एमएडब्लू वृद्धिद्वारा प्रि–न्यू इयर ब्याश घोषणा : नयाँ वर्षअघि डोंगफेङ नामी र सेरेस ईभीमा आकर्षक अफरहरू
काठमाडौँ । एमएडब्लू वृद्धिले आधिकारिक रूपमा प्रि–न्यू इयर ब्याश नामक इयर-इण्ड अभियान सुरु गरेको छ । जसअन्तर्गत डोंगफेङ नामी र सेरेस भेहिकलमा यस सिजनकै सबैभन्दा आकर्षक ईभी अफरहरू उपलब्ध हुनेछन्।
नयाँ वर्षअघि आफ्नो परिवार वा व्यक्तिगत प्रयोगका लागि प्रिमियम इलेक्ट्रिक गाडी किन्न चाहनेहरूका लागि यो लिमिटेड-टाइम अफर उत्कृष्ट अवसर बनेको बताइएको छ।
डोंगफेङ नामीको एक्सक्लुसिभ अफरअन्तर्गत, ग्राहकहरूले अब नामी भिगो र नामी ०१ लाई नाडा मूल्यमा किन्न सक्नेछन्। साथै, प्रत्येक ग्राहकले निःशुल्क ७ किलोवाट होम चार्जर, ३.५ किलोवाट पोर्टेबल चार्जर, र निःशुल्क अटो प्लस इन्स्योरेन्स प्राप्त गर्नेछन्।
नामी ग्राहकहरू विशेष लक्की ड्रमा पनि सहभागी हुन पाउनेछन्, जहाँ तीनजना विजेताले थाइल्यान्ड भ्रमण र एक भाग्यशाली ग्राहकले आईफोन १७ प्रो म्याक्स जित्ने मौका पाउनेछन्।
यस अभियानमा सेरेसका ग्राहकहरूका लागि ६ लाख रुपैयाँसम्मको लाभ उपलब्ध छ, जसमा आकर्षक क्यास डिस्काउन्ट, कम्प्रिहेन्सिभ इन्स्युरेन्स, निस्शुल्क एक्सेसरिज, उच्च मूल्यांकन सहितको एक्सचेञ्ज अफर र एक्सचेञ्ज बोनस समावेश छन्। यसले सेरेसलाई यो सिजनका सबैभन्दा फाइदाजनक ईभी विकल्पहरूमध्ये एक बनाएको बताइएको छ।
प्रि–न्यू इयर ब्याशका सबै अफरहरू काठमाडौं उपत्यकाभित्र र बाहिर रहेका सबै डोंगफेङ नामी र सेरेस शोरूमहरूमा उपलब्ध रहेको जनाइएको छ ।
सम्बन्धित समाचार
हाम्स ग्रुपद्वारा नेपालमा विश्वप्रसिद्ध क्यूजे मोटरका मोटरसाइकल तथा स्कुटरहरू सार्वजनिक
नयाँ प्रविधि र दमदार पावरसहित नेपालमा आयो भेस्पा १५० एफआई ओबीडी २ स्टेज बी
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
भक्तपुरमा बीवाईडीको नयाँ सर्भिस सेन्टर सञ्चालनमा, डल्लुमा पनि सेवा विस्तारका लागि निर्माण सुरु
घटस्थापनाको शुभ दिनमा एमएडब्ल्यू अर्थमुभर्सद्वारा २७ प्लस जेसीबी मेसिन हस्तान्तरण
विराटनगरमा खुल्यो नेपालको सबैभन्दा ठूलो २८ औँ सीजी डिजीटल शोरुम
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
