• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२८ चैत २०८२, शनिबार
२८ चैत २०८२, शनिबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८२ चैत २९ गते आइतबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १७ घण्टा 

अर्थमन्त्री वाग्लेसँग नाइमा प्रतिनिधिमण्डलको भेट, कर संरचना सहज र सन्तुलित बनाउन आग्रह
  • २० घण्टा 

डोङफेङ मोटरद्वारा पहिलो ईएमबि मास-प्रोडक्सन परियोजनाको जाडो परीक्षण सफलतापूर्वक सम्पन्न
  • २२ घण्टा 

सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगद्वारा चौथो तहका लागि आवेदन खुला (सुचनासहित)
  • २४ घण्टा 

बागमतीमा सार्वजनिक सवारी भाडा वृद्धि, उपत्यकामा २५.९६ प्रतिशतसम्म बढ्यो
  • १ दिन 

देशभर पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव : यी स्थानमा वर्षा र हिमपातको सम्भावना
  • १ दिन 

अब घरमै बसेर पेन्सन भेरिफिकेसन,९० करोडसम्म खर्च बचत हुने अनुमान
  • १ दिन 

कोका–कोला नेपालले सुरु गर्याे फिफा वल्र्ड कप २०२६ अभियान
  • २ दिन 

एलजीद्धारा एशियाली बजार लक्षित गर्दै स्मार्ट होम र एआई प्रविधिको नयाँ योजना सार्वजनिक
  • २ दिन 

लोकप्रिय समाचार

  • १. नेपाल टेलिकमले अब डाटा सकिएपछि ब्यालेन्स नकाट्ने

  • २. दुई दिने सार्वजनिक बिदा निर्णयप्रति नेसनल प्याब्सनको चिन्ता, शैक्षिक क्यालेण्डर प्रभावित हुने चेतावनी

  • ३. सरकारद्वारा सातामा दुई दिन बिदा दिने निर्णय

  • ४. सफ्टवेयर कम्पनी विधिको १२ वर्ष पूरा, २०० भन्दा बढी कम्पनीहरूले लिइरहेका छन् सेवा

  • ५. अब घरमै बसेर पेन्सन भेरिफिकेसन,९० करोडसम्म खर्च बचत हुने अनुमान

  • ६. प्रधानमन्त्री कप २०२६ को “पावर्ड बाई” प्रायोजन मार्फत नेपाली क्रिकेटमा नयाँ ऊर्जा भर्दै यामाहा

  • ७. राजस्व र रोजगारीमा नाडाको योगदान,अटोमोवाईल उद्योगको संरक्षण आवश्यक

  • ८. इन्धन आयातमा ५०% भन्सार कर छुट दिने सरकारको निर्णय

  • ९. आज सुनको मूल्यमा वृद्धि,कतिमा हुदैछ कारोबार

  • १०. डिजेल र पेट्रोल गाडीलाई विद्युतिय बनाउने सरकारको तयारी

एमएडब्लू वृद्धि मोटर्सद्वारा इटहरीमा नयाँ नामी भिगो अनावरण : यस्ता छन् मूल्य र सेगमेन्ट फर्स्ट फिचरहरू

जानकारी केन्द्र २०८२, कार्तिक, २५

काठमाडौं । डोङफेङ नामीको नेपालका लागि आधिकारिक वितरक एमएडब्लू वृद्धि मोटर्सले इटहरीमा ‘नामी भिगो’ सार्वजनिक गरेको छ । कम्पनीका अनुसार यो मोडलले बलियो डिजाइन, स्मार्ट विशेषता र उत्कृष्ट प्रदर्शनका साथ नेपालमा मिड–साइज इलेक्ट्रिक एसयूभीको स्तरलाई नयाँ उचाइमा पुर्याउने लक्ष्य राखेको बताइएको छ।

एक विशेष कार्यक्रम आयोजना गरी नेपाल उद्योग वाणिज्य संघ, इटहरीका अध्यक्ष जीवन पराजुली, सिर्जना मोटर्सका प्रबन्ध निर्देशक दीपेन्द्र चौधरी, पूर्वेली यातायातका अध्यक्ष सरोज श्रेष्ठ, एमएडब्ल्यू वृद्धि मोटर्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रशन्न पन्त, सेल्स प्रमुख राजेन्द्र सिग्देल, डिलर प्रमुख गोविन्द भुसाललगायतले संयुक्तरूपमा उक्त कार अनावरण गरेका हुन् । कार्यक्रममा व्यवसायी, ग्राहक, सञ्चारकर्मी तथा स्थानीय उद्योग-वाणिज्य क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति थियो।

इलेक्ट्रिक एसयूभी नामी भिगो नेपालको सबैभन्दा उन्नत र स्मार्ट भएकाले इलेक्ट्रिक एसयूभीको नयाँ मानक भएको कम्पनीको दाबी छ ।

