• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०२ साउन २०८३, शनिबार
०२ साउन २०८३, शनिबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

देशभर मनसुनी वायुको प्रभाव कायमै : भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
  • २२ घण्टा 

२०८३ साउन २ गते शनिवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • २२ घण्टा 

नयाँ आर्थिक वर्षको पहिलो दिन नेप्सेमा हरियाली, ७९.७४ अंकले उकालो
  • २ दिन 

टिपरको ठक्करबाट ७० वर्षीया वृद्धाको निधन
  • २ दिन 

टिकटकद्वारा एआई-जेनेरेटेड कन्टेन्टबारे प्रयोगकर्ताको बुझाइ बढाउन एआई साक्षरता अभियान विस्तार
  • २ दिन 

नयाँ आर्थिक वर्षसँगै नयाँ कर र मौद्रिक नीति लागू, आयकरदेखि ईभी करसम्म व्यापक परिवर्तन
  • २ दिन 

साउने सङ्क्रान्ति आज : कर्कट राशिमा सूर्य प्रवेशसँगै दक्षिणायन सुरु, देशभर परम्परागत उत्सव
  • २ दिन 

आर्थिक वर्षको अन्तिम तीन दिनमै ५० अर्बभन्दा बढी राजस्व संकलन
  • २ दिन 

देशभर मनसुनी वायूको प्रभाव कायमै : धेरै ठाउँमा पानी पर्ने सम्भावना
  • २ दिन 

लोकप्रिय समाचार

  • १. २०८३ असार ३२ गते बिहिवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • २. सप्तकोसी नदीमा पानीको बहाव बढ्यो, ब्यारेजका २० ढोका खोलिए

  • ३. टिकटकद्वारा एआई-जेनेरेटेड कन्टेन्टबारे प्रयोगकर्ताको बुझाइ बढाउन एआई साक्षरता अभियान विस्तार

  • ४. ग्यास आपूर्तिमा सुधार, भोलिदेखि १४.२ केजीको फुल सिलिन्डर बिक्री सुरु

  • ५. स्विटजरल्याण्डलाई पराजित गर्दै अर्जेन्टिना सेमिफाइनलमा, अब इंग्ल्याण्डसँग भिडने

  • ६. देशभर मनसुनी वायूको प्रभाव : तराई भू-भागमा पनि मध्यम वर्षाको सम्भावना

  • ७. देशभर मनसुनी वायूको प्रभाव : यी प्रदेशमा भारी वर्षाको सम्भावना

  • ८. फ्रान्सलाई स्तब्ध पार्दै फिफा विश्वकपको फाइनलमा स्पेन

  • ९. अमेरिकी डलर, युरो र पाउन्डको भाउ बढ्यो, कुन विदेशी मुद्राको विनिमय दर कति ?

  • १०. यी हुन् सर्बाधिक गोल गर्ने उत्कृष्ट ११ राष्ट्र, ब्राजिलको सबैभन्दा बढी १४७ गोल

नेपालमा एयरचार्ज इभि चार्जिङ नेटवर्कको शुभारम्भ 

जानकारी केन्द्र २०८२, आश्विन, १४

काठमाडौं । चेन्ज डिजिटल प्रा.लि.ले एयरचार्ज इभि चार्जिङ स्टेशन नेटवर्कको भव्य शुभारम्भ गरेको छ, जुन सेप्टेम्बर २०२५ देखि नेपालभर आधिकारिक रूपमा उपलब्ध भएको छ। “E^3: Empowering Electric Ecosystem” को भिजनका साथ, एयरचार्ज इभिले स्मार्ट, सजिलो र ग्राहकमुखी चार्जिङ सुविधाहरु प्रदान गर्दै नेपालमा विद्युतीय सवारीसाधनको प्रयोगलाई तीव्रता दिँदै आएको बताइएको छ।

