आकर्षक लाभसहितको विशेष योजना सहित आयन द्वारा ‘द एक्स्ट्राअडिनरी चेन्ज अफर’ सार्वजनिक
काठमाडौं । आयनका नेपालस्थित आधिकारिक विक्रेता सीजी मोटर्सले ग्राहकहरुको ईभी खरिद प्रक्रिया अझ सहज र फाइदाजनक बनाउन उद्देश्य राखी ‘द एक्स्ट्राअडिनरी चेन्ज अफर’ नामक विशेष अफर सार्वजनिक गरेको बताइएको छ।
यस विशेष अफरअन्तर्गत आयन वाई वा आयन भी मा अपग्रेड गर्न चाहने ग्राहकहरूले धेरै प्रकारका प्रिमियम सुविधा पाउनेछन्। यसमा ६.३% ब्याजदर, क्यास बेनिफिट, एक्सचेन्ज बोनस, र Black+Decker कार वाशर तथा भ्याकुम क्लिनर जस्ता आकर्षक उपहारहरू समावेश छन्।
साथै, ग्राहकहरूले ६.६ किलोवाट वाल माउन्ट चार्जर, ३.३ किलोवाट ट्राभल चार्जर, १ वर्षको रोड ट्याक्स, १ वर्षको अटोप्लस इन्स्योरेन्स, र अतिरिक्त एक्सेसरिज समेत प्राप्त गर्न सक्नेछन् । यस सँगै हरेक टेस्ट ड्राइभमा आकर्षक गिफ्ट ह्याम्पर पनि उपलब्ध हुनेछ।
आयन वाई मोडेलमा ६१.३ किलोवाट–आवर क्षमताको म्यागजिन ब्याट्री जडान गरिएको छ र एकपटक फुल चार्जमा ५०० किलोमिटर सम्मको ड्राइभिङ रेन्ज प्रदान गर्छ।
यसैगरी, आयन भी एलिट मोडेल आफ्नो सेग्मेन्टमा उत्कृष्ट मानिने सुविधासहित आएको बताइएको छ। म्यागजिन ब्याट्री प्रविधि उपयोग गरिएको यो भेरियन्टले ५२० किलोमिटर सम्मको दायरा उपलब्ध गराउँछ।
उच्चतम आराम र प्रिमियम फिचरमा केन्द्रित आयन भी लक्जरी मोडेलमा ७५.३ किलोवाट–आवर क्षमताको ब्याट्री राखिएको छ, जसले ६५० किलोमिटर सम्मको रेन्ज सुनिश्चित गर्छ।
यसमा चालक तथा सह–चालकका लागि ८–प्वाइन्ट मसाज सिट र ६.६–लिटर क्षमताको इन–बिल्ट फ्रिज समेत उपलब्ध छन्, जसले यसलाई आफ्नो श्रेणीको सबैभन्दा लक्जरीयुक्त मोडेल बनाउँछ।
यी मोडेलहरू क्रमशः रु ५८ लाख ५० हजार, रु ६४ लाख ९९ हजार र रु ६९ लाख ९९ हजार मूल्यमा उपलब्ध रहेको बताइएको छ।
आयन विश्वभर अत्याधुनिक प्रविधि र आकर्षक डिजाइनका लागि परिचित ईभी ब्रान्ड रहेको छ। एशिया, युरोप, र मध्यपूर्वमा आफ्नो उपस्थिति विस्तार गर्दै, आयनले विद्युतीय गतिशीलताको क्षेत्रमा नयाँ मापदण्ड स्थापित गरिरहेको जनाइएको छ।
नेपालमा सीजी मोटर्स र आयन व्यापक सुविधा, उत्कृष्ट ग्राहक सेवा, र विस्तार हुँदै गएको ईभी इकोसिस्टमसहित नेपाललाई स्वच्छ, स्मार्ट र दिगो भविष्यतर्फ अघि बढाउन प्रतिबद्ध रहेको बताइएको छ।
सम्बन्धित समाचार
यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक
ओमोडा जेइकू एनपीएल सिजन ३ को “पावर्ड बाइ” प्रायोजकमा आबद्ध
हाम्स ग्रुपद्वारा नेपालमा विश्वप्रसिद्ध क्यूजे मोटरका मोटरसाइकल तथा स्कुटरहरू सार्वजनिक
नयाँ प्रविधि र दमदार पावरसहित नेपालमा आयो भेस्पा १५० एफआई ओबीडी २ स्टेज बी
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
भक्तपुरमा बीवाईडीको नयाँ सर्भिस सेन्टर सञ्चालनमा, डल्लुमा पनि सेवा विस्तारका लागि निर्माण सुरु
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
