा आबद्ध
हाम्स ग्रुपद्वारा नेपालमा विश्वप्रसिद्ध क्यूजे मोटरका मोटरसाइकल तथा स्कुटरहरू सार्वजनिक
नयाँ प्रविधि र दमदार पावरसहित नेपालमा आयो भेस्पा १५० एफआई ओबीडी २ स्टेज बी
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
भक्तपुरमा बीवाईडीको नयाँ सर्भिस सेन्टर सञ्चालनमा, डल्लुमा पनि सेवा विस्तारका लागि निर्माण सुरु
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
