बालाजुमा नयाँ भेस्पा तथा अप्रिलिया सर्भिस सेन्टरको भव्य उद्घाटन
काठमाडौं । भेस्पा तथा अप्रिलियाका नेपालका आधिकारिक बिक्रेता डेल्टा अटोकर्प प्रा. लि. ले बालाजु, भ्याली कोल्ड स्टोरको विपरीत, सानिमा बैंक नजिकैै नयाँ भेस्पा तथा अप्रिलिया सर्भिस सेन्टर सञ्चालनमा ल्याएको बताइएको छ ।
नयाँ सर्भिस सेन्टरले २०८२ मंसिर १ गतेदेखि आधिकारिक रूपमा सेवा प्रदान गर्न थालेको हो, जसले ग्राहकहरूलाई बिक्री पछिको सेवामा अझै सहज पहुँच सुनिश्चित गर्ने कम्पनीको प्रतिबद्धतालाई थप सुदृढ बनाएको जनाइएको छ। सर्भिस सेन्टरको उद्घाटन डेल्टा अटोकोर्प प्रा. लि. का प्रमुख कार्यकारी अधिकृत तथा निर्देशक विजय कुमार महतोद्वारा सम्पन्न गरिएको छ ।

कम्पनीका अनुसार, यसले काठमाडौं उपत्यकाभरका भेस्पा तथा अप्रिलिया प्रयोगकर्ताहरूसम्म सेवाको पहुँच र सहजता विस्तार गर्ने कम्पनीको निरन्तर लक्ष्यमा अर्को महत्वपूर्ण उपलब्धिको रूपमा चिन्हित भएको छ।
आधुनिक उपकरण, उन्नत मेशिनरी तथा व्यावसायिक रूपमा प्रशिक्षित प्राविधिकहरूसहित सुसज्जित यस नयाँ बलाजु सर्भिस सेन्टरले ग्राहकहरूलाई प्रिमियम सर्भिसिङ, मर्मत, डाएग्नोस्टिक सेवा तथा जेनुइन स्पेयर पाट्र्स उपलब्ध गराउँदै विश्वसनीय र सहज अनुभव प्रदान गर्ने उद्देश्य राखेको कम्पनीले बताएको छ।
“बलाजुस्थित हाम्रो नयाँ सर्भिस सेन्टर सञ्चालनमा ल्याउन पाउँदा हामी अत्यन्त खुसी र गर्व महसुस गर्दैछौँ,” डेल्टा अटोकोर्प प्रा. लि. का प्रमुख कार्यकारी अधिकृत तथा निर्देशक श्री विजय कुमार महतोले भने, “यस विस्तारले भेस्पा तथा अप्रिलियाप्रति हामीले व्यक्त गर्दै आएको प्रतिबद्धतालाई सार्थकता प्रदान गर्नुका साथै, हाम्रो सम्मानित ग्राहकहरूलाई अझ नजिकबाट उच्चस्तरीय सेवा र भरपर्दो समर्थन उपलब्ध गराउने हाम्रो प्रयासलाई थप मजबुत बनाएको छ।”
सम्बन्धित समाचार
यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक
ओमोडा जेइकू एनपीएल सिजन ३ को “पावर्ड बाइ” प्रायोजकमा आबद्ध
हाम्स ग्रुपद्वारा नेपालमा विश्वप्रसिद्ध क्यूजे मोटरका मोटरसाइकल तथा स्कुटरहरू सार्वजनिक
नयाँ प्रविधि र दमदार पावरसहित नेपालमा आयो भेस्पा १५० एफआई ओबीडी २ स्टेज बी
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
भक्तपुरमा बीवाईडीको नयाँ सर्भिस सेन्टर सञ्चालनमा, डल्लुमा पनि सेवा विस्तारका लागि निर्माण सुरु
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
