अक्टोबर महिनामा ७० हजार युनिट सवारी बिक्री गर्दै लिपमोटर चिनियाँ एनईभी स्टार्टअप बिक्रीको शीर्ष स्थानमा
काठमाडौं । अक्टोबर महिनामा ७०,०००ं युनिट सवारी बिक्री गर्दै लिपमोटर चिनियाँ एनईभी स्टार्टअप बिक्रीको शीर्ष स्थानमा रहेको बताइएको छ ।
लिपमोटरले पहिलो पटक मासिक बिक्री ७० हजार युनिट कटाएर नयाँ रेकर्ड समेत बनाएको जनाइएको छ । कम्पनिका अनुसार, अक्टोबर महिनामा ७० हजार २८९ युनिट एनईभी बिक्री भएका छन् । जुन गत वर्षको सोहि अवधीको तुलनामा ८४ प्रतिशतले बढि हो । विगत ८ महिना यता लिपमोटर चिनियाँ एनईभीको बिक्रीमा निरन्तर अगाडी रहँदै आएको छ।
जसले लिपमोटरलाई चीनको अग्रणी नयाँ ऊर्जा सवारी (एनईभी) स्टार्टअपको रूपमा अझ सुदृढ बनाएको बताइएको छ। यो उपलब्धिले २०२५ मा लगातार आठ महिनाको शीर्ष बिक्री प्रदर्शनलाई पछ्याएकोछ। यो रेकर्डले लीपमोटरको नवप्रवर्तन, गुणस्तर र दिगो गतिशीलताप्रति प्रतिबद्धतालाई झल्काउँछ।
कम्पनिका अनुसार, लिपमोटरले नेपाल सहित विश्वव्यापी बजारहरूमा उन्नत र उच्च-प्रदर्शका विद्युतीय सवारी साधनहरू निरन्तर उपलब्ध गराउँदै आइरहेको छ। यसले दिगो गतिशीलताका दिशामा विश्वव्यापी परिवर्तनलाई सहयोग पुर्याउँदै विद्युतीय यातायातको भविष्यलाई अगाडि बढाइरहेको जनाइएको छ।
सम्बन्धित समाचार
यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक
ओमोडा जेइकू एनपीएल सिजन ३ को “पावर्ड बाइ” प्रायोजकमा आबद्ध
हाम्स ग्रुपद्वारा नेपालमा विश्वप्रसिद्ध क्यूजे मोटरका मोटरसाइकल तथा स्कुटरहरू सार्वजनिक
नयाँ प्रविधि र दमदार पावरसहित नेपालमा आयो भेस्पा १५० एफआई ओबीडी २ स्टेज बी
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
भक्तपुरमा बीवाईडीको नयाँ सर्भिस सेन्टर सञ्चालनमा, डल्लुमा पनि सेवा विस्तारका लागि निर्माण सुरु
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