डोङफेङको अत्याधुनिक Quantum Architecture Platform मा निर्मित नामी भिगोले बलियो डिजाइन, स्मार्ट फिचर र उत्कृष्ट प्रदर्शनका साथ नेपालका मिड–साइज इलेक्ट्रिक एसयूभीको स्तरलाई नयाँ उचाइमा पुर्‍याएको जनाइएको छ । यो कारको Magic Cube Design ले आधुनिक सौन्दर्य र एरोडाइनामिक स्ट्रक्चरलाई संयोजन गरी नामी ब्रान्डको नयाँ डिजाइन पहिचान विकास गरेको बताइएको छ।

‘नामी ०१ का एक हजार भन्दा बढी सन्तुष्ट ग्राहकहरू भएपछि भिगोले हाम्रो दृष्टिकोण थप फराकिलो बनाएको छ, पावर, लक्जरी र बुद्धिमत्ता, आधुनिक नेपाली जीवनशैलीका लागि महत्वपूर्ण छ,’ सीईओ पन्तले भने, ‘बोल्ड एण्ड बिल्ट फर यू एसयुभी नाम डिजाइन थिम बोकेको नामी भिगो नेपाली इलेक्ट्रिक मोबिलिटीको भविष्यको प्रतीक हो जहाँ स्टाइल, सुरक्षा र प्रविधि एकसाथ मिलेर अधिक स्मार्ट, अधिक आत्मविश्वासी ड्राइभको अनुभव दिन्छन् ।’

नामी भिगोमा रहेको 99 kW मोटरले शहरदेखि राजमार्गसम्म शक्तिशाली एक्सेलेरेशन र स्मूथ ड्राइभ प्रदान गर्छ। यसमा दुईवटा ब्याट्री विकल्प उपलब्ध छन्: 44.94 kWh (WLTP रेन्ज 300 km) र 51.87 kWh (WLTP रेन्ज 350 km)। यसले 3C Ultra-Fast DC Charging (167 kW) सपोर्ट गर्दछ जसले ब्याट्रीलाई ३०% देखि ८०% सम्म मात्र १८ मिनेटमा चार्ज गर्न सकिन्छ जसले गर्दा केही मिनेटमै ११५ किमीसम्मको रेन्ज थपिदिन्छ।

सेग्मेन्ट-फर्स्ट फिचरहरू
• Heaven & Earth Tailgate – दुई भागमा खुल्ने टेलगेट, १५० किलोसम्म भार धान्न सक्षम
• बाहिरी मनोरञ्जनका लागि Exterior Music Speaker
• संगीतको ताल र मुडसँगै चल्ने Music-Sync Ambient Lighting
• व्यक्तिगत आरामका लागि मेमोरी र वेलकम सीटहरू
• 3C फास्ट चार्जिंग सिस्टम – झन्झटरहित फास्ट चार्जिङ

नामी भिगोमा Level 2 ADAS, 360° क्यामेरा, Adaptive Cruise Control, वायरलेस चार्जिंग र मल्टी-मोड स्टेयारिंग उपलब्ध छ।
भित्री भागमा १२.८ इन्च टचस्क्रिन, भेन्टिलेटेड जिरो-प्रेसर सीटहरू, र पानोरेमिक मोनोरुफ जस्ता सुविधाले प्रिमियम अनुभव प्रदान गर्छन्।सुरक्षाका लागि कठोर परीक्षण गरिएको जिरो फायर/एक्स्प्लोजन टेस्ट म्याच ब्याट्री सिस्टम, ६८.४% हाइ-स्ट्रेन्थ स्टिल बडी र ६ ओटा एअरब्यागहरूको संयोजन गरिएको छ ।

नामी भिगो ई२ भेरियन्टको मूल्य ३८ लाख ९९ हजार रुपैयाँ र ई२ प्लस भेरियन्टको मूल्य ४१ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । विशेष प्रारम्भिक अफर अन्तर्गत भिगो ई२ ३७ लाख ९९ हजार र ई२ प्लस ४० लाख ९९ हजार रुपैयाँमा उपलब्ध हुनेछ ।

  • ev
  • इलेक्ट्रिक
  • नामी
  • नामी भिगो
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
अर्थमन्त्री वाग्लेसँग नाइमा प्रतिनिधिमण्डलको भेट, कर संरचना सहज र सन्तुलित बनाउन आग्रह
डोङफेङ मोटरद्वारा पहिलो ईएमबि मास-प्रोडक्सन परियोजनाको जाडो परीक्षण सफलतापूर्वक सम्पन्न
सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगद्वारा चौथो तहका लागि आवेदन खुला (सुचनासहित)

ताजा

२०८२ चैत २९ गते आइतबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

अर्थमन्त्री वाग्लेसँग नाइमा प्रतिनिधिमण्डलको भेट, कर संरचना सहज र सन्तुलित बनाउन आग्रह

डोङफेङ मोटरद्वारा पहिलो ईएमबि मास-प्रोडक्सन परियोजनाको जाडो परीक्षण सफलतापूर्वक सम्पन्न

सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगद्वारा चौथो तहका लागि आवेदन खुला (सुचनासहित)

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.