पेरुमा अफिस उद्घाटनसँगै दक्षिण अमेरिकामा डोङफेङ मोटरको नयाँ यात्रा सुरु
काठमाडौं । लामो तयारीपछि, सेप्टेम्बर ६ मा चाइना डोङफेङ मोटर इन्डस्ट्री इम्पोर्ट एण्ड एक्सपोर्ट कम्पनी (DFMIEC) ले पेरुको राजधानी लिमाको सान्टिएगो डे सुर्को क्षेत्रमा आफ्नो पेरु अफिस उद्घाटन गरेको बताइएको छ ।
उद्घाटनमा कम्पनी र यसको डोंगफेंग अटोमोटिभ इन्टरनेसनल बिजनेस डिभिजनका डेपुटी जनरल म्यानेजर याङ ताओ, कम्पनीकै कमर्शियल भेहिकल ओभरसिज मार्केटिंग डिपार्टमेन्टका जनरल म्यानेजर लिउ सुएमिङ, तथा पेरुका विभिन्न व्यावसायिक र प्यासेन्जर भेइकल पार्टनरहरू उपस्थित थिए।
यसअघि, पेरु रिजनल मार्केटिङ सेन्टरको टिमले बजारको विस्तृत अध्ययन, ग्राहकको आवश्यकताबारे अन्तर्वार्ता, बजारका विभिन्न वर्गहरूको विश्लेषण र बजार विकासका लागि रणनीति तयार पारेको थियो । उच्चस्तरीय चिनियाँ कमर्सियल भेइकलहरूको प्रतिनिधित्व गर्ने हाइ–एण्ड जीएक्स ट्र्याक्टर, केसी डम्प ट्रक र आरके कार्गो ट्रक पहिले नै पेरुको मुख्य व्यावसायिक भेइकल माग पूरा गर्न भित्र्याइएका थिए ।
नयाँ अफिसको स्थापना डोङफेङको दक्षिण अमेरिकी बजारप्रति थप प्रतिवद्धता रहेको जनाइएको छ। अब ओभरसिज मार्केटिङ टिमले पेरुलाई केन्द्र बनाएर छिमेकी दक्षिण अमेरिकी देशहरूमा छिटो सेवा, छिटो रेस्पोन्स र ग्राहकलाई थप भ्यालु सिर्जना गर्न सहयोग गर्नेछ जसले गर्दा ग्राहक, पार्टनर र डोङफेङ सबैका लागि लाभ हुनेछ ।
साथै, कम्पनीले लोकल ब्रान्ड प्रमोशन गर्न, ब्राण्ड पहिचान बढाउन र मार्केटिंग गर्नका लागि प्रभावकारी सहयोग गर्नेछ। यो कदम डोंगफेंगको दक्षिण अमेरिकी विकास यात्रामा एक महत्वपूर्ण माइलस्टोन मानिने छ।
“DFMIEC को पेरु अफिस स्थापनाले डोंगफेंगको पेरुभियन बजारप्रतिको प्रतिवद्धता देखिन्छ। हामी डोंगफेंगलाई यहाँको बजारमा अग्रणी बनाउन पूरा प्रयास गर्नेछौँ,” पेरुका कमर्शियल भेइकल पार्टनर जपाटाले भने।
कमर्शियल भेहिकल पार्टनर एडिलबेर्तोले थपे, “अब पेरुका ग्राहकहरूले चिनियाँ ब्रान्डको वास्तविक क्षमता नजिकबाट अनुभव गर्न सक्नेछन्, जसले ब्रान्डप्रतिको विश्वास अझ बढाउनेछ।”
उद्घाटनपछि, याङ ताओ, लिउ सुएमिङ र पेरु मार्केटिङ सेन्टर टिमले स्थानीय पार्टनरसँग पेरुमा डोंगफेंगको भविष्य योजनाबारे विस्तृत छलफल गरे। याङ ताओले भने, “डोंगफेंगले पेरु बजारमा दीर्घकालीन रणनीति अपनाउनेछ, आफ्नो उपस्थितिलाई अझ गहिरो बनाउनेछ, र लोकल अपरेसनलाई मजबुत बनाएर एक–दुई वर्षभित्र पेरु बजारलाई दक्षिण अमेरिकी बेन्चमार्क मार्केट बनाउने लक्ष्य राख्नेछ। पेरु अफिसलाई क्षेत्रीय मुख्यालयका रूपमा विकसित गरिनेछ, जहाँबाट लोकल साझेदारहरूको सहायता मार्फत् मार्केटिङ च्यानल, स्पेयर पार्ट्स, तालिम र सेवा क्षमताहरू अझ मजबुत बनाइनेछ।”
दिउँसो, याङ ताओ र पेरु मार्केटिङ टिमले स्थानीय पार्टनरसँग मिलेर चाइना मिनमेटल्स कर्पोरेसनको पेरु सहायक कम्पनी लास बम्बासको भ्रमण गरे। दुवै पक्षले स्थानीय यातायात उपकरण आवश्यकताहरू, नयाँ ऊर्जा ट्रेण्डहरू, स्थानीय फ्लीट र समुदाय समर्थन परियोजनाबारे विस्तृत छलफल गरे, र साझा विकासका लागि प्रारम्भिक सहमति पनि जुटाए।
साथै, यांग ताओ र टिमले पेरुका डिलर सान बार्तोलोमको लिमामा रहेको नयाँ डोंगफेंग कमर्शियल भेइकल फ्ल्यागशिप स्टोरको उद्घाटन समारोहमा पनि भाग लिएको बताइएको छ।
साथै, उनीहरूले युरो मोटर ग्रुपका डेपुटी जनरल म्यानेजर पान्चोसँग वार्षिक लक्ष्य, आफ्टर सेल्स सर्भिस, स्पेयर पार्ट्स, डिलर तालिम र वित्तीय सहयोगबारे चर्चा गरे।
सान बार्तोलोमका जनरल म्यानेजर जपाटाले भने, “पेरुमा चिनियाँ ब्रान्डको विकास स्पष्ट रूपमा देख्न सकिन्छ। हालका वर्षहरूमा डोंगफेंगका कमर्शियल भेइकलहरूको गुणस्तर निरन्तर सुधार भइरहेको छ, र स्थानीय समर्थन पनि धेरै बलियो बनेको छ। अब सान बार्तोलोमले डोंगफेंगको कमर्शियल टिमसँग मिलेर पेरुमा ग्राहकलाई सुरक्षित, भरपर्दो र समयमै समाधानहरू उपलब्ध गराउने छ।”
सम्बन्धित समाचार
यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक
ओमोडा जेइकू एनपीएल सिजन ३ को “पावर्ड बाइ” प्रायोजकमा आबद्ध
हाम्स ग्रुपद्वारा नेपालमा विश्वप्रसिद्ध क्यूजे मोटरका मोटरसाइकल तथा स्कुटरहरू सार्वजनिक
नयाँ प्रविधि र दमदार पावरसहित नेपालमा आयो भेस्पा १५० एफआई ओबीडी २ स्टेज बी
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
भक्तपुरमा बीवाईडीको नयाँ सर्भिस सेन्टर सञ्चालनमा, डल्लुमा पनि सेवा विस्तारका लागि निर्माण सुरु
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
