निराशा चिर्दै अघि बढ्यो ‘परान’, जगदम्बा प्रा.लि.को पनि साथ
काठमाडौं । नेपाली चलचित्र उद्योगमा कुनै बेला ‘फ्लप’ फिल्महरूको चाङ हुन्थ्यो । न कथावस्तुमा मौलिक भेटिन्थ्यो, न कलाकारको अभिनय । मूल कथालाई पर छोडेर ‘एक्सन’कै भरमा फिल्म चलाउने शृङ्खलाको अन्त्य हुन थालेको जनाइएको छ । र, विस्तारै नेपाली चलचित्र क्षेत्रले आफ्नो लय समात्न थालेको छ । विगतमा चलचित्र क्षेत्रमा देखिएको निराशालाई धेरै हदसम्म ‘परान’ले चिर्न सफल भएको बताइएको छ ।
दुई साता नाघिसक्दा पनि हलहरूमा दर्शकको आकर्षण उत्तिकै छ भने सामाजिक सञ्जालमा पनि व्यापक चर्चा बटुलिरहेको जनाइएको छ । ‘परान’ को चर्चा चिया पसल र ज्येष्ठ नागरिकतहसम्मै पुग्न सफल भएको छ । एकातिर कर्पोरेट हाउसले ‘परान’ लाई माया गर्न थालेपछि दर्शकमा झनै उत्साह थपिँदै गएको छ ।
यही उत्साहका बीच टिभिएस मोटरसाइकलको आधिकारिक विक्रेता जगदम्बा मोटर्स प्रा.लि.परिवारले पनि ‘परान’ हेरेको छ । सुन्धारास्थित सिभिल मलमा कर्पोरेट शो आयोजना गरि आफ्ना कर्मचारी र उनीहरूका परिवारसहित फिल्म हेरेको थियो ।
चलचित्रले नेपाली समाजको यथार्थलाई समेटेको भन्दै जगदम्बा परिवारले सकारात्मक सन्देश दिने चलचित्रहरू अझै बन्न जरूरी रहेको बताएको छ । एक प्रतिनिधिले भने–“यो चलचित्रले हाम्रै समाजिक परिवेशको कथा भनेको छ, भावनात्मक ढँगबाट कथालाई प्रस्तुत गरेको पायौँ, कलाकारको अभिनयले पनि फिल्मलाई सशक्त बनाएको छ ।”
‘परान’ मा जीवनको उत्तरार्धमा सन्तानको साथ र माया खोजिरहेका एक बाबुको भावनात्मक यात्रा देखाइएको छ । चलचित्रमा वरिष्ठ अभिनेता नीर शाह शीर्ष भूमिकामा छन् ।
सम्बन्धित समाचार
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
स्याक्म्यानका एक्स–५०००ई विद्युतीय ट्र्याक्टर र डम्प—ट्रक नेपाल आउँदै
रिडाराले ल्यायो ‘चाडपर्वको रोमाञ्चक यात्रा’ अभियान,रिडारा इकोन किन्दा नथिङ फोन ए ४ प्रो सित्तैमा
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी
भृकुटीमण्डपमा आयोजित ‘यामाहा ब्लु फेस्ट’मा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक
नाडा र भन्सार विभागविच हालैको वाढीबाट अटोमोवाइल क्षेत्रमा परेको समस्याका सम्बन्धमा छलफल
ट्रेन्डिङ
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ११ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

