• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१० बैशाख २०८३, बिहीबार
१० बैशाख २०८३, बिहीबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

एनएमबि बैंकलाई कमर्ज बैंक जर्मनीबाट ‘एसटीपी अवार्ड २०२५’ प्रदान
  • ७ घण्टा 

गोदरेज रेफ्रिजरेटर : टिकाउपन र विश्वसनीयताको नयाँ मापदण्ड नेपाली बजारमा
  • ७ घण्टा 

Redmi Buds 8 Active is Available in the Nepali market with enhanced comfort and long battery life
  • ८ घण्टा 

साझँ ७ बजेसम्म बस्ती खाली नगरे भोलि बिहानै डोजर चल्ने चेतावनी
  • ८ घण्टा 

नेप्सेमा सामान्य वृद्धि,कारोबार ५.२७ अर्बमै सीमित
  • ९ घण्टा 

सुनचाँदीको मूल्यमा गिरावट,कतिमा हुदैँछ कारोबार ?
  • ११ घण्टा 

रमादा बाई विन्धाम इटहरीले मनायो ग्रीन अभियान सहितको पृथ्वी दिवस
  • १३ घण्टा 

नेपाल टेलिकमको समर अफर : के-के छन् सुबिधा ?
  • १४ घण्टा 

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
  • १५ घण्टा 

लोकप्रिय समाचार

  • १. तरलता व्यवस्थापनका लागि ४० अर्ब निक्षेप खिच्ने नेपाल राष्ट्र बैँकको तयारी

  • २. बढ्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

  • ३. डीएस ग्रुपको ‘क्याच स्पाइसेस’द्वारा जीएआई २०२६ मा सहभागिता जनाउँदै नेपालमा रिटेल तथा होरेका क्षेत्रमा रणनीतिक विस्तारको घोषणा

  • ४. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ५. नेप्सेमा सामान्य वृद्धि,कारोबार ५.२७ अर्बमै सीमित

  • ६. आईपीएमा गुजरातसँग कोलकाताको हार, आज दुई खेल हुँदै

  • ७. चर्को आलोचना पछि गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • ८. नाइमाको समन्वयमा हाइब्रिड सवारीसाधन मर्मतसम्बन्धी तालिम सम्पन्न

  • ९. सरकारी कर्मचारीका लागि डिजीटल हाजिरी प्रणाली लागू गर्ने सरकारको तयारी

  • १०. महालक्ष्मी विकास बैंकद्वारा अन्तरदेशीय क्यूआर भुक्तानी सेवाको शुरुवात

असोज २९ गतेदेखि कार्तिक २ गतेसम्म ललितपुरमा ‘ १८ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी ’ हुने

जानकारी केन्द्र २०८२, आश्विन, ९

ललितपुर । आउँदै गरेको शुभ दीपावली ( तिहार ) तथा छठ पर्वलाई लक्षित गरी फ्लोरिकल्चर एशोसिएशन नेपाल ( फ्यान ) को आयोजनामा गोदावरी पुष्प मेला तथा प्रदर्शनी गर्न लागिएको छ । गोदावरी फूलको व्यवसायीक विकास, विस्तार तथा प्रवर्द्धन गर्ने उदेश्यले ‘ रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरिपरि ’ भन्ने मूल नाराका साथ ‘ १८ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी – २०८२ ’ यहीँ असोज २९ गतेदेखि कार्तिक २ गतेसम्म ललितपुरको जावलाखेलस्थित खेल मैदानमा हुने फ्यानको उपाध्यक्ष तथा मेला संयोजक सुमन महर्जनले बताए । पुष्प व्यवसाय प्रवद्र्धनका सम्बन्धमा समय अनुकूल पुष्पको जातिय विकास एवं गुणस्तरिय उत्पादनमा सहयोग पुर्‍याउनका लागि प्रदर्शनी आयोजना गर्न लागिएको एशोसिएसनले जनाएको छ । त्यस्तै, उक्त प्रदर्शनीमा व्यवसायिक स्टल ८० वटा, सूचनामुलक ३ वटा, प्रतिस्पर्धा स्टल १ र सेल्फी स्टल १ सहित गरी जम्मा ८५ वटा प्रदर्शनी कक्षहरु रहने मेला संयोजक सुमन महर्जनले जानकारी दिए ।

नेपालमा विगत वर्षदेखि नै व्यावसायिक उत्पादन हुँदै आएको विविध जातका गोदावरी फूल बिरुवाका साथै यस वर्ष भित्रिएका गोदावरी फूलका केही नयाँ प्रजातीका फूल बिरुवासमेत प्रदर्शनी तथा बिक्री / वितरण हुने छन् । साथै, यस सिजनमा फूल्ने सयपत्री, मखमली तथा अन्य सिजनल फूल बिरुवा, बिउबिजन, मलखाद र कृषि औजारसमेत प्रदर्शनीमा समावेश गरिने आयोजकले जनाएको छ । ५ दिनेसम्म हुने उक्त गोदावरी फूलको प्रदर्शनी बिहान ०९:०० बजेदेखि साँझ ०५:३० बजेसम्म संचालन हुने छ, भने प्रदर्शनीमा ४२ हजार बढीले प्रत्यक्ष अवलोकन गर्ने साथै १ करोड २० लाखभन्दा बढीको व्यवसायीक कारोबार हुने आयोजकको अपेक्षा छ ।

