एनपीएलको दोस्रो सिजनका लागि विश्व क्रिकेटका महान खेलाडी फाफ डु प्लेसिस विराटनगर किंग्समा सामेल
काठमाडौं । विराटनगर किंग्सले नेपाल प्रिमिय लिग (एनपीएल) को दोस्रो सिजनका लागि विश्व प्रसिद्ध दक्षिणी अफ्रिकी क्रिकेटर फाफ डु प्लेसिसलाई अनुबन्ध गरेको घोषणा गरेको छ ।
फाफ डु प्लेसिस अन्तर्राष्ट्रिय क्रिकेटका सर्वाधिक सम्मानित खेलाडीमध्ये एक हुन्। कप्तानको रूपमा आफ्नो देश दक्षिण अफ्रीका र विश्व प्रसिद्ध लिग आइपिएल (IPL) को फ़्रेन्चाइज आरसीबिलाई नेतृत्व गरेको अनुभव छ। उनले विश्व क्रिकेटमा उत्कृष्ट रणनीतिक सोच, स्थायित्व र आक्रामक ब्याटिंगका लागि उच्च सम्मान प्राप्त गरेका छन्। उनको अनुभव र नेतृत्वले बिराटनगर किंग्सको टिमलाई अझ बलियो बनाउने विश्वास गरिएको छ।
दिपेन्द्र चौधरी (टिम डाइरेक्टर)का अनुसार,- “फाफ डु प्लेसिस जस्ता विश्वस्तरीय खेलाडी आउनु बिराटनगर किंग्स र (एनपीएल) को लागि गर्वको कुरा हो। उनको आगमनले बिराटनगर किंग्स र (एनपीएल) को लागि आउने दिनमा अन्य विश्वस्तरीय खेलाडी आउन अझ उत्साहित हुनेछन् ।”
फाफ डु प्लेसिसको आगमनले बिराटनगर किंग्सका खेलाडीहरूलाई उनीसँग ड्रेसिंग रूम, उनको अन्तर्राष्ट्रिय क्रिकेटको अनुभवबाट धेरै सिक्ने अवसरका साथै एनपीएल लाई विश्वस्तरमा पुर्याउने विश्वास लिएको जनाइएको छ। अब बिराटनगर किंग्स फाफ डु प्लेसिसको साथमा एनपीएल सिजन टु का लागि नयाँ जोश र आत्मविश्वासका साथ मैदानमा उत्रिने तयारीमा रहेको बताइएको छ ।
बिराटनगर किंग्सको बारेमा
बिराटनगर किंग्स नेपाल प्रिमियर लिग (एनपीएल) मा कोशी प्रदेशको प्रतिनिधित्व गर्ने क्रिकेट फ्रेन्चाइज टिम हो। टोलीको उद्देश्य स्थानीय प्रतिभालाई उजागर गर्नु, खेलभावना प्रवर्द्धन गर्नु र फ्यान तथा समुदायसँग गहिरो सम्बन्ध स्थापना गर्दै कोशी प्रदेशको गौरव बढाउनु हो।
सम्बन्धित समाचार
ला लिगामा भएको आइतबारको खेलमा बार्सिलोनाविरुद्ध रियल म्याड्रिड २–१ ले विजयी
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
