बिहीबारदेखि विशेष अफरसहित वीरगञ्जमा दिपलको टेस्ट ड्राइभ र एक्सचेन्ज सुरु
वीरगञ्ज । वीरगञ्जमा दिपलको नयाँ स्टेट अफ आर्ट सोरुम शुभारम्भ हुने अवसरमा एमएडब्लु वृद्धिले यहाँ ३० असोजदेखि चारदिने टेस्ट ड्राइभ र एक्सचेन्जको आयोजना गर्ने भएको जहाँ ग्राहकले दिपल र अवतारका लक्जरियस इभीको अनुभव गर्नुका साथै सट्टापट्टा गर्न सक्नेछन् ।
यस कार्यक्रमको मुख्य आकर्षण आईएफ डिजाइन अवार्ड विजेता दिपल एस०५ हुनेछ जुन नाडा अटो सोमा सो स्टपरका रुपमा स्थापित भएको थियो । रिमोट इन एन्ड आउट पार्र्किंग, क्विन कोपाइलट सि र ५ हजारभन्दा बढी चार्ज साइकलयुक्त गोल्डेन शिल्ड ब्याट्री जस्ता अत्याधुनिक प्रविधिका कारण नेपालमा सार्वजनिक भएको दुई महिनामै एस०५ हिट इभी बन्ने सफल भएको बताइएको छ ।
कम्पनीका अनुसार, यो विशेष एक्सपिरियन्स र एक्सचेन्जमा दिपल एस०७ आईसीएस, दिपल ई०७, दिपल एल०७ र अल्ट्रा प्रिमियम इन्टेलिजेन्ट एसयुभी अवतार ११ पनि प्रदर्शनमा राखिनेछ । ग्राहकहरुले फ्युचरिस्टिक दिपल इभी मात्र होइन मानवाकृत रोबोट र कुकुर रोबोटसँग अन्तरक्रिया गर्न सक्नेछन् जुन मधेश प्रदेशमा पहिलो पटक हुन लागेको जनाइएको छ ।
आइतबारसम्म चल्ने यो कार्यक्रममा सर्वोत्कृष्ट एक्सचेन्ज भ्यालु र बोनस, नगद छुट, निशुल्क रोड ट्याक्स र इन्स्योरेन्स, निशुल्क वाल तथा ट्राभल चार्जर र निशुल्क एसेसोरिज पनि पाउन सकिनेछ । तसर्थ वीरगञ्ज, जनकरपुर हेटौंडा तथा आसपासका ग्राहकका लागि फ्युचरिस्टिक तथा टेक्नोलोजिकल्ली एड्भान्स्ड इभीमा अपग्रेड हुने यो उत्कृट समय हुने कम्पनीले बताएको छ ।
सम्बन्धित समाचार
यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक
ओमोडा जेइकू एनपीएल सिजन ३ को “पावर्ड बाइ” प्रायोजकमा आबद्ध
हाम्स ग्रुपद्वारा नेपालमा विश्वप्रसिद्ध क्यूजे मोटरका मोटरसाइकल तथा स्कुटरहरू सार्वजनिक
नयाँ प्रविधि र दमदार पावरसहित नेपालमा आयो भेस्पा १५० एफआई ओबीडी २ स्टेज बी
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
भक्तपुरमा बीवाईडीको नयाँ सर्भिस सेन्टर सञ्चालनमा, डल्लुमा पनि सेवा विस्तारका लागि निर्माण सुरु
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