विगत वर्षमा झैँ यस वर्ष पनि गोदावरी फूलको ४ वटा विधा ( मिनियचर, रिफ्लेक्स, स्पाईडर र ईनकर्भ ) मा प्रतिस्पर्धा गराई प्रतिस्पर्धामा प्रथम, दोस्रो तथा तेस्रो हुने नर्सरी / फर्मलाई शिल्ड, नगद तथा प्रमाण – पत्रद्दारा पुरस्कृत गरिने छ, भने गोदावरी फूलको कट फ्लावर विधातर्फ समेत प्रतियोगिता गराई उत्कृष्ट हुने नर्सरी / फर्मलाई पुरस्कृत गरिने छ । साथै, स्टल सजावटतर्फ समेत उत्कृष्ट छनोट गरी पुरस्कृत गरिने कार्यक्रम रहेको आयोजकको जनाएको छ । व्यवसायका क्षेत्रमा भए गरेका नयाँ – नयाँ प्रविधि र उपलब्धि सहितका जानकारी पनि प्रदर्शनी स्थलमा स्थलबाटै प्रदान गरिने एशोसिएसनले जनाएको छ । आयोजकको अनुसार सबै स्टल बुक भइसकेको छ ।

प्रदर्शनी स्थलमा स्टल सजावट कार्य २०८२ असोज २८ गते, बिहान ०८:०० बजेदेखि खुल्ला हुने छ । प्रदर्शनी उद्घाटन २०८२ असोज २९ गते हुने छ, भने प्रदर्शनी समापन २०८२ कार्तिक २ गते, साँझ ०५:०० बजे हुने एशोसिएसनले जनाएको छ । पुष्प व्यवसायीहरूलाई व्यवसाय प्रवद्र्धनमा हौसला प्रदान गर्ने र व्यवसायिहरूबीच प्रतिस्पर्धात्मक भावनाको विकास गरी गुणस्तरिय उत्पादनमा टेवा पुर्‍याउन प्रदर्शनीको उद्धेश्य रहेको फ्यानका अध्यक्ष राजेश भक्त श्रेष्ठले बताए ।

हाल पुष्प उत्पादक कृषकहरूको आफ्ना उत्पादनको बजार क्षेत्र सिमित रहेको सन्दर्भमा यस प्रकारको प्रदर्शनीको आयोजनाबाट पुष्पप्रेमी उपभोक्ताहरु बढन जाने भई बजार विस्तार गर्न प्रदर्शनीले सघाउने श्रेष्ठले बताए । त्यसैगरी, उक्त प्रदर्शनीमा अवलोकन गर्न आउने विद्यार्थीहरूको लागि १ सय रुपैयाँ, सर्वसाधारणहरुको लागि १ सय ५० रुपैयाँ तोकिएको र जेष्ठ नागरिकहरु ( नागरिकता वा राष्ट्रिय परिचय पत्र लिएर आउनु पर्ने ) को लागि चाँहि नि:शुल्क प्रवेशको गरिएको फ्यानको कोषाध्यक्ष राजकृष्ण बजगाईँ जानकारी दिए । नेपालमा वि.सं. २०११ सालबाट सामान्य स्तरमा शुरु भएको पुष्प व्यवसाय, शहरीकरणको विकास तथा विस्तारसँगै सातै प्रदेशका मुख्य शहरहरुलगायतका अन्य क्षेत्रमा समेत फैलँदो अवस्थामा रहेको छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
एनएमबि बैंकलाई कमर्ज बैंक जर्मनीबाट ‘एसटीपी अवार्ड २०२५’ प्रदान
गोदरेज रेफ्रिजरेटर : टिकाउपन र विश्वसनीयताको नयाँ मापदण्ड नेपाली बजारमा
साझँ ७ बजेसम्म बस्ती खाली नगरे भोलि बिहानै डोजर चल्ने चेतावनी

ताजा

एनएमबि बैंकलाई कमर्ज बैंक जर्मनीबाट ‘एसटीपी अवार्ड २०२५’ प्रदान

गोदरेज रेफ्रिजरेटर : टिकाउपन र विश्वसनीयताको नयाँ मापदण्ड नेपाली बजारमा

Redmi Buds 8 Active is Available in the Nepali market with enhanced comfort and long battery life

साझँ ७ बजेसम्म बस्ती खाली नगरे भोलि बिहानै डोजर चल्ने चेतावनी

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.