AirCharge को शुभारम्भ कार्यक्रम काठमाडौंको समाखुसी स्टेशनमा सम्पन्न भयो, जसको उद्घाटन ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री श्री कुलमान घिसिङले गरे। उपस्थितहरूलाई सम्बोधन गर्दै मन्त्री घिसिङले भने , “मेरो सपना नेपाललाई विद्युतीय बनाउनु र ऊर्जा क्षेत्रमा रोजगारका अवसरहरू सिर्जना गर्नु हो।” उहाँले वर्तमान EV चार्जिङ पूर्वाधारको आवश्यक प्रवर्द्धन र थप स्टेशनहरू स्थापना गर्नुपर्नेमा जोड दिँदै विभिन्न कार्यक्रम र योजनाहरू बनाइएको जानकारी दिए । AirCharge जस्ता परियोजनाहरू विद्युतीकरणको यात्रामा महत्वपूर्ण पाइला भएको र यसले नेपाललाई दिगो र समृद्ध भविष्यतर्फ अघि बढाइरहेको उनले उल्लेख गरे।

प्रारम्भिक पूर्वाधार योजनाको महत्वलाई मध्यनजर गर्दै नेपाल सरकारले वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र (AEPC) मार्फत यस पहललाई सक्रिय रूपमा अगाडि बढाएको छ। उद्घाटन कार्यक्रममा AEPC का कार्यकारी निर्देशक नवराज ढकालले AEPC का प्रयासहरूले सहज सहकार्य र निजी क्षेत्रको लगानी प्रवर्द्धन गर्न योगदान पुर्‍याएको बताए। उनले यी पहलहरू राष्ट्रिय लक्ष्य र नेपालको सन् २०४५ सम्म NET – ZERO उत्सर्जनको अन्तर्राष्ट्रिय प्रतिबद्धतासँग मेल खाने स्पष्ट पारे। AEPC ले UKAID र EU/GIZको अनुदान सहयोगमा स्थायी ऊर्जा चुनौती कोष (SECF) तथा केन्द्रीय नवीकरणीय ऊर्जा कोष (CREF) अन्तर्गत यी EV चार्जिङ स्टेशनहरूलाई भायबिलिटी गैप फण्डिङ (VGF) पनि प्रदान गरेको बताइएको छ।

यस पहललाई सिटिजन इन्टरनेशनल बैंकले बैंकिङ साझेदारका रूपमा समर्थन गरेको छ, जसले AirCharge जस्ता परियोजनाहरूको सम्भाव्यता र सम्भावनालाई मूल्याङ्कन गर्दै नेपालको EV चार्जिङको वित्तीय आधारलाई थप मजबुत बनाएको छ।

वर्तमानमा AirCharge स्टेशनहरू उच्च आवागमन हुने र रणनीतिक स्थानहरूमा सञ्चालनमा छन्, जस्तै: अत्तरिया, चितवन, नुवाकोट, पोखरा, मलेखु, सिन्धुली, बर्दिवास, ईटहरी, काठमाडौंको समाखुसी, भक्तपुरको सल्लाघारी, ललितपुरको सातदोबाटो र दमक। प्रत्येक स्टेशनमा १० चार्जिङ गनहरू रहेका छन् जसले GBT र CCS2 दुवै मापदण्डलाई समर्थन गर्छन्। हाल यी स्टेशनहरूले ४०० किलोवाटसम्म ऊर्जा उपलब्ध गराउँछन् र भविष्यमा ८०० किलोवाटसम्म अपग्रेड गर्ने योजना छ। GBT र CCS2 गनहरूले अधिकतम २५० किलोवाट चार्जिङ क्षमता दिन्छन्, जसले आवश्यकताको आधारमा EV प्रयोगकर्ताहरूलाई DC स्मार्ट स्प्लिट चार्जिङ प्रविधिबाट छिटो र निर्बाध चार्जिङ सुनिश्चित गर्दछ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
देशभर मनसुनी वायुको प्रभाव कायमै : भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
नयाँ आर्थिक वर्षको पहिलो दिन नेप्सेमा हरियाली, ७९.७४ अंकले उकालो
टिपरको ठक्करबाट ७० वर्षीया वृद्धाको निधन

ताजा

देशभर मनसुनी वायुको प्रभाव कायमै : भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

२०८३ साउन २ गते शनिवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

नयाँ आर्थिक वर्षको पहिलो दिन नेप्सेमा हरियाली, ७९.७४ अंकले उकालो

टिपरको ठक्करबाट ७० वर्षीया वृद्धाको निधन

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.