चालु आवको पहिलो त्रैमासमा १० जलविद्युत् आयोजना निर्माण अनुमति प्राप्त
काठमाडौं । विद्युत् विकास विभागले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कूल १० वटा जलविद्युत् आयोजनालाई निर्माण अनुमति प्रदान गरेको छ। ती आयोजनाको कूल उत्पादन क्षमता २४१.५० मेगावाट रहेको विभागले जनाएको छ।
विभागले चालु आवको असोज मसान्तसम्ममा लापा खोला (चार दशमलव ७२ मेगावाट), लोअर बरुण (एक सय ३२ मेगावाट), म्याग्दी खोला बी ( १२ दशमलव ५० मेगावाट), तल्लो लिखु क्यासकेड ( ६ मेगावाट) लाई निर्माण अनुमति पत्र प्रदान गरेको हो । साथै माथिल्लो मेलम्ची (चार दशमलव ९५ मेगावाट), सुपर सभा खोला ( नौ दशमलव ५५ मेगावाट), लोअर मेलम्ची खोला ( चार दशमलव ९६ मेगावाट), अप्पर सेती एक (१३ मेगावाट), होङ्गु खोला ( २८ दशमलव ९० मेगावाट) र इन्दुवा खोला (२४ दशमलव ९२ मेगावाट)लाई निर्माण अनुमतिपत्र प्रदान गरेको हो।
विभागले हालसम्म २६६ जलविद्युत् आयोजनालाई निर्माण अनुमतिपत्र प्रदान गरिसकेको छ। ती आयोजना सम्पन्न हुँदा करिब १०,८२५ मेगावाट विद्युत् उत्पादन हुने अनुमान गरिएको छ।
त्यस्तै, विभागले हालसम्म कूल १८५ वटा आयोजनालाई सर्वेक्षण अनुमति प्रदान गरेको छ। यसबाहेक, ५९ वटा आयोजनाले निर्माण अनुमतिपत्रका लागि आवेदन दिएका छन्, जसको संयुक्त क्षमता १०,५३२ मेगावाट रहेको विभागले जनाएको छ।
जलविद्युत्सँगै सौर्य उर्जातर्फ पनि उल्लेखनीय गतिविधि देखिएको छ। हालसम्म १२ वटा सौर्य परियोजनाले निर्माण अनुमति लिएका छन्, जसको कुल क्षमता ८४ मेगावाट छ। थप ३ वटा आयोजनाले निर्माण अनुमतिका लागि आवेदन दिएका छन्, ती आयोजनाको क्षमता १५ मेगावाट रहेको छ।
निर्माण अनुमति लिएर पनि काम अगाडि नबढाएका १५ आयोजनाको अनुमति खारेज गरिएको छ। त्यस्तै, आवश्यक प्रक्रिया पूरा नगरेका ११ आयोजनाका निर्माण अनुमति आवेदन पनि अस्वीकृत गरिएको छ। साथै, हालसम्म ११८ वटा आयोजनाको सर्वेक्षण अनुमति पनि खारेज गरिएको विभागले जनाएको छ।
सम्बन्धित समाचार
हुलास फिनसर्भको नाफामा ८४.४५ प्रतिशत वृद्धि
नाइमा नेपाल मोबिलिटी २०२६ मा डोङफेङका विद्युतीय बस सार्वजनिक हुने : अटो एक्स्पोमा बुकिङ गर्दा विशेष छुट
सार्वजनिक सडक विधेयकमा ट्रक व्यवसायी महासंघको ध्यानाकर्षण, पाँच लाख जरिवाना संशोधन गर्न माग
दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा ग्रान्ड अडिसन सम्पन्न
मिड भ्याली इन्टरनेसनल कलेज र इस्ट चाइना युनिभर्सिटी अफ टेक्नोलोजीबिच शैक्षिक सहकार्य विस्तार
देशभर मनसुनी वायुको प्रभाव कायमै : केही स्थानमा भारी वर्षाको सम्भावना
ट्रेन्डिङ
विश्वकपमा पराजित भएको १३ दिन पछि मेस्सी खेल मैदानमा, यस्तो रह्यो खेल
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
मिड–भ्याली इन्टरनेसनल कलेजको ‘बिल्ड नेपाल ह्याकाथन’ आजदेखि सुरु, एआईदेखि रोबोटिक्ससम्मका प्रविधिमा प्रतिस्पर्धा
माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार, पाँच वर्षे रणनीतिक सहकार्य सुरु
विश्वको ३० प्रतिशत ब्यापार हुने लालसागरको सुरक्षाका लागि साउदीले महागठबन्धन बनाउँदै

