यूरो एनक्याप टेस्टमा आयन भीलाई फाइभ स्टार सेफ्टी रेटिङ प्राप्त
काठमाडौं । आयन भी ले हालै यूरो एनक्याप टेस्ट २०२५ मा ५ स्टार सेफ्टी रेटिङ प्राप्त गरेको छ । अटोमोबाइलका लागि विश्वको सबैभन्दा सम्मानित सुरक्षा मूल्यांकनहरू मध्ये एक उक्त परिक्षणमा आयन भीले यस्तो उपलब्धी हाँसिल गरेको बताइएको छ ।
उन्नत प्रविधि र आधुनिक डिजाइनका लागि विश्वव्यापी रूपमा परिचित इभी ब्रान्ड, आयनले विश्व इभी बजारमा निरन्तर नयाँ मापदण्डहरू स्थापना गर्दै आएको जनाइएको छ। एसिया, युरोप र मध्य पूर्वमा आफ्नो बढ्दो उपस्थितिका साथ, एवोन निकै प्रचलित बनेको छ।
नेपालमा सीजी मोटर्सले आधिकारिक विक्रेता को रुपमा नेपाली ग्राहकहरूलाई आयन भी र आयन वाई जस्ता प्रिमियम इलेक्ट्रिक एसयूभीहरू प्रस्तुत गर्दै आएको बताइएको छ। भविष्यमुखी डिजाइन, फराकिलो इन्टेरियर र उन्नत सुविधाहरूका साथै आयन भी सुरक्षामा पनि उत्कृष्ट छ।
आयन भी ले हालै यूरो एनक्याप टेस्ट २०२५ मा ५-स्टार सेफ्टी रेटिङ प्राप्त गरेको छ, जुन अटोमोबाइलहरूको लागि विश्वको सबैभन्दा सम्मानित सुरक्षा मूल्यांकनहरू मध्ये एक हो। यो मान्यताले आयोन को उच्च स्तरको सुरक्षा पनि प्रदान गर्ने गाडीहरू निर्माण गर्ने प्रतिबद्धतालाई दर्साउँछ।
आयन भी मा उन्नत बडी स्ट्रक्चर, मल्टी-सेन्सर कोलिजन डिटेक्सन, र एआई-संचालित ड्राइभर असिस्टेन्स टेक्नोलोजी जस्ता विशेषताहरू छन्, जसले चालकहरूलाई हरेक यात्रामा आत्मविश्वास र आराम प्रदान गर्दछ।
विस्तारित शोरूम, सर्भिस सेन्टर, र ग्राहक सेवा सुविधाहरूका साथ आयन र सीजी मोटर्स नेपाललाई एक स्वच्छ, स्मार्ट र सुरक्षित मोबिलिटीको भविष्यतर्फ अघि बढाउन मद्दत गर्न प्रतिबद्ध रहेको जनाइएको छ ।
सम्बन्धित समाचार
नाइमा अटो शो २०२६ : टोयोटाका गाडीमा रु तीनदेखि २१ लाख रुपैयाँसम्म छुट, दुई नयाँ मोडल सार्वजनिक हुँदै
साइमेक्सद्वारा देशभर ‘बीवाईडी अपडेट टु केयर प्लस’ अभियान सुरु, सबै सर्भिस सेन्टरमा लागु
पोखरामा बीवाइडीको पूर्ण थ्री–एस सुविधा सञ्चालनमा, आधिकारिक सर्भिस सेन्टर उद्घाटन
लिपमोटरको प्रिमियम एसयूभी बी०३ एक्स प्रो म्याक्स नेपालमा सार्वजनिक : पहिलो १०० ग्राहकलाई रु. ४४.९९ लाखको विशेष अफर
नाइमा नेपाल मोबिलिटी २०२६ मा डोङफेङका विद्युतीय बस सार्वजनिक हुने : अटो एक्स्पोमा बुकिङ गर्दा विशेष छुट
सार्वजनिक सडक विधेयकमा ट्रक व्यवसायी महासंघको ध्यानाकर्षण, पाँच लाख जरिवाना संशोधन गर्न माग
ट्रेन्डिङ
माफी मागेकाले फिफा अध्यक्ष पदमा इन्फान्टिनो यथावत रहने
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो
स्पेनले मोरोक्को फर्कायो झन्डै ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु
यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
एनसेलको ‘मनसुन अफर’ सार्वजनिक, सिम र प्याक खरिदमा २० प्रतिशतसम्म क्यासब्याक


